default_image

breaking big news

November 14, 2024

एनपिएलमा अनुबन्धित विदेशी खेलाडीहरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) मा सहभागी ८ टोली तयारीमा जुट्न सुरु भईसकेको छ । ८ टोलीले विदेशी खेलाडी आफ्नो टोलीमा भित्र्याउने क्रम अन्तिम रुपमा पुर्याएका छन् । एनपिएलको नियम अनुसार सहभागी टिमले ४ विदेशी खेलाडी प्लेईङ-११ मा राख्नै पर्ने नियम रहेको छ । यसै नियममा रहेर टिमहरुले विदेशी खेलाडी धमाधम आफ्नो टोलीमा […]

November 14, 2024

नेपाली यु १९ महिला टोली आज फर्कदै

काठमाडौं(हाम्रो खेलकुद) – यु १९ महिला विश्वकप र एसिया कपमा स्थान सुरक्षित गरेको नेपाली युवा टोली बिहीवार स्वदेश फर्कदैछ । नेपाल क्रिकेट संघ(क्यान) का अनुसार नेपाली महिला यु १९ टोली बिहीवार साँझ ६ः१५ मा त्रिभुवन विमानस्थलमा आइपुग्नेछ । छनोटको अन्तिम तथा निर्णायक खेलमा बुधवार युएईमाथि ८ विकेटको सहज जित निकाल्दै नेपालले पहिलो पटक विश्व कपमा […]

November 14, 2024

शिखर धवनले एनपिएल खेल्ने

काठमाडौं (हाम्रो खेल्किद) – कर्णाली याक्सले चर्चित भारतीय क्रिकेट खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको छ । आज बिहानै सामाजिक सञ्जाल मार्फत कर्णालीले धवनलाई टिममा आबद्ध गरेको जनाएको छ । कर्णालीबाट एनपिएल खेल्ने धवन र टोलीको स्वामित्व रहेको हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सका जनक दत्त खनालबीच सम्झौता भएको पनि कर्णालीले उल्लेख गरेको छ । भारतीय क्रिकेट […]

November 13, 2024

नेपाल ताजिकिस्तानसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आयोजक ताजिकिस्तानसँग आज भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा ४-० पराजित भएको छ। पहिलो हाफमा ३-० ले पछि परेको नेपालले दोस्रो हाफमा १ गोलको सामना गरेको थियो। थ्री नेसन्स मैत्रीपूर्ण फुटबलमा अर्को टोली अफगानिस्तान रहेको छ। नेपालले मंसिर १ गते अफगानिस्तानसँग खेल्नेछ। नेपाली राष्ट्रिय फुटबल टोली गोलकिपर – किरण चेम्जोङ (कप्तान), दीप कार्की […]

November 13, 2024

नेपाल एसिया कपका लागि पनि छनोट

काठमाडौं(हाम्रो खेलकुद) – यु १९ नेपाली महिला टोली विश्वकपका साथै यु १९ एसिया कपका लागि पनि छनोट भएको छ । युनाइटेड अरब इमिरेट्स(युएई) लाई बुधवार ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपका लागि छनोट भएको थियो । विश्वकपका साथ नेपालले अर्को महिना एसिसीको आयाेजनामा हुन लागेको पहिलो संस्करणको यु १९ महिला एसिया कपका लागि समेत छनोट […]

November 13, 2024

युएईलाई हराउँदै नेपाल विश्व कपमा छनोट

काठमाडौं(हाम्रो खेलकुद) – युनाइटेड अरब इमिरेट्स(युएई) लाई हराउँदै नेपालले आइसिसी यु १९ महिला विश्व कपका लागि छनोट भएको छ । युएईको अजमानमा बुधवार घरेलु टोलीमाथि ८ विकेटको जित हात पार्दै नेपालले विश्व कपमा स्थान बनाएको हो । विश्वकप २०२५ जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुनेछ । सन् २०२३ मा भएको विश्व कपमा नेपालले […]

November 13, 2024

फाइनलमा स्थान बनाउन नेपाललाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – आईसिसी यु १९ महिला विश्व कपमा स्थान बनाउन नेपालले युनाइटेड अरब इमिरेट्स(युएई) बाट मध्यम लक्ष्य पाएको छ । युएईको अजमानमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रनको मध्यम योगफल तयार गर्यो । नेपालले विश्वकपमा छनोट हुन यो लक्ष्य १६.२ ओभरमा पूरा गरे पुग्ने समिकरण […]

November 13, 2024

कर्नाटकले नेपाल यू-१९ लाई १ विकेटले हरायो

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू१९ एसिया कपको तयारीमा रहेको नेपाल यू-१९ टोलीले कर्नाटक यू१९ विरुद्धको पहिलो अभ्यास खेलमा पराजित भएको छ । मुलपानी क्रिकेट मैदानमा कर्नाटकले नेपाली टोलीलाई १ विकेटले पराजित गरेको हो । जितका लागि १ सय १४ रनको लक्ष्य कर्नाटकले ९ विकेट गुमाउँदै ३२ औं ओभरमा पूरा गर्यो । सामान्य लक्ष्य पछ्याउने […]

November 13, 2024

कर्नाटकविरुद्ध नेपाल यू१९ को कमजोर ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू१९ एसिया कपको तयारीमा रहेको नेपाल यू-१९ टोलीले कर्नाटक यू१९ विरुद्ध पहिलो खेलमा कमजोर ब्याटिङ गरेको छ । मुलपानी क्रिकेट मैदानमा बुधबार टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले २७.२ ओभरमा अलआउट हुँदै १ सय १३ रनमात्र जोड्न सक्यो । मध्यक्रमले बिर्सनलायक ब्याटिङ गरेपछि नेपाल कम स्कोरमा समेटियो । कर्नाटकका […]

November 13, 2024

नेपालले ताजिकिस्तानको सामना गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र आयोजक ताजिकिस्तानबीच आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदैछ। खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे सुरु हुनेछ। नेपाली टोली भारत हुँदै ताजिकिस्तान पुगेको थियो । थ्री नेसन्स मैत्रीपूर्ण फुटबलमा अर्को टोली अफगानिस्तान रहेको छ। नेपालले मंसिर १ गते अफगानिस्तानसँग खेल्नेछ। टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोलीको […]

Success

Thank you for your time.