default_image

breaking big news

January 1, 2025

नेपालले फोर नेसन्स कप खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला फुटबल टाेलीले घरेलु मैदानमा फोर नेसन्स कप खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार अर्को महिना नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फोर नेसन्स कप खेल्ने भएको हो । फोर नेसन्स कप फागुन ५ गतेदेखि १४ गतेसम्म हुनेछ । प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेवनान र म्यानमारको सहभागिता रहनेछ । […]

January 1, 2025

यु १९ महिला विश्व कप – नेपालको खेल तालिका

काठमाडौं(हाम्रो खेलकुद) – दोस्रो संस्करणको आइसिसी यु १९ महिला टि ट्वान्टी विश्वकप माघ पहिलो साताबाट मलेसियामा सुरु हुँदैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) को आयोजनामा आगामी माघ ५ गते यु १९ महिला विश्व कप हुन लागेको हो । माघ २० गते सम्म सञ्चालन हुने विश्व कपको दोस्रो संस्करणमा नेपाल सहित १६ देशले सहभागिता जनाउँदै छन् । […]

December 31, 2024

एन्फाको हातमा घन छ कि पानी ?

सन्जोग चाम्लिङ राई आज डिसेम्बर ३० । केही विशेष दिन हो कि ? वास्तवमा केही होइन । साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल सम्पन्न भएको करिब ६० दिन भयो । दुई महिना अगाडिको नेपाली फुटबल सम्झने हो भने नेपाली महिला फुटबलको प्रशंसा, उत्साह–निराशा आदिको चर्चा सबैले गरे । यो विषय छोटो समयमा लगभग सेलाएर गयो […]

December 31, 2024

दीपेन्द्रले एलिट कप गुमाउने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले आगामी साताबाट सुरु हुने जय ट्रफी मेन्स एलिट कप प्रतियोगिता गुमाउने भएका छन् । दीपेन्द्रले युएईमा आयोजना हुने अन्तर्राष्ट्रिय लिग टि ट्वान्टी(आईएल टि ट्वान्टी) मा सहभागी हुन शुक्रवार त्यसतर्फ जाने भएकाले एलिट कप गुमाउने भएका हुन् । ‘जनवरी ३ मा त्यसतर्फ जादै छु । अघिल्लो […]

December 31, 2024

चेल्सी र युनाइटेड पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा सोमवार चेल्सी र म्यान्चेस्टर युनाइटेड पराजित भएका छन्। रेलिगेसन क्षेत्रमा रहेको इप्स्विच टाउनले चेल्सीलाई र न्युक्यासलले युनाइटेडलाई समान २-० ले हरायो। घरेलु मैदानमा इप्स्विचलाई जित दिलाउन लियाम डेपाल र ओमारी हुट्चिन्सनले गोल गरे। डेपालले १२ औं मिनेटमा पेनाल्टीमा गोल गरे । ५३ मिनेट हुट्चिन्सनले गोल गरेपछि चेल्सी थप दबाबमा पर्यो। […]

December 30, 2024

प्रधानमन्त्री ओलीसँग कप्तान किरणको भेट

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान किरण चेम्जोङले सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका छन् । प्रधानमन्त्रीसँगको भेटको फोटो सामाजिक सन्जालमार्फत सार्वजनिक गर्दै किरणले भनेका छन्, ‘आजको दिन विशेष रह्यो। सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूसँग भेट्ने मौका मिल्यो। नेपाली खेलकुदप्रति उहाँले देखाउनुभएको माया र प्रतिबद्धताले हामीलाई हौसला मिलेको छ ।’ प्रधानमन्त्री ओलीले […]

December 30, 2024

अन्जना बनिन् ड्रिम अनको ब्रान्ड एम्बेसडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक अन्जना राना मगर ड्रिम अन एजुकेशनल कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडर नियुक्त भएकी छिन् । सोमबार एक कार्यक्रममा ड्रिम अनका प्रबन्ध निर्देशक भीम बहादुर थापा र अन्जनाले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता एक वर्षको लागि भएको हो । सम्झौता अनुसार अञ्जनाले ड्रिम अनको प्रचार हुने विभिन्न […]

December 30, 2024

चर्च ब्वाइजलाई फाल्गुनन्द गोल्डकप

दिपक बोहोरा, पाँचथर चर्च ब्वाइज युनाइटेडले लगातार दोस्रो पटक नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ। मच्छिन्द्र क्लबलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै चर्च ब्वाइजले ११ औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको । गत साता एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइजले झापा‌ कपको उपाधि जितेको थियो। फिदिम माविको मैदानमा सोमवार भएको फाइनलको‌ निर्धारित समयमा २-२ को‌ […]

December 30, 2024

दीपेन्द्र ओमोडा एन्ड जेइकोको ब्राण्ड एम्बेसडर

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दीपेन्द्र सिंह ऐरी शारदा ग्रुपको ओमोडा एन्ड जेइकोको ब्राण्ड एम्बेसडर बनेका छन्। शारदा ग्रुपका अध्यक्ष शिव रतन शारदा र दीपेन्द्रले सोमवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता ३ वर्षको लागि रहेको बताइएको छ। सम्झौता रकम भने खुलाइएको छैन। दीपेन्द्रले शारदा ग्रुपसँग जोडिन पाउँदा खुसी लागेको बताए। नेपाल प्रिमियर […]

December 30, 2024

म्यानचेस्टर सिटीको जितमा हालान्डको गोल

एजेन्सी – साभिन्हो र इर्लिङ हालान्डको गोलमा म्यानचेस्टर सिटीले आइतवार इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई २-० ले हराएको छ। सिटीको प्रशिक्षकका रुपमा पेप ग्वार्डिओलाको ५ सयौं खेल सुखद रह्यो। हालान्ड ४ खेलपछि गोल गर्न सफल भए । साभिन्होले २१ औं मिनेटमा सिटीले पहिलो गोल गरे। हालान्डले ७४ औं‌ मिनेटमा हेड मार्फत गोल गरे । सबै […]

Success

Thank you for your time.