October 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले १ सय ६४ रनको मध्यम योगफल तयार गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा जारी पहिलो टि ट्वान्टी आई खेलमा नेपालले १ सय ६४ रनको योगफल तयार गरेको हो । टस जितेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६४ रनको मध्यम […]
October 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टी खेलमा नेपालले दुवै ओपनरलाई गुमाएको छ । डालसस्थित ग्रान्ड प्रेरीमा जारी पहिलो टि ट्वान्टी आई खेलमा नेपालले पहिलो विकेटका रुपमा अनिलकुमार शाह आउट भएका थिए । शाह तीव्र गतिका बलर अलि खानको शिकार बने । पहिलो विकेटका लागि अनिल र आसिफले ४८ रन जोडे । खानको बलमा शाह […]
October 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]
October 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]
October 17, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम महर्जन नियुक्त भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीवार एन्फा महासचिव किरण राईले महर्जनलाई नियुक्तिपत्र हस्तान्तरण गरेका थिए । त्यस्तै टोलीको सहायक प्रशिक्षकमा सुमितकुमार आले र टोली व्यस्थापकमा राज महर्जन नियुक्त भएका छन् । सहायक प्रशिक्षक आले र टिम म्यानेजर महर्जनलाई पनि महासचिव राईले नियुक्तिपत्र […]
October 17, 2024
सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]
October 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – महिला साफ च्याम्पियनसिप फुटबलको सातौं संस्करण आज सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ च्याम्पियनसिपको सर्वाधिक सफल टोली भारतले पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात हुनेछ। खेल साँझ ५ः३० बजे सुरु हुनेछ। सन् २०१० देखि सुरु भएको साफ च्याम्पियनसिपको ६ संस्करणमा ५ पटक विजेता बनेको थियो। दुई वर्षअघि नेपालमा भएको पछिल्लो संस्करणमा भने भारत […]
October 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ महिला च्याम्पियनसिपको टिकट विक्रीको २० प्रतिशत रकम राष्ट्रिय महिला फुटबल टोलीलाई दिने घोषणा गरेको छ। साफ सुरु हुनुअघि नै महिला टोलीले १६ लाख रुपैयाँ पाउने पक्का भएको हो। ८० लाख रुपैयाँमा एन्फाले माउन्टेन एभरेष्ट स्पोर्टस एन्ड इभेन्टस प्रालिलाई टिकट विक्रीको जिम्मेवारी दिनेको सम्झौता गरिसकेकोले टोलीले […]
October 16, 2024
सरिता श्रेष्ठ, काठमाडौं साफ वुमन्स च्याम्पियनसिपमा आयोजक नेपाल यो पटक पनि दाबेदार मध्ये एक टोली हो। दाबेदार हुँदाहुँदै पनि फाइनल खेल जित्न नसक्ने नेपाली टोलीको छवि बनेको। यसअघिका ६ संस्करणमा नेपालले एउटामा बाहेक सबै फाइनल खेलेको छ। बिडम्बना पाँचै पटक फाइनलमा हारेको तितो अनुभव नेपालसँग छ। त्यसो त ६ मध्ये ५ पटक फाइनलमा पुग्नु पनि […]
October 16, 2024
सुबास हुमागाईं, काठमाडौं साफ महिला च्याम्पियनसिपको सातौं संस्करण विहीबार दशरथ रंगशालामा सुरु हुँदैछ । नेपालमा लगातार तेस्रो पटक आयोजना हुन लागेको प्रतियोगिताको पूर्वसन्ध्यामा भारतले आफ्नो पुरानो दवदवा कायम राख्ने लक्ष्य राख्दा साविक विजेता बंगलादेश र नेपालले पनि उपाधि जित्ने लक्ष्य रहने बताएका छन् । प्रतियोगिताको पूर्व सन्ध्यामा सहभागी सातै टोलीले आ-आफ्नो तयारी र लक्ष्यबारे अभिव्यक्ति […]