January 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल ओलम्पिक कमिटी (एनओसी) को चुनाव र साधारण सभालाई अवैध भएको ठहर गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीवार बसेको बोर्डको १ सय १९ औं बोर्डले एनओसी निर्वाचनलाई अवैध ठहर गर्दै आवश्यक प्रकृया अगाडि बढाउन सम्बन्धित निकायमा पठाउने […]
January 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्णालीमा चैतमा हुने भनिएको दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीवार बसेको १ सय १९ औं बोर्डले दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित गरेको राखेपले जनाएको छ। सिहंदरबारस्थित खेलकुद मन्त्रालयमा बसेको बैठकले लोगो र मस्कट […]
January 16, 2025
हिमाल खरेल, बिर्तामोड झापा ११ एफसी भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनलमा भुटानको प्रिमियर लिग टोली ट्रान्सपोर्ट युनाइटेडलाई २-१ ले हराउँदै झापा ११ अन्तिम चारमा पुगेको हो । फाइनल प्रवेशका लागि झापा ११ ले माघ ५ गते भारतको […]
January 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको प्ले अफमा पुगिसकेका दुई विभागीय टोलीबिचको प्रतिस्पर्धा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीवार इन्ज्युरी समयमा भएको आत्मघाती गोलमा आर्मीले पुलिसलाई १-० ले हराएको हो। बराबरी उन्मुख खेलमा क्लोज रेनजबाट अमिषा कार्कीको प्रहारलाई पुलिसकी गोलकिपर उषा नाथले रोकेकी थिइन् । उषाले […]
January 16, 2025
सुकुटे/सिन्धुपाल्चोक (हाम्रो खेलकुद)- राष्ट्रिय महिला भलिबल टोलीकी निरुता ठगुन्ना र नेविका चौधरी रहेको एपिएफको जोडी राष्ट्रिय बिच भलिबलको क्वाटरफाइनलमा पुगेको छ। सिन्धुपाल्चोकको चौतारा सागाँ चोकगढी नगरपालिकाको सुकुटेस्थित भोटेकोशी बिच रिसोर्टमा जारी सातौं महिला राष्ट्रिय बिचमा बिहीवार निरुता र नेविकाको जोडीले बागमती प्रदेशका अनिता क्षेत्री र अनु तामाङको जोडीलाई २१-२,२१-२ ले हराउँदै अन्तिम आठमा पुगेको हो। […]
January 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अदालत र राष्ट्रिय खेलकुद परिषद (राखेप) को आदेशको अवज्ञा गर्दै निर्वाचन गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) लगायतका एजेण्डामा छलफल गर्न डाकिएको राखेपको १ सय १९ औं बोर्ड बैठक जारी छ। राखेपका अध्यक्ष रहेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी अध्यक्षतामा बैठक मन्त्रालयमा बसिरहेको छ। उच्च अदालतको आदेश र राखेपको निर्देशनको अटेर गर्दै […]
January 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका साहब आलम जय ट्रफी मेन्स एलिट कप प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । साहबले प्रतियोगितामा खेलेको ४ खेलको ८ इनिङमा ३३ विकेट लिएका थिए । साहबले १ सय २७.५ ओभरमा ३३ मेडन राख्दै २.८८ को इकोनोमिमा रन खर्चिएका थिए । उनले ४ इनिङमा ५ विकेट लिएका थिए । […]
January 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – दुई स्पिनर सागर ढकाल र ललितनारायण राजवंशी चम्केपछि नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। विभागीय फाइनल डर्बीमा बिहीवार त्रिभुवन आर्मी क्लबलाई २८ रनले हराउँदै पुलिसले उपाधि जितेको हो। वीरगंजमा तेस्रो तथा अन्तिम दिन १ सय ३ रनको मध्यम लक्ष्य पछ्याएको आर्मी दोस्रो इनिङमा २९.२ ओभरमा ७४ रन […]
January 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतमा जारी पहिलो खो खो विश्वकपमा पुरुषतर्फ नेपालले लगातार तेस्रो जित निकालेको छ । दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा बिहीवार नेपालले भुटानलाई ९८-८ ले हराउँदै लगातार जित निकालेको होसमूह ‘ए’मा नेपालले ४ खेलबाट ६ अंक जोडेको छ । नेपाल भारतसँगको आफ्नो खेलमा ४१-३७ पराजित भएको थियो । त्यसपछि नेपालले ब्राजिललाई १३४- ८ र […]
January 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कपको उपाधि जित्नका लागि विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबबाट मध्यम रनको लक्ष्य पाएको छ । वीरगंजमा जारी फाइनलको तेस्रो तथा अन्तिम दिन बिहीवार आर्मीले जितका १ सय ३ रनको मध्यम लक्ष्य पाएको हो । दोस्रो इनिङमा पुलिसले १ सय ३९ रनमा अलआउट भएको छ। ९ […]