November 18, 2015
म्याच फिक्सिङ प्रकरणमा राष्ट्रिय टोलिका कप्तान सागर थापा र उपकप्तान सन्दिप राइ दुबै परे पछी नेपाल फूटबल टोलिको कप्तानीको जिम्मा कसले पाउने भन्ने कुरा सबैको चासोको विषय हो तर हालै यो विषयले केहि सङ्केत पाएको छ । हाम्रो खेलकुद श्रोत अनुसार नेपालको कप्तानको हैसियतमा बेलोन डि’ओर अवार्डमा अनिल गुरुङले आफ्नो मत खसाएका छन । बेलोन डि’ओरको लागी हरेक देशका प्रशिक्षक , […]
November 18, 2015
मंसिर २, २०७२ विश्व क्रिकेट लिग च्याम्पियनपसिपमा पपुवा न्यु गिनीद्वारा नेपाल ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २२५ रनको चुनौति पपुवा न्युगिनीले ७ विकेट गुमाएर ४९.४ ओभरमा पुरा गर्यो। पहिले ब्याटीङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२४ रन बनाएको थियो। नेपालका लागि कप्तान पारख खड्काले सर्वाधिक ५८ रनको योगदान गरे। नेपालका […]
November 18, 2015
आइसिसि वर्ल्ड क्रीकेट लिग: नेपाल बिरुद पि.एन.जि
November 17, 2015
मंसिर १, हाम्रो खेलकुद आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा दोस्रो चरणमा आफ्नो दोश्रो खेल नेपालले भोलि पपुवा न्युगिनीसँग खेल्दै छ । युएईको अबुधाबीमा रहेको शेख जायद स्टेडियममा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेदेखि सुरु हुँदैछ । सोमबार भएको खेलमा नेपाल पपुआ न्यु गिनिसंगै दुइ विकेटले पराजित भएको थियो| निकै प्रतिस्पर्धात्मक खेलमा नेपालको ब्याटिंग […]
November 16, 2015
फिफाले दश वर्ष प्रतिबन्ध लाएका गणेश थापाले प्रेस बिज्ञप्ति जारी गरेका छन्| फिफाको निर्णयप्रति असन्तुष्टि देखाउंदै थापाले आफुलाई अन्याय भएको बताएका छन्| आफुले फिफाको अनुसन्धानमा पूर्ण सहयोग गर्दागर्दै पनि यस्तो निर्णय आउनुमा दुख व्यक्त गरेका छन्| यस निर्णय बारे केहि पनि प्रतिक्रिया दिन नसक्ने स्थितिमा रहेको पनि उनले प्रष्टयाएका छन्|
November 16, 2015
कार्तिक ३०, २०७२- अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापालाई फिफाको नैतिक समितिले सबै खाले फुटबल गतिविधिबाट १० वर्ष प्रतिबन्ध लगाएको छ । संगै थापा लाइ २०,००० स्विस फ्रैंक जरिमाना लगाईएको छ । सन् २०११ मा भएको फिफाको निर्वाचनमा घूस लिएको भन्दै उनलाई प्रतिबन्ध लगाइएको हो । गणेश थापा संगै लाओसका अध्यक्ष पनि कारबाहीमा परेका छन् […]
November 16, 2015
कार्तिक ३० गते, काठमाडौं । घुँडाको चोटका कारण राष्ट्रिय फूटबल टिममा भरपर्दा फरवार्ड भरत खवासले डिसेम्बरमा हुन् साफ च्याम्पिएनशिप खेल्न नसक्ने भएका छन्| नेपाल र भारत बिच गत अगष्टमा खेलिएको मैत्रिपुर्ण खेलको प्रशिक्षणमा चोट बोकेका भरतले चोटका बावजुद भारतमा खेलेका थिए| त्यसलगत्तै राष्ट्रिय लिगमा पनि आर्मीका लागि उनले धेरै खेल खेले| कतिपय खेलमा पहिलो हाफमै निस्किएका […]
November 16, 2015
कात्तिक ३०, हाम्रो खेलकुद आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा दोस्रो चरणमा आफ्नो पहिलो खेल नेपालले आज पपुवा न्युगिनीसँग खेल्ने छ । च्याम्पियनसिपको पहिलो चरणका खेलमा दुवै राष्ट्र दुई खेलमै पराजित भएकाले नेपाल र पीएनजी यूएईको अबुधाबीमा जितका लागि आतुर हुनेछन्। युएईको अबुधाबीमा रहेको शेख जायद स्टेडियममा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेदेखि सुरु हुँदैछ […]
November 15, 2015
फ्रान्सको राजधानी पेरिसमा भएको आक्रमण विरुद्ध आज दशरथ रंगशालामा मैनबत्ती बाल्ने कार्यक्रम भयो| नेपाल खेलकुद पत्रकार मंचको आयोजनामा भएको कार्यक्रममा खेल क्षेत्रका हस्तीहरुको बाक्लो उपस्थिति थियो| राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब कुमार बिष्ट पनि सो कार्यक्रममा सहभागी भएका थिए| फ्रान्सको राष्ट्रिय रंगशाला ‘पार्क डे प्रिन्सेस’मा फ्रान्स र जर्मनी बीच मैत्रीपुर्ण फुटबल खेलको दौरान भएको […]
November 14, 2015
नेपाल र ओमानविच दुबईमा खेलिएको मैत्रीपुर्ण ५० ओभरको खेलमा नेपाल तिन विकेटले पराजित भएको छ| पहिलो ब्याटिंग गर्दै १८४ रन बनाएको नेपाल निर्धारित ५० ओभर सकिन तिन बल बाकी रहदैं मा अल आउट भएको थियो| उपकप्तान ज्ञानेन्द्र मल्लले ७१ र कप्तान पारस खड्काले ४९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्| ज्ञानेन्द्रले ११३ […]