default_image

breaking big news

ANFA Complex, Satdobato [एन्फा कम्प्लेक्स सातदोबाटो]

November 20, 2015

एष्ट्रो टर्फले ल्याएको परिवर्तन

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा एष्ट्रो टर्फ राखेसंगै नेपालको अन्तराष्ट्रिय जगतमा नतिजा पनि सुधारिदैं गएको छ| विगत एक दशकदेखि एन्फा एकेडेमीबाट खेलाडी उत्पादन भइरहेको भए पनि उमेर समुहमा नेपालले खासै ठुलो फड्को मार्न सकेको थिएन| तर, एकेडेमीको मैदानमा एष्ट्रो टर्फ राखिएसंगै युवा टोलीको प्रदर्शनमा सुधार आएको देखिन्छ| यु-१४ टोलीको ताजिकिस्तानमा अपराजित यात्रा देखि यु-१९ टोलीको साफ […]

November 19, 2015

‘१९९३ सार्क गोल्ड कप’ देखि ‘२०१५ साफ च्याम्पियनशिप’ सम्मको यात्रा

सन् १९९३मा “सार्क गोल्ड कप” नामले सुरु भएको प्रतियोगिता अहिले ११औं संस्करणमा आइपुग्दा साफ च्याम्पियनशिपको नामले चिनिन्छ| दक्षिण एसियाली राष्ट्रहरुको फुटबललाई बलियो बनाउन सुरु गरिएको प्रतियोगिताको पहिलो संस्करण पाकिस्तानको लाहोरमा खेलिएको थियो| चार देशको मात्र सहभागिता रहेको प्रतियोगितामा आयोजक पाकिस्तानसंगै भारत, नेपाल र श्रीलंकाले भाग लिएका थिए| भारतले अपराजित रहदै जितेको थियो प्रतियोगितामा पाकिस्तान दोश्रो […]

ANil Gurung

November 18, 2015

सागरको प्रतिबन्धमा अनिललाई कप्तानको जिम्मेवारी

म्याच फिक्सिङ प्रकरणमा राष्ट्रिय टोलिका कप्तान सागर थापा  र उपकप्तान सन्दिप राइ दुबै परे पछी नेपाल फूटबल टोलिको कप्तानीको जिम्मा कसले पाउने भन्ने कुरा सबैको चासोको विषय हो तर हालै यो विषयले केहि सङ्केत पाएको छ  । हाम्रो खेलकुद श्रोत अनुसार नेपालको कप्तानको हैसियतमा बेलोन डि’ओर अवार्डमा अनिल गुरुङले आफ्नो मत खसाएका छन । बेलोन डि’ओरको लागी हरेक देशका प्रशिक्षक  , […]

November 18, 2015

पपुवा न्युगिनीसँग नेपाल पुन: पराजित

मंसिर २, २०७२ विश्व क्रिकेट लिग च्याम्पियनपसिपमा पपुवा न्यु गिनीद्वारा नेपाल ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २२५ रनको चुनौति पपुवा न्युगिनीले ७ विकेट गुमाएर ४९.४ ओभरमा पुरा गर्‍यो। पहिले ब्याटीङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२४ रन बनाएको थियो। नेपालका लागि कप्तान पारख खड्काले सर्वाधिक ५८ रनको योगदान गरे। नेपालका […]

November 18, 2015

प्रत्यक्ष प्रसारण: नेपाल बिरुद पि.एन.जि

आइसिसि वर्ल्ड क्रीकेट लिग: नेपाल बिरुद पि.एन.जि  

November 17, 2015

विश्व क्रिकेट लिग: नेपाल भोलि फेरी पपुवा न्युगिनीसँग भिड्दै

मंसिर १, हाम्रो खेलकुद आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा दोस्रो चरणमा आफ्नो दोश्रो खेल नेपालले भोलि पपुवा न्युगिनीसँग खेल्दै छ । युएईको अबुधाबीमा रहेको शेख जायद स्टेडियममा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेदेखि सुरु हुँदैछ । सोमबार भएको खेलमा नेपाल पपुआ न्यु गिनिसंगै दुइ विकेटले पराजित भएको थियो| निकै प्रतिस्पर्धात्मक खेलमा नेपालको ब्याटिंग […]

November 16, 2015

गणेश थापाद्वारा प्रेस विज्ञप्ति जारी

फिफाले दश वर्ष प्रतिबन्ध लाएका गणेश थापाले प्रेस बिज्ञप्ति जारी गरेका छन्| फिफाको निर्णयप्रति असन्तुष्टि देखाउंदै थापाले आफुलाई अन्याय भएको बताएका छन्| आफुले फिफाको अनुसन्धानमा पूर्ण सहयोग गर्दागर्दै पनि यस्तो निर्णय आउनुमा दुख व्यक्त गरेका छन्| यस निर्णय बारे केहि पनि प्रतिक्रिया दिन नसक्ने स्थितिमा रहेको पनि उनले प्रष्टयाएका छन्|

Ganesh thapa

November 16, 2015

फीफाद्वरा गणेश थापा १० वर्ष प्रतिबन्धित

कार्तिक ३०, २०७२- अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापालाई फिफाको नैतिक समितिले सबै खाले फुटबल गतिविधिबाट १० वर्ष प्रतिबन्ध लगाएको छ । संगै थापा लाइ २०,००० स्विस फ्रैंक जरिमाना लगाईएको छ । सन् २०११ मा भएको फिफाको निर्वाचनमा घूस लिएको भन्दै उनलाई प्रतिबन्ध लगाइएको हो । गणेश थापा संगै लाओसका अध्यक्ष पनि कारबाहीमा परेका छन् […]

November 16, 2015

राष्ट्रिय टोलीलाई चोटको झड्का: भरत खवासले साफ खेल्न नसक्ने

कार्तिक ३० गते, काठमाडौं । घुँडाको चोटका कारण राष्ट्रिय फूटबल टिममा भरपर्दा फरवार्ड भरत खवासले डिसेम्बरमा हुन् साफ च्याम्पिएनशिप खेल्न नसक्ने भएका छन्| नेपाल र भारत बिच गत अगष्टमा खेलिएको मैत्रिपुर्ण खेलको प्रशिक्षणमा चोट बोकेका भरतले चोटका बावजुद भारतमा खेलेका थिए| त्यसलगत्तै राष्ट्रिय लिगमा पनि आर्मीका लागि उनले धेरै खेल खेले| कतिपय खेलमा पहिलो हाफमै निस्किएका […]

Nepal Cricket Team vs Oman (5)

November 16, 2015

विश्व क्रिकेट लिग: नेपाल आज पपुवा न्युगिनीसँग भिड्दै

कात्तिक ३०, हाम्रो खेलकुद आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा दोस्रो चरणमा आफ्नो पहिलो खेल नेपालले आज पपुवा न्युगिनीसँग खेल्ने छ । च्याम्पियनसिपको पहिलो चरणका खेलमा दुवै राष्ट्र दुई खेलमै पराजित भएकाले नेपाल र पीएनजी यूएईको अबुधाबीमा जितका लागि आतुर हुनेछन्। युएईको अबुधाबीमा रहेको शेख जायद स्टेडियममा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेदेखि सुरु हुँदैछ […]

Success

Thank you for your time.