January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपको आफ्नो डेब्यु खेलमा नेपाल खराब ब्याटिङका कारण बंगलादेशसँग पराजित भएको छ । बंगलादेशले शनिवार नेपाललाई ५ विकेटले पराजित गरेको हो । ५३ रनको झिनो लक्ष्य बंगलादेशले १३.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । बंगलादेशको जितमा सदिया स्लामले सर्वाधिक १६, सुमैया अख्तरले १२ रन […]
January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एपिएफ क्लब कैलालीमा जारी प्रधानमन्त्री कप महिला टि ट्वान्टी क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ । धनगढीमा शनिवार भएको दिनको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई ५९ रनले हराउँदै एपिएफ समूह ‘ए’ को विजेताको रुपमा सुपर फोरमा पुगेको हो । बाक्लो हुस्सुका कारण ढिला सुरु भएको खेल १८ ओभरमा छोट्याईएको थियो । […]
January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपको आफ्नो पहिलो खेलमा शनिवार नेपालको ब्याटिङ चलेन। पहिले ब्याटिङ गरेको नेपालले बंगललादेशलाई झिनो लक्ष्य दिएको छ । बांगीमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १८.२ ओभरमा अल आउट हुँदै ५२ रनको झिनो योगफल तयार गर्यो । नेपालकी ओपनर साना प्रविनले सर्वाधिक १९ रन जोडिन् […]
January 18, 2025
सुकुटे/सिन्धुपाल्चोक (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबका कमला पुन र मनिषाको जोडीले सातौं राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उपाधि जितेको छ। आफ्नै क्लबका पुनम चन्द र कामना विष्टको जोडीलाई शनिवार २-० को सेटमा हराउँदै कमला र मनिषाको जोडी च्याम्पियन बनेको हो । सिन्धुपाल्चोकको चौतारा सागाँ चोकगढी नगरपालिकाको सुकुटेस्थित भोटेकोशी बिच रिसोर्टमा कमला र मनिषाको जोडी २१-१९, २१-१० […]
January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा सुरु भएको आइसिसी यु १९ महिला टि ट्वान्टी विश्व कपमा नेपालले बंगलादेशसँगको खेलमा टस हारेको छ । नेपालले बंगलादेशसँग टस हारेर ब्याटिङको निम्तो पाएको छ। विश्व कपमा डेब्यु खेल खेल्दै गरेको नेपाल जितका साथ प्रतियोगिता सुरु गर्न चाहन्छ । नेपालको प्लेइङ-११ सोनी पाख्रिन, किरन कुमारी कुवँर, साना प्रविन, सावित्रा धामी, रिया […]
January 18, 2025
सुकुटे/सिन्धुपाल्चोक (हाम्रो खेलकुद)- नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबका जोडी राष्ट्रिय बिच भलिबल प्रतियोगितामा तेस्रो भएको छ। महिला एपिएफको निरुता ठगुन्ना र नेविका चौधरी जोडी तथा पुरुषतर्फ टिकराज तामाङ र सूर्य परियारको जोडी तेस्रो भएको हो । सिन्धुपाल्चोकको चौतारा सागाँ चोकगढी नगरपालिकाको सुकुटेस्थित भोटेकोशी बिच रिसोर्टमा शनिवार आफ्नै क्लबका रस्मिता दुरा र जस्ना महतोको […]
January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा आइसिसी यु १९ महिला विश्व कप शनिवार सुरु हुँदैछ । विश्व कपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२ः१५ बजे मलेसियाको बागींमा रहेको युकेएम क्रिकेट ओभलमा सुरु हुनेछ । नेपाली महिला टोलीले कुनै पनि समूहमा पहिलो पटक विश्व कप खेल्न लागेको हो । सन् […]
January 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पुरुष टोली पनि भारतमा जारी खो खो विश्व कपको सेमिफाइनलमा पुगेको छ। दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा नेपालले शुक्रवार भएको सेमिफाइनलमा बंगालादेशलाई ६७- १८ ले हराउँदै अन्तिम चारमा पुगेको हो। नेपाल समूह उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको थियो। समूह ‘ए’मा नेपालले ४ खेलबाट ६ अंक जोडेको थियो। नेपाल भारतसँगको आफ्नो खेलमा ४१-३७ पराजित […]
January 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला टोली भारतमा जारी खो खो विश्वको सेमिफाइनलमा पुगेको छ। इरानलाई शुक्रवार १०३-८ को फराकिलो अन्तरले हराँउदै नेपाल फाइनल पुगेको हो। नेपाली टोली समूह चरणमा अपराजित रहँदै अघि बढेको थियो। नेपाली महिला टोली समूह ‘सी’ को विजेताका बनेको थियो । नेपालले पहिलो खेलमा भुटानलाई ९३-२४, दोस्रो खेलमा जर्मनीलाई ७३-३४, तेस्रो खेलमा […]
January 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लबले एन्फा राष्ट्रिय महिला लिगको अन्तिम चरणमा लगातार छैटौं जित हासिल गरेको छ। एपिएफले शुक्रवार वालिङ नगरपालिकालाई १०-० ले हराएको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपिएफको जितमा रश्मिकुमारी घिसिंङले ४, सरु लिम्बु र सविता राना मगरले समान २ तथा प्रीति राई र रेनुका नगरकोटेले समान १ गोल गरिन् । शीर्ष स्थानको […]