default_image

breaking big news

May 17, 2016

लेस्टर सिटिका पाँच आश्चर्यजनक तथ्यहरु

लेस्टर सिटि फुटबल क्लब सिजनको सुरुवातमा यति धेरै गुमनाम थियो कि उसको नाम कसैले लिसेस्तर भन्थे त कसैले लिचेस्तर| तर प्रिमिएर लिगको उपाधि जितेसंगै विश्व फुटबललाइ चकित तुल्याएको लेस्टरको पाँच तथ्य यसप्रकार छन्: प्रशिक्षक र्यानेरीको अनुबन्धन यस सिजनको सुरुवातमा लेस्टर सिटीका प्रशिक्षक नाईजल पिअर्सन थिए| गत सिजन रेलिगेसनको मुखैबाट क्लबलाई बचाएका उनले यस सिजन पनि […]

May 16, 2016

आर्मीलाई मदन भण्डारी गोल्डकप, नवयुग सर्वोत्कृष्ट खेलाडी

काठमाडौं – राष्ट्रिय टोली स्टार नवयुग श्रेष्ठको २ गोलमा त्रिभुवन आर्मी क्लबले पाँचौ मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मोरडको उर्लाबारीमा सामबार आयोजक मदन भण्डारी स्मृति प्रतिष्ठानलाई २–१ गोलमा पराजित गर्दै आर्मीले उपाधि जितेको हो । नवयुगले पहिलो गोल २९ औं मिनेटमा गरेका थिए । बिमल रानाले पासमा नवयुगले पेनाल्टी बक्स भिबबाट […]

May 15, 2016

प्रिमिएर लिग सिजन आज अन्त्य हुँदै

इंगलिश प्रिमिएर लिग (इ.पी.एल) सिजन २०१५/१६ अन्तर्गत आज सबै क्लबले आफ्नो अन्तिम खेल खेल्दै छन्| सिजनको सुरुवातदेखि आश्चर्यचकित तुल्याएको यस सिजन अन्तिम दिनसम्म पनि सोहि पथमा चलिरहेको छ| ठुला टोलीहरुको खस्किदो प्रदर्शनमाथि सानाटोलीहरुको उत्साहजनक जित र आशा लागेका खेलाडीहरुको बिर्सनलायक प्रदर्शन रहँदा नयाँ खेलाडीहरुले देखाएको कौशलले सिजनभर समर्थकहरुलाई मनोरन्जन प्रदान गर्यो| लिगका सबै क्लबले आज […]

May 15, 2016

एट्लेटिको म्याड्रिडको गोलरक्षकद्वारा ला लिगामा कम गोल खाने किर्तिमान कायम

भर्खरै सम्पन्न ला लिगा सिजनमा एट्लेटिको म्याड्रिडले तेश्रो स्थानमा लिगको अन्त्य गर्यो तर सो क्रममा उसका गोलकिपर यान् ओब्लाकले नया किर्तिमान रचे| हालसालै मात्र एट्लेटिको म्याड्रिडमा अनुबन्धित भएका ओब्लाकले यो सिजनमा सबै ३८ लिग खेल खेल्दै १८ गोल मात्र खाए| यसअघि सोहि रेकर्ड १९९३/९४ सिजनमा डेपोर्तिभो ल कोरुनाका गोलरक्षक पाको लियानोको नाममा रहेको थियो| यो […]

May 14, 2016

अन्तिम खेल जिते पनि म्याड्रिड उपाधिबाट बन्चित

बार्सिलोनाले आफ्नो अन्तिम खेल ३-०ले जितेपछि रियल म्याड्रिड आफ्नो खेल जितेपनि उपाधिबाट बन्चित भएको छ| क्रिस्टियानो रोनाल्डोले पहिलो हाफमा गरेको दुइ गोलको मद्दतले डेपोर्तिभोलाई २-०ले हराएको म्याड्रिडले ९० अंक बनायो भने बार्सिलोनाले पनि आफ्नो अन्तिम खेल जित्दै ९१अंकमा लिग समाप्त गर्यो| बार्सिलोनाका लागि लुइस सुअरेजले ह्याट्रिक गरे र सिजनमा ४० गोल गरेसंगै पिचिची ट्रफी पनि […]

May 14, 2016

बार्सिलोनाद्वारा २४औं पटक ला लिगा उपाधि कब्जा

लुइस सुआरेजको ह्याट्रिकको मद्दतले ग्रनाडालाई ३-०ले हराउँदै बार्सिलोनाले २४औं पटक स्पेनिश ला लिगाको उपाधि कब्जा गरेको छ| अन्तिम खेलमा रियल म्याड्रिडभन्दा एक अंक मात्र अगाडी रहेको बार्सिलोनाले जित दर्ता गर्दै उपाधिमाथि कब्जा जमाएको हो| उता रियल म्याड्रिडले भने डेपोर्तिभोलाई २-०ले हरायो| म्याड्रिडका लागि दुवै गोल क्रिस्टियानो रोनाल्डोले पहिलो हाफमा गरेका थिए| आज गरेको तिन गोल […]

May 14, 2016

हेमन र मञ्जु पोखरा बर्ष खेलाडी, थापालाई लाइफ टाइम

नेपाल खेलकुद पत्रकार मञ्च कास्की समन्वय शाखाद्वारा आयोजित प्रथम पोखरा स्पोर्टस अवार्ड वर्ष उत्कृष्ट खेलाडी २०७२ बाट फुटबलका हेमन गुरुङ र मञ्जु गुरुङ सम्मानित भएका छन् । नेपाली राष्ट्रिय फुटबल टिमका हेमन गुरुङले वर्ष खेलाडीबाट सम्मानित हुने क्रममा शारीरिक सुगठनका सुरेश गुरुङ र आर्चरीका असिम शेरचनलाई पछि पारे । १२ औं दक्षिण एसियाली खेलकुद (साग) […]

May 14, 2016

नवयुग र सन्तोषको गोलमा आर्मी फाइनलमा, खवासलाई रातो कार्ड

नवयुग श्रेष्ठ र सन्तोष श्रेष्ठको गोलमा त्रिभुवन आर्मी क्लब भुटानको बिआरसीलाई २–१ ले हराउँदै मोरङको उर्लाबारीमा जारी पाँचौ मदन भण्डारी अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । आर्मीले सोमबार हुने फाइनलमा आयोजक मदन भण्डारी स्मृति प्रतिष्ठानसँग प्रतिस्पर्धा गर्नेछ । आर्मीले खेलको अधिकांश समय आफनो पक्षमा राखेपनि गोल संख्या बढाउन सकेनन् । खेलको अन्तिम १५ […]

May 14, 2016

थ्री स्टार क्लबले खुला छनोटबाट यु-१८ खेलाडी छान्दै

अखिल नेपाल फुटबल संघले स्वर्गीय ललित कृष्ण श्रेष्ठको स्मृतिमा आयोजना गर्न लागेको ललित स्मृति यु-१८ फुटबल प्रतियोगिताको लागि थ्री स्टार क्लबले खुला छनोटबाट खेलाडी लिने भएको छ| स्वर्गीय श्रेष्ठ थ्री स्टार क्लबका अध्यक्ष रहीआएका थिए भने एन्फाका कार्यवाहक अध्यक्ष पनि थिए| उनको जेष्ठ २९ गतेका दिन आफ्नै घरमा करेन्ट लागेर मृत्यु भएको थियो| सोहि दिनमा […]

May 14, 2016

ला लिगा विजेताको टुंगो आज लाग्ने

आज हुने बार्सिलोना र रियल म्याड्रिडको खेलको नतिजाले स्पेनिश ला लिगा उपाधि कसले उचाल्छ भन्ने टुंगो लाग्नेछ| म्याड्रिडले नेपाली समयानुसार राति ८:४५बजे डेपोर्तिभो ल कोरुनाको सामना गर्दैछ भने सोहि समयमा बार्सिलोनाले ग्रनाडाविरुद्ध आफ्नो अन्तिम खेल खेल्नेछ| अन्तिम खेल बाँकी रहेको स्थितिमा बार्सिलोना ८८ अंक लिएर शिर्ष स्थानमा छ भने रियल म्याड्रिड एक अंक कम बोकेर […]

Success

Thank you for your time.