July 31, 2016
युरो सकिएको तीन साता बित्दा पनि आफ्नो टोलिको नेतृत्व गर्दै पोर्चुगललाई उपाधी जिताउन सकेको खुशीयाली क्रीस्टिएको रोनाल्डो अझ पनि मनाउदै छन । इबिजा आइल्याण्डको भिडमा क्रीस्टिएनो रोनाल्डो अज्ञात महिलासँग रमाउदै निकै नै नजिकिएको फोटोहरु सार्वजनिक भएका छन । ति महिला को हुन र उनको रोनाल्डो सँगको नाता भने सार्वजनिक भएको छैन ।
July 30, 2016
काठमाडौं (हाम्रो खेलकुद) – बेलायतको ब्राइटनमा जारी १८औं एडल्ट तथा सिनियर र १३औं जुनियर आइटीएफ विश्व तेक्वान्दो च्याम्पियनसिपको पाचौ दिन शनिबार ४ देखि १५ बर्ष उमेर समूहको ६४ केजीमा नेपालका सस्मन बस्नेतले रजत पदक जितेका छन् । बेलायतबाट रजेन्द्र केसीले दिएको जानकारी अनुसार वेल्सका खेलाडीसँग पराजित भएपछि उनले रजतमा चित्त बुझाउनु परेको थियो । कक्षा […]
July 30, 2016
ब्राजिलको रियोमा ५ अगस्टबाट शुरु हुने ओलम्पिक खेलको उद्घाटनमा नेपाली टिमको नेतृत्व गर्दै जुडोकी फुपुल्हामु खत्रीले झन्डा बोक्ने भएकी छन् । शनिवार नेपाल ओलम्पिक कमिटीको भवनमा आयोजीत कार्यक्रममा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले सो घोषणा गरेको हुन् । ‘भर्खरै भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुदमा उहााले स्वर्ण जित्नु भएको थियो । त्यसैगरि अन्य खेलहरुमा पनि […]
July 30, 2016
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको आधिखोला स्पोर्टस क्लबले महेन्द्रनगर कञ्चनपुरको भलिबल प्रशिक्षण केन्द्रलाई १२ जोर ट्रयाकसुट सहयोग गरेको छ । २२ बर्षदेखि हङकङ बस्दै आएका क्लबका अध्यक्ष शंकर गुरुङले शनिबार राजधानीमा प्रशिक्षण केन्द्रमा प्रमखु जगदिश भट्टलाई भट्टलाई ट्रयाकसुट हस्तान्तरण गरे । पूर्व भलिबल खेलाडी समेत रहेको गुरुङले भने,‘भलिबल खेलाडी उत्पादनमा सुदूरपश्चिमाञ्चलको भूमिका महत्वपूर्ण रहँदै आएको […]
July 29, 2016
ब्राजिलको राष्ट्रिय टोली बसेको होटेलको लन्ड्री रुममा देखिएपछी नेमारको फ्यान पक्राउ परेका छन । ओलम्पिक खेलको तयारीमा रहेको ब्राजिलियन टोली बसेको होटेलमा २१ बर्षिय डेर्मोट कोरिगेन ब्राजिलियन फुटबल एसोसिएशनको नक्कली कागज बनाएर होटेल प्रवेश गरेका थिए । पक्राउ परेका डेर्मोट नेमारको फ्यान रहेको र उनिसँग सेल्फी खिच्ने रहरले त्यसो गरेको कुरा बताएका थिए । ओलम्पिकमा दक्षिण अफ्रिका, इरान र डेनमार्क […]
July 29, 2016
नयाँ सिजनको तयारीका लागि अष्ट्रेलियामा भएको मैत्रीपुर्ण खेलमा एट्लेटिको म्याड्रिडले टोटेनहम हट्स्परलाइ १-०ले पराजित गरेको छ। आफ्नो मुख्य खेलाडीहरुलाई लन्डनमै प्रशिक्षणमा छाडेर अष्ट्रेलिया आइपुगेको टोटेनहमको टोलीमा युवा खेलाडीको बाहुल्यता रहेको थियो। खेलको एकमात्र गोल कप्तान डिएगो गोडीनले पहिलो हाफमा गरेका थिए। यसअघी टोटेनहमले युभेन्टससंग भएको खेलमा २-१को हार व्यहोरेको थियो। अर्को मैत्रीपुर्ण खेलमा इन्टर मिलानको […]
July 29, 2016
फोटो पत्रकार क्लवको आयोजनामा भएको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७३ अन्तर्गत मोडल ग्लोबल भिसा कन्सल्टेन्सी स्पोर्टस विधाको उपाधि सुर्बिन्द्र कुमार पुनले जितेका छन्। सो विधामा दोश्रो पुरस्कार रोबिक उपाध्यायले जिते भने तेश्रो पुरस्कार उमेश श्रेष्ठको नाममा रह्यो। विधाको प्रथम हुनेले ३० हजार, दोश्रो हुनेले २० हजार र तेश्राले १० हजार रुपैयाँ जितेका छन्।
July 28, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेटको विवाद तत्काल समाधान हुने कुनै संकेत देखा परेको छैन । तीन महिनाअघि निलम्बनमा परेको नेपाल क्रिकेट संघ (क्यान) को विवाद झन पेचिलो बन्दै गएको छ । देश भित्र क्रिकेटका सरोकारवाला पक्ष मुख्यतः निर्वाचित क्यान र राष्ट्रिय खेलकुद परिषद् (राखेप) आ आफ्नो अडानमा टसको मस नगरेपछि विवाद झन लम्बिने संकेत […]
July 28, 2016
काठमाडौं, साउन १३ नेपालले भारतविरुद्धको मैत्रीपुर्ण खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि खेल जित्न सकेन । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद(राखेप)को कभर्ड हलमा भारतले नेपाललाई २५–२०, २५–१९ र २७–२५ सोझो सेटमा हरायो । घरेलु मैदानमा नेपालले अहिले सम्मकै उत्कृष्ट प्रदर्शन गर्ने क्रममा अन्तिम सेटमा भारतलाई दबाबमा राखेको थियो । खेल २२–२२ को बराबरी भएको बेला प्रतिभा मालीको […]
July 28, 2016
१२ औं दक्षिण एसियाली खेलकुद सम्पन्न भएको झन्डै ६ महिना पछि सरकारले पदक विजेता खेलाडीलाई आज सम्मान गरेको छ । बालुवाटारस्थित निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले विजेता खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक र पदक जितेका राष्ट्रिय संघलाई गरि झन्डै ४ करोड रुपैयाँ वितरण गरे । भारतको सिलोङ र गुहाटीमा फागुनको पहिलो साता सम्पन्न १२ औं […]