default_image

breaking big news

Maradona Messi

August 28, 2016

म्यारोडोना भन्छन – ‘ मेस्सिको अस्थायी सन्यास आलोचनाबाट बच्ने जुक्ती ‘

कोपा अमेरिकाको फाइनलमा पराजय भोगेपछी आफु अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिने घोषणा गरेका मेस्सी करिब १ महिना पछी आफ्नो निर्णय फिर्ता लिएका थिए । अर्जेन्टिनाका लेजेन्ड डिएगो म्यारोडोनाका अनुसार मेस्सिको उक्त निर्णय योजना अनुरुप हुन सक्छ । ” कोपा अमेरिकाको फाइनलमा पराजय भोगेपछी मेस्सिले अनेकौ प्रश्नको सामना गर्नु पर्ने हुनसक्थियो, तर उनको त्यो घोषणाले अर्जेन्टिनाले गुमाएको उपाधी भन्दा अर्जेन्टिनाले गुमाएको मेस्सिको […]

August 28, 2016

भेरिस्कलाई अल्टिमेट क्रिकेटको उपाधि

काठमाडौँ (हाम्रो खेलकुद) – भेरिस्क इन्फर्मेसन टेक्नोलोजीले एम एण्ड एम रेमिट अल्टिमेट इन्डोर क्रिकेट कर्पोरेट २०१६को उपाधि जितेको छ। शनिबार भएको फाइनल खेलमा सेन्चुरी बैंकलाई आठ रनले पराजित गर्दै भेरिस्कले उपाधि उचालेको हो। यसअघीका दुइ संस्करणमा फाइनलमा पराजित भएको भेरिस्कले ६३ रनको सहज लक्ष्य पाएपनि एक समयमा दवाबमा देखिएको थियो। तर अन्तिम जोडीले संयमतापुर्वक खेलेपछि […]

August 27, 2016

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको लगातार तेस्रो जित

  हल (एजेन्सी) – बराबरीतर्फ उन्मुख खेलको इजुरी समयमा मार्कोस रासफोर्डले गोल गरेपछि म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा लगातार तेस्रो खेल जितेको छ । चार मिनेट इन्जुरी समयको दोस्रो मिनेटमा वाइने रोनीले हलका रक्षकलाई विट गर्दै निकालेको पासमा रासफोर्डले नजिकबाट वान टच गोल गरेका थिए । अन्तिम दुई मिनेट सम्हालिन नसक्दा हल सिटीले घरेलु मैदानमा हार […]

August 27, 2016

रोमाञ्चक खेलमा वेस्ट इन्डिजसँग भारत १ रनले पराजित

फ्लोरिडा (एजेन्सी)– वेस्ट इन्डिजविरुद्धको पहिलो ट्वान्टी–२० क्रिकेटमा जितका लागि भारतलाई अन्तिम बलमा २ रन बनाउनु पर्ने थियो । तर, ड्वान ब्राभोको बलमा मार्लोन सामुइल्सबाट कप्तान महेन्द्रसिंह धोनी क्याचआउट भएपछि रोमाञ्चक खेलमा भारत १ रनको झिनोअन्तरले पराजित भएको छ । अमेरिकामा दुई ट्वान्टी –२० क्रिकेट श्रृखंलाको पहिलो खेलको स्कोर झन्डै एक दिवसिय स्कोरको बनेको थियो । […]

August 27, 2016

प्रिमियर लिगमा लेस्टरको पहिलो जित, चेल्सी शीर्षस्थानमा

लेस्टर (एजेन्सी) – लेस्टरले प्रिमियर लिगको जारी सिजनमा पहिलो जित हासिल गर्ने क्रममा शनिबार स्वान्सीलाई २–१ ले हराएको छ । साविक विजेता रहेको लेस्टरलाई जित दिलाउन स्ट्राइकर जेमी भार्डे र कप्तान वेस मोर्गानले गोल गरेका थिए । रियाद मेराजले ५६ औं मिनेटमा पेनाल्टीमा गोल गर्न सकेको भए लेस्टरको गोलअन्तर अझै बढ्ने थियो । तर ५६ […]

August 27, 2016

लेवान्डोवस्कीको ह्याट्रिकमा बार्यनको सहज जित

बर्लिन (एजेन्सी)– रोर्बेट लेवान्डोवस्कीको ह्याट्रिकसँगै बुन्डेसलिगाको पहिलो खेलमा बार्यन म्युनिखले शुक्रबार वेडर बे्रमनलाई ६–० को फरालिो जित हासिल गरेको छ । प्रशिक्षक कार्लो एन्सेलोटीको पहिलो खेलमा जावी अलन्सोले भलीमार्फत नवौं पहिलो गोल गरेका भने लेवान्डोवस्कीले १३ औं मिनेटमा गोलअन्तरलाई दोब्बर पारेका थिए । थिए । कप्तान फिलिप लाहम र फ्रान्क रेबेरीले १/१ गोल गरेको खेलमा […]

August 26, 2016

रुस्लान थ्री स्टार क्लबको एअरपोर्टमा भब्य स्वागत

एएफसी कप फुटबलको प्लेअपमा, छनौट भएको थ्रिस्टार क्लब शुक्रबार अपराह्न काठमाडौं आईपुगेको छ । टोलीको त्रिभुवन अन्र्तराष्ट्रिय भब्य स्वागत गरिएको छ । थ्रिस्टारको टोलीलाई स्वागत गर्न अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव धिरेन्द्र प्रधान , उपाध्यक्ष कर्मा छिरीङ शेर्पा , एन्फाका पुर्व उपाध्यक्ष तथा मनाङ मस्र्याङ्दी क्लबका पुर्व अध्यक्ष कर्मा छिरीङ शेर्पा लगायतले टोलीको स्वागत गरे […]

Pep Barcelona

August 26, 2016

बार्सिलोना र सिटी च्याम्पियन्स लिगको एउटै समूहमा

मोनाको (एजेन्सी) पेप ग्वार्डिओलाको म्यानचेष्टर सिटीले उनको पूर्व क्लब बार्सिलोनासँग च्याम्पियन्स लिग फुटबलको समूह चरणमै प्रतिस्पर्धा गर्नु पर्ने भएको छ । गए राती भएको लिगको ड्रमा बार्सिलोना, सिटीसँगै समूह सीमा स्कटिस च्याम्पियन सेल्टिक र जर्मन क्लब बोरुसिया बोरुसिया मोन्चेनग्लाडवाच पनि छ । सिटीमा पहिलो सिजन विताइरहेका ग्वार्डिओला बार्सिलोनामा निकै सफल भएका थिए । दुई पटक […]

August 25, 2016

रोनाल्डो युरोपको सर्वोत्कृष्ट खेलाडी घोषित

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरोपको सर्वोत्कृष्ट खेलाडिको उपाधि जितेका छन्। आज मोनाकोमा भएको एक समारेहमा ग्रिजमन र बेललाई पछि पार्दै रोनाल्डोले सो उपाधि जितेका हुन्। रोनाल्डोले जितपछि उनिसंगै अरु दुई पनि सो उपाधिको उत्तिकै हकदार भएको बताए।

August 25, 2016

च्याम्पियन्स लिगको समूह चरणको ड्र आज

यूइएफा च्याम्पियन्स लिग २०१६/१७को समुह चरणको ड्र आज नेपाली समय अनुसार राति ९;४५ बजे हुदैछ। च्याम्पियन्स लिग खेल्ने ३२ टोलीलाई वरियताका आधारमा चार ‘पट’मा राखिएको छ र प्रत्यकमा आठ टोलि हुनेछन। प्रत्यक ‘पट’ बाट पालैपालो एक-एक टोलीको नाम निकाल्दै आठ समुहको विभाजन गरिनेछ। यसरि ड्र गर्दा, एकै देशका दुइ टोलि एवं रसिया र उक्रेनका टोलीलाई […]

Success

Thank you for your time.