default_image

breaking big news

August 16, 2024

लिग टुमा अमेरिकामाथि नेदरल्यान्ड्सको जित

एजेन्सी – नेदरल्यान्ड्सले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा अमेरिकामाथि जित हासिल गरेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा घरेलु टोलीले अमेरिकामाथि जित हात पारेको हो । नेदरल्यान्ड्सको स्पोर्टपार्क वेस्टवलेट, द हेगमा बिहिबार भएको खेलमा घरेलु टोलीले अमेरिकामाथि १९ रनको जित हात […]

August 15, 2024

झापाका ३ खेलाडीले भुटानको महिला लिग खेल्ने

हिमाल खरेल,बिर्तामोड मोफसलको फुटबलमा सक्रिय झापाली क्लब बिर्तामोड युनाइटेड एफसी महिला टोलीका ३ खेलाडीले भुटानको शीर्ष महिला लिग खेल्ने भएका छन् । बिर्तामोड युनाइटेडबाट स्थानीय फुटबल, कोशी प्रदेश स्तरीय फुटबल हुँदै नेपालको राष्ट्रिय युथ टोलीबाट खेलिसकेका ३ खेलाडी खुश्मा राई, जेनिफर राना र सुशीलाकुमारी चौधरीले भुटानको राष्ट्रिय महिला लिग खेल्ने भएका हुन् । यी तीनै […]

August 15, 2024

दशरथ रंगशालाको मैदानका बारेमा राखेप र एन्फाबीच छलफल

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन‌ चर्च ब्वाइज युनाइटेड र भुटानको लिग विजेता पारो एफसीबीच मंगलवार भएको खेलका दौरान दशरथ रंगशालाको खराब अवस्थाको चर्को आलोचना भएको थियो। अखिल नेपाल फुटबल संघ (एन्फा) बाट राष्ट्रिय खेलकुद परिषद (राखेप) आफैले रंगशाला मर्मतको‌ जिम्मेवारी लिएपनि मैदानको अवस्थामा खासै सुधार नभएपछि आलोचना भएको थियो। खेलअघि परेको […]

August 15, 2024

साफ यू२० : २ दिन बाँकी हुँदा पनि मैदानको टुंगो छैन

काठमाडौं (हाम्रो खेलकुद) – अर्को साताबाट सुरु हुने साफ यू२० च्याम्पियनसिपका लागि आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेल स्थलको टुंगो लगाउन सकेको छैन । आइतबारदेखि सुरू हुने प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले विहीबार साँझ म्याच कमिस्नरको आगमन र निरिक्षणपछि मात्र टुंगो लाग्ने बताए । ‘आज साँझ म्याच […]

August 15, 2024

एमबाप्पेको डेब्यु र गोलमा रियल सुपर कप च्याम्पियन

एजेन्सी – फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले डेब्युमै गोल गरेपछि च्याम्पियन्स र ला लिगा विजेता स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए सुपर कपको उपाधि जितेको छ । रियलले इटालियन क्लब एटलान्टालाई २–० ले पराजित गर्दै कीर्तिमानी छैटौंपटक सुपर कपको उपाधि जित्न सफल भएको हो । रियलको जितमा एमबाप्पेसँगै फेडे भाल्भेर्डेले गोल गरे । एमबाप्पे यसै समरमा फ्रान्सेली […]

August 14, 2024

निरुताको बढुवा, सरस्वती र कविता पनि पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद)- काभा महिला नेसन्स लिग च्याम्पियनसिपको‌ रजत विजेता नेपाली महिला भलिबल र‌ एपिएफ टोलीकी सदस्य निरुता ठगुन्ना पदोन्नति भएको‌ छ। सशस्त्र प्रहरी बलले निरुता सिपाहीबाट विशेष बढुवा गर्दै सहायक हवल्दार बनाएको संगठनले जनाएको छ। सशस्त्रले नेसन्स लिग च्याम्पियनसिपको टोलीमा‌ रहेका निरुतासहित ३ खेलाडीलाई‌ बुधवार नगद पुरुस्कारसहित सम्मान पनि गरेको छ । निरुता ५ […]

August 14, 2024

पल्सर स्पोर्ट्स अवार्ड अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)- एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड अर्को महिना आयोजना हुने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार पत्रकार सम्मेलनमार्फत अवार्ड भदाै २८ गते आयोजना हुने जानकारी दिएको‌ छ। महाभुकम्पका‌ कारण २०७२ बाहेक २०६० देखि अवार्ड आयोजना हुँदै आएको छ। पत्रकार सम्मेलनमा पल्सर नेपाल र मञ्चबीच अवार्डको‌ मुख्य प्रायोजनको‌ सम्झौता भएको छ । पल्सर नेपाल […]

August 14, 2024

आदिलका बारेमा क्यानको आगामी बोर्ड बैठकले निणर्य लिने !

काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेटर आदिल आलमको निलम्बन फुकुवाबारेमा नेपाल क्रिकेट संघ(क्यान) को आगामी बोर्ड बैठकले निर्णय गर्ने भएको छ । क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार आदिलको निलम्बनका बारेमा अब बस्ने बोर्ड बैठकले निर्णय गर्ने बताए । क्यानको असार २१ मा बसेको बोर्ड बैठकको निणर्य नम्बर १३ मा म्याच फिक्सिङमा अदालतबाट सफाई पाएका निलम्बित राष्ट्रिय […]

August 14, 2024

मियामी लिग्स कपबाट बाहिरियो

एजेन्सी – इन्टर मियामी कोलम्बस क्रूसँग पराजित हुँदै लिग्स कपको अन्तिम १६ बाट बाहिरिएको छ । घरेलु मैदान लोअर डट कम फिल्डमा बुधबार बिहान भएको खेलमा उत्कृष्ट पुनरागमनका‌ साथ मियामीलाई ३-२ ले पराजित गर्दै कोलम्बस अघिल्लो चरणमा प्रवेश गरेको हो। खेलमा कोलम्बसका लागि डियागो रोसीले २ र क्रिश्चिएन रामिरेजले १ गोल गरे । मियामीका लागि […]

August 13, 2024

लिग टुमा अमेरिकाको सुखद सुरुआत

एजेन्सी – अमेरिकाले विश्वकप लिग टु सिरिजमा सुखद सुरुआत गरेको छ । विश्वकप लिग टु अन्तर्गतको पहिलो खेल खेल्दै गरेको अमेरिकाले जितका साथ सुरुआत गरेको हो । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा अमेरिकाले क्यानडामाथि जित हात पारेको हो । नेदरल्यान्ड्सको स्पोर्टपार्क वेस्टवलेट, द […]

Success

Thank you for your time.