October 10, 2016
हाम्रो खेलकुद – फिफा विश्वकप २०१८को छनोट चरण अन्तर्गत स्पेनले अल्बानियालाई २-०ले पराजित गरेको छ। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपछि दोश्रो हाफमा स्पेनले दुइ गोल गरेको थियो। डिएगो कोस्टाले ५५औं मिनेट र नोलिटोले ६३औं मिनेटमा गोल गरेका थिए। तिन खेलमा ७ अंक जोडेको स्पेन छनोट चरणको अंक तालिकामा शिर्ष स्थानमा छ। इटाली पनि सात अंक […]
October 9, 2016
हाम्रो खेलकुद – भारतीय कप्तान विराट कोहलीले न्युजिल्याण्डविरुद्धको टेष्टमा दोहोरो शतक बनाउदै पुरानो रेकर्डको बराबरी गरेका छन्। एकै वर्षमा दुई दोहोरो शतक बनाउने रेकर्ड यसअघि २०१०मा सचिन तेन्दुलकरले प्रहार गरेका थिए। यसबाहेक विरेन्द्र सहवाग (२००८), राहुल द्रविड (२००३), सचिन तेन्दुलकर (२००४) र विनोद काम्बली (१९९३)ले पनि सोहि किर्तिमान कायम गरेका थिए। कोहलीले ३६६ बलमा २० […]
October 9, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आइसिसी महिला विश्वकप छनोटको पहिलो खेलमा आज आयोजक हङकङसँग ६ विकेटले पराजित भएको छ । ७८ रनको लक्ष्य पछ्याएको हङकङले १६.३ ओभरमा ४ विकेट गुमाएर प्राप्त गरेको थियो । हङकङका लागि ओपनर सि वान यिपले सर्वाधिक ३३ रन बनाएकी थिइन् । त्यस्तो यासमिन दासवानीले १३ रन बनाइन् । अर्की ओपनर […]
October 9, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी महिला विश्वकप छनोटमा आज आयोजक हङकङविरुद्ध कमजोर प्रदर्शन गरेको छ । टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा ४ बल अघि ७७ रन जोड्दै अलआउट भएको छ । नेपालका लागि सबैभन्दा बढी निर्मला शाहीले ३२ रनमा १८ रन बनाइन् । कप्तान रुविन क्षेत्रीले १४ बलमा १२ रन […]
October 9, 2016
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक हङकङसँग खेल्दै आज नेपालले आइसिसी महिला विश्वकप छनोटको यात्रा सुरु गर्दैछ । नेपालले दुई बर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिदैछ । नेपाल, हङकङ,थाइल्यान्ड र चीन रहेको एसियाली छनोटमा सबैले एकअर्कासँग दुई पटक खेलेपछि शीर्ष टोली अर्को बर्ष हुने आइसिसी महिला विश्वकप ग्लोबल छनोटमा पुग्नेछ । सन् २०१४ मा कोरियामा भएको एसियाली […]
October 9, 2016
हाम्रो खेलकुद – टर्किस क्लब गालाटासरेका मुस्तफा कापिले १४ वर्षको उमेरमा क्लबबाट डेब्यु गरेका छन्। हिजो भएको मैत्रीपूर्ण खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान पसेका कापिले एकेडेमीबाट राम्रो प्रदर्शन गरेकाले पहिलो टिममा ठाउँ पाएका हुन्। तिन वर्षयता गालाटासरेको एकेडेमीमा रहेका उनले राम्रो प्रदर्शन गरिरहेका थिए। कलिलै उमेरका कापिनोलाई पल पोग्बाजस्तो खेलाडी हुन सक्ने भनेर युरोपियन प्रेसले […]
October 8, 2016
हाम्रो खेलकुद – विश्वकप २०१८को छनोट चरण अन्तर्गत शनिबार राति भएको खेलमा जर्मनीले चेक रिपब्लिक विरुद्ध ३-०को सहज जित दर्ता गरेको छ। थोमस मुलरको १३औं मिनेटको गोलले अग्रता लिएको जर्मनी टोनी क्रुसले ४९औं मिनेटमा गोल गर्दा २-०ले अघि बढेको थियो। मुलरले पुन: एकपटक गोल गर्दै जर्मनीलाई ८५औं मिनेटमा ३-०को स्थितिमा पुर्याएका थिए। छनोटको पहिलो खेलमा […]
October 8, 2016
हाम्रो खेलकुद – क्रिस्टियानो रोनाल्डोले एक्लै चार गोल गरेपछि पोर्चुगलले एन्डोरामाथि ६-०को सहज जित हात पारेको छ। विश्वकप २०१८को छनोटचरण अन्तर्गत पोर्चुगलको घरेलु मैदानमा भएको खेलमा रोनाल्डोले दोश्रो मिनेटमै गोलको खाता खोले। लगत्तै चौथो मिनेटमा दोश्रो गोल गरेका रोनाल्डोले ४७औं र ६८औं मिनेटमा थप दुई गोल गरेका थिए। पोर्चुगलका लागि अन्य दुई गोल जोआवो क्यान्सेलो […]
October 7, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको घरेलु फुटबलका सफल प्रशिक्षक विराटकृष्ण श्रेष्ठले नेपाल पुलिस क्लब छाडेका छन्। नेपाल पुलिस क्लबको फुटबल इतिहासको स्वर्णिम युगलाई प्रशिक्षण दिएका श्रेष्ठले उपाधिसंगै राष्ट्रिय टोलीका लागि धेरै खेलाडी उत्पादन पनि गरेका थिए। पुलिसको तिन लिग उपाधि, एक राष्ट्रिय लिग उपाधि र धेरै मोफसल कपहरुमा महत्वपूर्ण भूमिका खेलेका श्रेष्ठको केहि साताअघि सम्मानका […]
October 7, 2016
हाम्रो खेलकुद – फिफा विश्वकप २०१८को छनोट चरण अन्तर्गत अर्जेन्टिना र पेरुबिच खेलिएको खेल बराबरीमा टुङ्गिएको छ। मेस्सिबिना मैदानमा उत्रिएको अर्जेनटिनाले दुईपटक अग्रता लिएतापनि त्यसलाई बचाउन नसक्दा बराबरीमा चित्त बुझाउनु परेको थियो। अर्जेन्टिनाका लागि फुनेस मोरी र गोन्जालो हिगुएनले गोल गरेका थिए। बराबरीले अर्जेनटिनाको छनोट हुने आशालाई केहि गाह्रो हुने देखिएको छ। ९ खेलमा १६ […]