default_image

breaking big news

Futsal

January 14, 2016

प्रहरीबाट उपत्यकाका सबै फुटसल बन्द

काठमाडौं प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालित फुटसल अनिश्चितकालका लागि बन्द गराएको छ । फुटसलको कारण समाजमा बिकृती फैलिएको गुनासो आएको भन्दै महानगरीय प्रहरी परिसरले काठमाडौं उपत्यकाका सबै फुटसल अनिश्चितका लागि बन्द गर्ने निर्णय गरेको हो  । ‘स्वास्थ्य र रमाइलोका लागि खेलिने यो खेलमा नियमन नहुँदा विकृति बढेको पाइयो’, महानगरीय प्रहरी परिसरका एसपी तथा प्रवक्ता विश्वराज पोखरेलले अन्नपुर्णलाई […]

January 13, 2016

बिमलको गोलमा १३ खेल यताको पहिलो जित

जारी बङ्गबन्धु कपमा नेपालले श्रीलंका बिरुद्ध जितको नतिजा निकाल्दै २०१३ को साफ यताको पहिलो जित निकालेको छ  । बिमल घर्ती मगरको चौथो मिनेटको गोलमा अग्रता लिएको नेपालले निर्धारित समय सम्म उक्त नतिजा कायम राख्दै श्रीलंका बिरुद्ध १-०को नतिजा निकालेको छ । २०१३ को साफमा भारत बिरुद्धको जित पछी यो पहिलो जित हो । रबिन श्रेष्ठको दाया बाट आएको […]

January 12, 2016

मेस्सिको ब्यालोन डो’र जितमा नेपालको पनि सहयोग

ऐतिहासिक पाँचौ पटक फिफा ब्यालोन डो’र उपाधि जितेका लिओनेल मेस्सिलाई नेपालका प्रशिक्षक, खेलाडी र पत्रकारले पनि भोट गरेका थिए| पुरुष तर्फको मतदानमा नेपालका प्रशिक्षक प्याट्रिक ओजेम्स, कप्तान अनिल गुरुङ्ग र खेल पत्रकार राजु घिसिङ्गले भाग लिएका थिए भने महिला तर्फ प्रशिक्षक कुमार कटवाल र कप्तान अनु लामाले मतदान गरेका थिए| प्रशिक्षक ओजेम्सले पहिलो स्थानमा रोनाल्डो, […]

January 12, 2016

फिफा बर्ष खेलाडिको उपाधि मेस्सिलाई 

पुष २८ गते, काठमाडौं । गत राती जुरिचको फिफा हेड-क्वार्टरमा भएको फिफा गालामा लियो मेस्सिले नेयमार र रोनाल्डोलाई पछी पार्दै क्रीतिमानी पांचौ पटक फिफा बर्ष खेलाडिको उपाधि जितेका छन ।  पांचौ पटक जितेका मेस्सिले २०१२ पछी पहिलो पल्ट जितेका हुन । सन २०१३ र २०१४मा रोनाल्डोले जितेक थिए । महिला तर्फको उत्कृष्ट उपाधि कार्ली लोएडले […]

January 10, 2016

पूर्वमा फिट देवेन्द्र राष्ट्रिय टोलिमा किन अटाएनन्?

केहि साता अघि राष्ट्रिय टोलीबाट चोटका कारण हटाईएका देवेन्द्र पछिल्लो हप्ता शनिबार काँकडभित्तामा विर्तामोड युनाईटेडबाट एउटा प्रतियोगिता खेल्दै गरेको भेटिए| त्यसको दुइ दिनपछि, सोमबार  राष्ट्रिय टोलीको प्रशिक्षणमा आएका देवेन्द्रलाई पुन: चोटका कारण देखाउदैं टोलीबाट निकालियो तर शनिबार उनकै गोलको मद्दतले विर्तामोडले प्रतियोगिता जित्यो| पूर्वमा फिट देवेन्द्र राष्ट्रिय टोलीमा किन अनफिट? झापा एघार फुटबल क्लबले राष्ट्रिय […]

Rohit Chand

January 10, 2016

मलेशियामा रोहितलाई थप सुबिधा

इन्डोनेशियाको पर्सिजा जाकार्ता बाट मासिक ३५०० अमेरिकन डलरमा अनुबन्धित रोहित चन्दको मासिक तलब र सुबिधामा थप वृद्धि भएको कुरा रोहितका दाइ तथा एजेन्ट रबिन चन्द ठकुरीले हाम्रो खेलकुद लाई जनाएका छन  । रोहितको तलब सार्वजनिक गर्न  चाए पनि उनको तलब र सुबिधा दुबैमा वृद्धि भएको कुरा उनले बताए । पहिले जाकार्तामा अपार्ट्मेन्ट पाएको रोहितले हाल मलेशियामा घर तथा […]

January 9, 2016

नेपालले मलेसियासंग गोलरहित बराबरी खेल्यो

बङ्गबन्धु गोल्ड कप २०१६ अन्तर्गतको पहिलो खेलमा नेपाल र मलेसियाले गोलरहित बराबरी खेलेका छन्| मलेसियालाई प्रतिनिधित्व गरेको सुपर लिग टोली फेल्डा युनाइटेड विरुद्ध आज जेसोरमा भएको खेलमा दुवै टोलीले गोल गर्न सकेनन्| मलेसियाको राष्ट्रिय टोलीका दुई सदस्यसहित मैदानमा उत्रेको फेल्डाले तुलनात्मक रुपमा कमै आक्रमण बुन्यो| नेपालका लागि बिमल घर्ती मगर र नवयुग श्रेष्ठले पाएको मौकाको […]

January 8, 2016

बंगबन्धु गोल्डकपमा नेपाल र मलेसिया भिड्दै

बंगबन्धु गोल्डकपको पहिलो खेलमा नेपालले भोली मलेसियासंग खेल्दैछ| साविक टोलीभन्दा केहि फरक किसिमको टोली लिएर बंगलादेश पुगेको नेपालले मलेसियासंग जेसोरमा खेल्ने कार्यक्रम रहेको छ| बालगोपाल महर्जन मुख्य प्रशिक्षक रहेका टोलीमा धेरैजसो यु-२३ टोलीका सदस्य रहेका छन्| आउँदो फेब्रुअरी महिनामा सुरु हुने दक्षिण एसियाली खेलकुदलाई मध्यनजर गर्दै टोलीमा युवा खेलाडीको बाहुल्यता रहेको एन्फाले बताएको छ| प्रशिक्षक […]

Nepal starting sri lanka

January 7, 2016

नेपाल फिफा वरियतामा इतिहसकै निम्न स्थानमा

फिफाले जारी गरेको विश्व फुटबल वरियतामा नेपाल इतिहासकै निम्न स्थानमा पुगेको छ| गत महिना १९२ स्थानमा रहेको नेपाल यो महिना जारी गरिएको वरियतामा चार स्थान तल झरेको छ| १९६औं स्थानमा रहेको नेपाल दक्षीण एसियाको पुछारमा रहेको छ| नेपालले पछिल्लो महिना खेलेको तिन अन्तराष्ट्रिय खेलमध्य तिनवटामै हार व्यहोरेपछि त्यसको असर वरियतामा पुगेको हो| नेपालले मैत्रीपुर्ण खेलमा […]

January 7, 2016

आज नेपाली टोली बाङ्लादेश जादै

पुष २३ गते, काठमाडौं । आज नेपाली राष्ट्रिय फूटबल टोली भोली बाट सुरु हुने बाङ्ग्लाबन्धु गोल्ड कप खेल्नको लागि बाङ्लादेश तर्फ प्रस्थान गर्दैछ । युवाहरुले भरिएको टोलिले आफ्नो पहिलो खेल जनवरी ९ तरिखमा मलेशिया बिरुद खेल्नेछ । नेपालले यो प्रतियोगितलाई सागको तयारीको रुपमा हेरेको छ । टिमको कप्तानी बिराज महर्जनले गर्ने लगभग पक्का देखिएको छ ।  […]

Success

Thank you for your time.