default_image

breaking big news

February 7, 2016

नवयुगको हृयाट्रिक मद्दतमा भुटानमाथि नेपालको शानदार जित

काठमाडौं, २४ माघ । भारतमा जारी १२ औं साग गेम्स अन्तर्गत पुरुष फुटबलतर्फ नवयुग श्रेष्ठको ह्याट्रिक मद्दतमा नेपालले पहिलो खेलमा नेपालले भुटानमाथि शानदार जित निकालेको छ । आइतबार भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले भुटानलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । भुटानमाथिको शानदार जितसंगै नेपालको सेमिफाइलन प्रबेशको सम्भावना बलियो बनेको छ । गुवहाटीस्थित जवाहरलाल […]

February 7, 2016

साग फुटबलमा नेपाल र भुटान खेल्दै

गुवाहटी, २४ माघ । नेपाली पुरुष फुटबल टिमले भुटानविरुद्ध खेल्दै नेपालले १२औं दक्षिण एसियाली खेलकुद सागको सुरुआत गर्दैछ । नेपाल र भुटानको खेल गुवाहाटीस्थित नेहरु रंगशालामा दिउसो सवा दुई बजेपछि हुनेछ । दुई साताअघि बंगलादेशमा बंगबन्धु गोल्ड कपको उपाधि जितेको नेपाली टोली फेरि अर्को उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने तयारीमा छ । नेपाली टोलीमा अधिकांश […]

February 6, 2016

१२औं साग गेम्स्को दोस्रो दिन नेपाललाई एक रजत र दुई कास्य

गुहावटी, माघ २३ । १२औं दक्षिण एसियाली खेलकुद साग अन्र्तगत नेपालले दोस्रो दिन शनिबार दुई कास्य र एक रजत जित्न सफल भएको छ । सागअन्तर्गत कुस्तीमा एक कास्य तथा भारत्तोलनमा १ रजत र १ कांस्य जितेको छ । नेपालले पुरुषमा रजत र महिलामा कांस्य जित्यो । पुरुषको ६२ केजीमा विकास थापाले नेपाललाई रजत दिलाए । […]

February 5, 2016

साग फुटबल – नेपाली चेलीको विजयी सुरुवात

आजबाट सुरु भएको दक्षिण एसियाली खेलकुद साग मा नेपाली महिला टोलिले बाङ्लादेशलाई हराउदै विजयी सुरुवात गरेको छ । पदक आशा गरिएको नेपाली महिला फुटबल टोलीले बाङ्लादेशलाई ३-० ले हराउदै जित दर्ता गरेको हो । नेपालकोलागी दिपा अधिकारीले दोस्रो मिनेटमा , अनु लामाले १७औ र निरु थापाले खेलको अन्तिम मिनेट तिर गोल गर्दै ३-० को सहज जित दिलाएका […]

February 5, 2016

बाङ्लादेशलाई नेपालको २१२ रनको लक्ष्य

कत्पान राजु रिजालको ७२ रनको मद्धतले नेपालले जारी यु १९ बिश्व कपको क्वाटर फाइनलमा बाङ्लादेश समक्ष २१२ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपालले कुल ५० ओभर खेलेर ९ विकेट गुमाउदै २११ रन बनायो  । कप्तान राजु रिजालले १ छक्का र ८ चौकाको मद्धतले ८० बलको सामना गर्दै ७२ रनको योगदान दिए ।

February 5, 2016

दक्षिण एसियाली खेलकुद साग सुरुः नेपालले आज तीन खेलमा प्रतिस्पर्धा गर्ने

काठमाडौं, माघ २२ । दक्षिण एसियाली राष्ट्रहरुको खेलकुदको कुम्भ मेला साग आजबाट भारतको गुवाहटी र सिलोङमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन सत्र दिउसो ४ बजेपछि हुनेछ । प्रतियोगिताको पहिलो दिन नेपालले तीन खेलमा प्रतिस्पर्धा गर्दैछ । नेपालको महिला र पुरुष भलिबल टोलीले श्रीलंकाको सामना गर्दैछ भने महिला फुटबलमा नेपालले बंगलादेशको सामना गर्दैछ । नेपालले […]

February 5, 2016

आइसीसी यु–१९ विश्वकप क्रिकेटः नेपाल र बंगलादेश खेल्दै

काठमाडौं, माघ २२ । आइसीसी यु–१९ विश्वकप क्रिकेटमा आज नेपालले घरेलु टोली बंगलादेशसँग खेल्दैछ । घरेलु टोली बंगलादेशविरुद्घ मिरपुर रंगशालामा जित निकाल्दै नेपाली युवा टोली सेमिफाइनलमा प्रवेश गर्दै इतिहास रच्ने अभियानमा हुनेछ । खेल अहिले केही बेरपछि सुरु हुुनेछ । बिहिबार आइसीसीले जारी विश्व कपमा उत्कृष्ट खेल्ने एसोसियट देशलाई दुई वर्षपछि न्युजिल्यान्डमा हुने विश्व कपमा […]

February 4, 2016

नेपाल फिफा वरियतामा आठ स्थान माथि

बंगबंधु गोल्ड कपमा विजय हासिल गरेको नेपालले फेब्रुअरीको फिफा वरियतामा ८ स्थान उक्लेको छ| १९६ स्थानमा रहेको नेपाल १८८ स्थानमा पुगेको छ| श्रीलंका १८९ र भुटान १९३ स्थानमा रहेका नेपाल मुनिका दक्षिण एसियाली राष्ट्र हुन्| बंगलादेश १७७, भारत १६२,माल्दिभ्स १५७ र अफगानिस्तान १५४ स्थानमा छन्|

February 2, 2016

क्वाटर फाइनलमा नेपाल बाङ्लादेश सँग भिड्ने

जारी यु १९ बिश्व कप क्रीकेटमा नेपालले क्वाटर फाइनलमा बाङ्लादेशको सामना गर्ने भएको छ। समुह ‘डी’ को उप-बिजेता बन्दै क्वाटारफाइनल प्रवेश गरेको नेपालले समुह ‘ए’ को बिजेता बाङ्लादेशसँग फेब्रुअरी ५को दिन भिड्ने छ । यसअघि नेपालले पहिलो खेलमा न्युजिल्यान्डलाई ३२ रन र आयरल्यान्डलाई ८ विकेटले हराउँदै क्वाटरफाइनलको यात्रा तय गरेको थियो । बाङ्लादेशले भने नामेबिया बिरुद्ध […]

January 31, 2016

पक्राउ परेपश्चात सागरको पहिलो अन्तर्वार्ता [भिडियोसहित]

नेपाली राष्ट्रिय टोलीको पुर्वकप्तान एवं डिफेन्डर सागर थापाले तारेखमा छुटेपछि पहिलो अन्तर्वार्ता दिए| हिमालय टेलिभिजनको ‘यक्ष प्रश्न’ कार्यक्रममा बोल्दै उनले म्याच फिक्सिङ्गको आरोपबारे खुलेर बोलेका छन्| कार्यक्रमको पूर्ण भिडियो यहाँ हेर्नुहोस:

Success

Thank you for your time.