November 18, 2016
हाम्रो खेलकुद – नेपाली राष्ट्रिय फुटबल टोलि र जापानको एक टोलीबीच भोलि एन्फा कम्प्लेक्समा हुने मैत्रीपूर्ण खेलमा इन्ग्लिश प्रिमिएर लिग क्लब टोटेन्ह्याम हट्स्परका पुर्व खेलाडी तोडा काज़ुयुकी पनि खेल्ने भएका छन्। जापानबाट आएको टोलीमा सबैभन्दा बढी अनुभव बोकेका तोडाले फिफा विश्वकप २००२मा जापानको प्रतिनिधित्व पनि गरेका थिए। २००२-२००३ सिजनमा टोटेन्ह्यामबाट खेलेका उनले लिगमा चार खेल […]
November 18, 2016
नेपाली राष्ट्रिय टोलिले जपानको खेलाडिहरु सङ शनिबार अखिल नेपाल फुटबल संघको कृत्रिम मैदानमा फुटबल च्यारिटी खेल खेल्दै छ । खेलको जानकारी खेल हुने मिती : मङ्सिर ४ , शनिबार खेल हुने समय : दिउसो १ बजे खेल हुने स्थान् : अखिल नेपाल फुटबल संघको कृतिम मैदान लाईभ कसरी हेर्ने : लाईभ एन टि भि प्लस्ले प्रसारण गर्नेछ । […]
November 17, 2016
भारतको सिलिगुरिमा २६ डिसेमबरमा सुरु हुने महिला साफ च्यामपियनसिपको ड्र आज बाङ्लादेशको ढाकामा सम्पन्न भएको छ । नेपाल श्रीलंका , माल्दिभ्स र भुटानसङ समुह ‘ए’ मा सेमिफाइनलमा स्थान पाउन भिड्ने छन भने डिफेन्डिङ च्याम्पियन भारतले समुह ‘बि’ मा बाङ्लादेश र अफ्घानिस्तानको साथ पाउने छ । नेपाल , भारत , अफ्घानिस्तान, माल्दिभ्स , भुटान, बाङ्लादेश र […]
November 17, 2016
हेटौंडा, सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा बिहीबारबाट हेटौंडाको आँखा अस्पताल पछाडि रहेको खाली जग्गा (भूटनदेवी पार्क) मा राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव–२०७३ सुरु भएको छ । प्रतिष्ठानको आयोजनामा गतबर्षबाट सुरु भएको हेटौंडा गोल्डकपलाई निरन्तरता दिने र मकवानपुरका खेलाडी तथा पत्रकारको हितमा काम गर्ने उद्देश्यका साथ औद्योगिक शान्ति नेपाल संस्था संगको सहकार्यमा पहिलो पटक हेटौंडामा […]
November 17, 2016
हाम्रो खेलकुद – प्रधानमन्त्री पुष्पकमल दाहाको निजि सचिवालयमा एएफसी सोलिडारिटी कप विजेता राष्ट्रिय फुटबल टोलीलाई आज समम्नित गरियो सोहि कार्यक्रमको फोटो फिचर:
November 17, 2016
नेपाल जापान द्वैत्य सम्बन्ध स्थापना भएको ६० बर्षको अवसर पार्दै शनिबार खेलिन लागेको खेल नेपाल टेलिभिजना प्लसले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । नेपाल राष्ट्रिय फुटबल टोलिले जापानको ज-लिग तथा पुर्व राष्ट्रिय खेलाडीको टोलीसङ शनिबार मैत्रीपुर्ण खेल खेल्दै छ । जापानी टोलिबाट पुर्व राष्ट्रिय खेलाडी टोडा काजुयुकिले पनि खेल्नेछन । जापान फुटबल टोलिबाट २० खेल खेलेका […]
November 17, 2016
काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्सको महिला भलिबल लिगमा बिहीबार नेपाली राष्ट्रिय टोलीकी प्रतिभा माली र कोपिला उप्रेती सम्मिलित टोलीले मिस्कियागु इजीले नेपाली टोलीकै सदस्य मञ्जु गुरुङ र अरुणा शाही रहेको टोली फेयस्दालाई पराजित गरेको छ । लिगको आफ्नो अन्तिम खेलमा मिस्कियागु इजीले २५–२३, २६–२४, २५–२२ को प्रतिस्पर्धा जित हासिल गरेको थियो । मिस्कियागु इजीको लिगमा […]
November 16, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबल टोलीका कप्तान विराज महर्जनले टोलीको एकताले नै एएफसी सोलिडारिटी कप जित्न सफल भएको बताएका छन् । मलेसियाको कुचिङमा मंगलबार राती मकाउलाई १–० ले हराउँदै नेपालले पहिलो पटक एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारित प्रतियोगिता पहिलो पटक जितेको थियो । नेपाललाई लगातार तेस्रो उपाधि दिलाउँदा टोलीको कप्तानी गरेका विराजले बुधबार […]
November 16, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबल टोलीका प्रशिक्षक राजुकाजी शाक्यले समयमा स्कोरिङ भएकै कारण एएफसी सोलिडारिटी कप जित्न सफल भएको बताएका छन् । मलेसियाको कुचिङमा मंगलबार राती मकाउलाई १–० ले हराउँदै नेपालले पहिलो पटक एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारित प्रतियोगिता पहिलो पटक जितेको थियो । जापानी प्रशिक्षक ग्याटुको कोजीको नेतृत्वमा रहेको प्रशिक्षण टोलीमा शाक्य […]
November 16, 2016
काठमाडौं (हाम्रो खेलकुद) प्रथम एएफसी सोलिडारिटी कप बिजेता नेपाल राष्ट्रिय टोलिलाई नगर परिक्रमा गराइने भएको छ । मंङलबार सम्पन्न प्रतियोगितको उपाधि जिते लगतै बुधबार साझ ८:३० बजे मांलिगो एयरबाट त्रिभुवन विमानस्थलमा अवतरन गरेपछी टोलिलाई विजय र्यालीमा सहभागी गराइनेछ । र्याली एयरपोर्टबाट गौशाला-बत्तिसपुतली-मैतिदेवी-पुतलीसडक-घण्टाघर-शहिदगेट-त्रिपुरेश्वर-थापाथली-पुल्चोक-मंगलबजार-ग्वार्को हुँदै एन्फा मुख्यालय सातदोवाटोमा पुगेर सम्पन्न हुने जाकारी अखिल नेपाल फुटबल संघले दिएको हो।