default_image

breaking big news

May 8, 2016

लेस्टरले प्रिमिएर लिग उपाधि उचाल्यो

एभर्टन विरुद्ध ३-१को सहज जित दर्ता गर्दै लेस्टर सिटि फुटबल क्लबले इंग्लिश प्रिमिएर लिग २०१५/१६को उपाधि उचालेको छ| गत हप्ता चेल्सी र टोटेनहमले २-२को बराबरी खेलेपछि उपाधि पक्का भएको लेस्टरले हिजो घरेलु मैदान किंग पावर स्टेडियममा उपाधि उचालेको हो| कप्तान वेस मोर्गन र म्यानेजर क्लाउडियो र्यानेरीले संयुक्त रुपमा उपाधि उचालेका थिए| एभर्टनविरुद्ध लेस्टरको जितमा जेमी […]

May 7, 2016

कप्तान टेरीले अब चेल्सीबाट खेल्न नपाउने

चेल्सी फुटबल क्लबका कप्तान तथा डिफेन्डर जोन टेरीले अब फेरी उक्त क्लबबाट खेल्न नपाउने भएका छन्| इंगलिस प्रिमिएर लिग अन्तर्गत शनिबार सन्डरल्याण्ड विरुद्ध भएको खेलमा टेरीले दुइ पहेंलो कार्ड प्राप्त गर्दै रेड कार्ड पाएर मैदान छाड्नु परेको थियो| खेलको ९० मिनेट सकिएपछिको अतिरिक्त समयमा टेरीले दोश्रो पहेंलो कार्ड पाएका थिए| यस सिजनको दोश्रो रातो कार्ड […]

May 7, 2016

आचार्यको अध्यक्षतामा मञ्चको नयाँ कार्यसमिति निर्वाचित

नेपाल खेलकुद पत्रकार मञ्चलो आज १२औं साधारण सभामाझ नयाँ कार्यसमितिको निर्वाचन गरेको छ| १२ सदस्यीय कार्यसमितिको गठनका लागि उपाध्यक्ष पदमा निर्वाचन गर्नुपरेको थियो भने बाँकि सबै पदमा निर्विरोध उम्मेदवारी परेको थियो| महेश आचार्य अध्यक्षमा निर्विरोध निर्वाचित भए भने दुर्गानाथ (देवेन्द्र) सुवेदि प्रथम उपाध्यक्षमा निर्विरोध रहे| ६७ मत खसेको मध्य क्रमश: ४२ र ४० मत हसिल […]

May 6, 2016

विमलले आगामी सिजन युरोपमा खेल्ने लगभग पक्का

नेपाली राष्ट्रिय टोलीका स्टार स्ट्राइकर बिमल घर्ति मगरले आगामी सिजन युरोपमा व्यवासायिक फुटबल खेल्ने भएका छन्| विगतमा पनि युरोपमा रहेर प्रशिक्षण गर्दै आएका विमलले अठार वर्ष नपुगेका कारण अनुबन्धन हुन सकेका थिएनन्| तर गत जनवरी २६मा १८ वर्ष पुगेको र युरोपमा सिजनको अन्त्य नजिकिदै गर्दा उनको युरोपमा खेल्ने ढोका खुल्न लागेको हो| उनीबाहेक अनन्त तामाङ् […]

May 6, 2016

लिभरपुल युरोपा लिग फाइनलमा

पहिलो लेगमा भिल्लारियल विरुद्ध १-०ले पछि परेको अवस्थालाई उल्ट्याउदै लिभरपुलले ३-०को जित दर्ता गरेर युरोप लिगको फाइनलमा स्थान पक्का गरेको छ| लिभरपुलको घरेलु मैदान एनफिल्डमा हिजो रति भएको खेलमा लिभरपुलले सातौं मिनेटमा ब्रुनो सोरियानोको आत्मघाती गोलको मद्दतले समग्र स्कोर १-१ पार्यो| पहिलो हाफ १-० मै अन्त्य भएको थियो| दोश्रो हाफको मध्यतिर ड्यानिएल स्टरिजले गोल गर्दै […]

May 5, 2016

फिफा र्याङ्किङ्ग – नेपाल १ स्थान तल , अर्जेन्टिना शीर्षस्थानमा

नयाँ सार्वजनिक फिफा बारीयतामा नेपाल १ स्थान तल झर्दै १८०  स्थानमा पुगेको छ । त्यस्तै अफ्घानिस्तान दक्षिण एसियाको शीर्षमा १४७ औ स्थानमा छ  । अप्रिलमा कुनै अन्तर्राष्ट्रिय खेल नभएका कारण शीर्ष १० मा कुनै परिवर्तन छैन । पहिलो स्थानमा अर्जेन्टिना कायमै छ । त्यस्तै फिलिप्पिन्स ११५ औ स्थानमा आफ्नो अहिले सम्मको सबै भन्दा राम्रो र्यान्किङमा छ ।

May 5, 2016

पन्जाबलाई हराउँदै कोलकाता शिर्षस्थानमा

इन्डियन प्रिमिएर लिग (आई.पी.एल) अन्तर्गत हिजो रति भएको खेलमा कोलकाता नाइट राइडर्सले किंग्स इलेभेन पन्जाब विरुद्ध सात रनको रोमान्चक जित हात पार्यो| पहिलो ब्याटिंगमा उत्रेको कोलकाताले निर्धारित २० ओभरमा १६४ रनको योगफल तयार परेको थियो| आफ्नो इनिंग्समा तिन विकेट गुमाएको कोलकाताले तिननै रनआउटमा विकेट गुमायो| उसका लागि कप्तान गौतम गम्भीर र विकेटकिपर रबिन उथाप्पाले राम्रो […]

real madrid

May 5, 2016

च्याम्पियन्स लिग फाइनलमा रियल र एट्लेटिको भिड्ने

म्यानचेस्टर सिटिलाई १-०को झिनो अन्तरले पराजित गर्दै रियल म्याड्रिडले  आगामी मे २८ तारिखमा हुने च्यामपियन्स लिग फाइनलमा स्थान पक्का गरेको छ| म्याड्रिडका लागि ग्यारेथ बेलले खेलको एकमात्र गोल गरेका थिए, उनले क्रस गरेको बल फर्नान्डोलाइ छुदै गोलको दिशा लिएको थियो| यसअघिनै म्याड्रिडको अर्को टोलि एट्लेटिको म्याड्रिड बायर्न म्युनिखको चुनौती पन्छाउदै फाइनल पुगिसकेको छ| रियल म्याड्रिड […]

May 4, 2016

स्वर्गीय श्रेष्ठको स्मृतिमा एन्फाले अन्डर-१८ प्रतियोगिता गर्ने

अखिल नेपाल फुटबल संघले स्वर्गीय ललितकृष्ण श्रेष्ठको स्मृतिमा अन्डर-१८ फुटबल प्रतियोगिता गर्ने भएको छ| एन्फाले यसअघीनै श्रेष्ठको स्मृतिमा प्रतियोगिता गर्ने भनेपनि उमेर समूह भने तोकेको थिएन| हिजो बसेको ‘ए’ डिभिजन क्लबहरुको बैठकले अन्डर-१८ प्रतियोगिता गर्दा सिनियर टिमलाई पनि सहयोग पुग्ने आशा बोकेको एन्फाले जनाएको छ| श्रेष्ठको गत जेठ २९ गते आफ्नै निवासमा करेन्ट लागेर निधन […]

May 2, 2016

मुद्दा फिर्ता लिन राखेपको प्रस्ताव

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गर्नुमा राष्ट्रिय खेलकु परिषद् (राखेप) दोष नरहेको सदस्य सचिव केशवकुमार विष्टले बताएका छन् । आइसिसीले क्यान निलम्बन गरे ठिक एक सातामा सोमबार पत्रकार सम्मेलन गर्दै राखेप सदस्य सचिव विष्टले विवाद समाधानका लागि नयाँ विकल्प अघि सारेका छन् । उनले निर्वाचित क्यानले सर्वोच्च अदालतमा दर्ता गरेको […]

Success

Thank you for your time.