default_image

breaking big news

May 14, 2016

नवयुग र सन्तोषको गोलमा आर्मी फाइनलमा, खवासलाई रातो कार्ड

नवयुग श्रेष्ठ र सन्तोष श्रेष्ठको गोलमा त्रिभुवन आर्मी क्लब भुटानको बिआरसीलाई २–१ ले हराउँदै मोरङको उर्लाबारीमा जारी पाँचौ मदन भण्डारी अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । आर्मीले सोमबार हुने फाइनलमा आयोजक मदन भण्डारी स्मृति प्रतिष्ठानसँग प्रतिस्पर्धा गर्नेछ । आर्मीले खेलको अधिकांश समय आफनो पक्षमा राखेपनि गोल संख्या बढाउन सकेनन् । खेलको अन्तिम १५ […]

May 14, 2016

थ्री स्टार क्लबले खुला छनोटबाट यु-१८ खेलाडी छान्दै

अखिल नेपाल फुटबल संघले स्वर्गीय ललित कृष्ण श्रेष्ठको स्मृतिमा आयोजना गर्न लागेको ललित स्मृति यु-१८ फुटबल प्रतियोगिताको लागि थ्री स्टार क्लबले खुला छनोटबाट खेलाडी लिने भएको छ| स्वर्गीय श्रेष्ठ थ्री स्टार क्लबका अध्यक्ष रहीआएका थिए भने एन्फाका कार्यवाहक अध्यक्ष पनि थिए| उनको जेष्ठ २९ गतेका दिन आफ्नै घरमा करेन्ट लागेर मृत्यु भएको थियो| सोहि दिनमा […]

May 14, 2016

ला लिगा विजेताको टुंगो आज लाग्ने

आज हुने बार्सिलोना र रियल म्याड्रिडको खेलको नतिजाले स्पेनिश ला लिगा उपाधि कसले उचाल्छ भन्ने टुंगो लाग्नेछ| म्याड्रिडले नेपाली समयानुसार राति ८:४५बजे डेपोर्तिभो ल कोरुनाको सामना गर्दैछ भने सोहि समयमा बार्सिलोनाले ग्रनाडाविरुद्ध आफ्नो अन्तिम खेल खेल्नेछ| अन्तिम खेल बाँकी रहेको स्थितिमा बार्सिलोना ८८ अंक लिएर शिर्ष स्थानमा छ भने रियल म्याड्रिड एक अंक कम बोकेर […]

May 13, 2016

शर्मा निर्विरोध भलिबल संघको अध्यक्ष चुनिए

काठमाडौं– नेतृत्वका लागि यसअघि निकै रस्सा कस्सी चल्दै आएको नेपाल भलिबल संघमा यसपट मुख्य नेतृत्व सर्वसम्मतमा चुनिएको छ । पूर्व अध्यक्ष गंगाबहादुर थापा र निर्वतमान अध्यक्ष दानबहादुर तामाड्ले सर्वसम्मत नेतृत्व लिन चाहेपनि नेकपा एमालेको भातृ सगठनले नेपाल खेलकुद महासंघको पहलमा मनोरञ्जनरमण शर्मा अध्यक्ष चुनिएका छन् । उनी यसअघि संघको उपाध्यक्ष छन् । शर्माको प्यानलबाट महासचिव […]

May 13, 2016

सडन डेथमा एपिएफ पराजित

सडन डेथमा सशस्त्र प्रहरी बलको एपिएफलाई हराउँदै आयोजक मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लाबारीमा जारी पाँचौ मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सडन डेथको अन्तिममा रुपक लामाको प्रहार बाहिरिएपछि प्रतिष्ठान तेस्रो पटक उपाधि नजिक पुगेका हो । दास्रो संस्करणको विजेता प्रतिष्ठान गत बर्ष उपविजेता बनेको थियो । निर्धारित समयमा १–१ […]

May 13, 2016

रोनाल्डो र मेस्सीको प्रभुत्व तोड्दै स्वारेज

विगतका सालहरुमा स्पेनिश ला लिगाको उच्च गोलकर्ताको शिर्ष दुइ स्थानमा क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीको नाम हुन्थ्यो, तर यो साल लुइस स्वारेजले सो परम्परा तोड्ने लगभग पक्का भएको छ| सिजनको अन्तिम खेल बाँकी रहदासम्म स्वारेजले ३७ गोल गरेका छन् भने रोनाल्डोको नाममा ३३ गोल रहेको छ| लिओनेल मेस्सी २६ गोलसहित तेश्रो स्थान र रियल म्याड्रिडका […]

May 12, 2016

न्युकासल र नर्विच रेलिगेसनमा; सन्डरल्याण्ड जोगियो

इंग्लिस  प्रिमिएर लिग अन्तर्गत बुधवार राति भएको खेलमा सन्डरल्याण्ड विजयी भएपछि प्रिमिएर लिगमा रेलिगेसन हुने टोलीको टुंगो लागेको छ| एभर्टन विरुद्ध घरेलु मैदानमा ३-०को सहज जित दर्ता गरेपछि सन्डरल्याण्डले अर्को सिजन पनि प्रिमिएर लिग खेल्ने पक्का भएको हो| बिजयी टोलीका लागि प्याट्रिक भ्यान आन्होल्टले फ्रिकिकमा गोल गर्दै अग्रता दिलाएका थिए भने लमिन कोनेले दुइ गोल […]

May 11, 2016

लागे बिमल बेल्जियमतिर

नेपाली राष्ट्रिय टोलीका फरवार्ड बिमल घर्ति मगर २० दिनको छोटो समयका लागि बेल्जियम प्रस्थान गरेका छन्| घुँडाको चोटले ग्रसीत बिमल फिटनेस टेस्टको लागि युरोप लागेको एन्फाले जनाएको छ| उनले त्यहाँ रहेर क्लबहरु स्नागा अनुबन्धको कुरा पनि गर्नेछन्| युरो २०१६ जुन महिनामा सुरु हुने भएकाले यो पाली सिजन जुलाईमा मात्र सूरु हुने र त्यसैकारणले बिमल जुनको […]

May 11, 2016

हंगकंगमा सन्दीपले माइकल क्लार्कको टोलीबाट खेल्ने

नेपालका युवा स्पिनर सन्दिप लामिछानेले हंगकंगमा खेल्ने भनिएको ब्लिट्ज टि२० प्रतियोगितामा उनकै टोलिबाट अष्ट्रेलियाका पुर्वकप्तान माइकल क्लार्क पनि खेल्ने भएका छन्| गतवर्ष एशेसमा हार व्यहोरेपछि सन्यास लिएका क्लार्कले घरेलु प्रतियोगितामा पनि एकमात्र खेल खेलेका छन्| तर ३५वर्षे क्लार्कले पुन: खेलमा फर्कने बताएपछि उनलाई हंगकंगको कोलुन क्यान्टन्सले अनुबन्धनको प्रयास गरेको थियो| आफुले खेल कौशल मात्र नभएर […]

May 11, 2016

म्यानचेस्टर युनाइटेडको हारले सिटीको च्याम्पीयन्स लिग लक्ष्य बलियो

इंगलिस प्रिमियर लिग अन्तर्गत हिजो भएको खेलमा म्यानचेस्टर युनाइटेडले वेस्ट ह्याम युनाइटेड संग ३-२को पराजय भोगेको छ| आगामी सिजन च्याम्पियन्स लिग खेल्न जित अत्यावश्यक रहेको अवस्थामा युनाइटेडको यो हारले म्यानचेस्टर सिटिलाई भने ठुलो राहत पुगेको छ| अब अन्तिम दिनको खेल बाँकी रहेको अवस्थामा सिटि दुइ अंकले अगाडी छ र उसले अन्तिम खेलमा स्वान्सी संग बराबरी […]

Success

Thank you for your time.