default_image

breaking big news

May 6, 2016

लिभरपुल युरोपा लिग फाइनलमा

पहिलो लेगमा भिल्लारियल विरुद्ध १-०ले पछि परेको अवस्थालाई उल्ट्याउदै लिभरपुलले ३-०को जित दर्ता गरेर युरोप लिगको फाइनलमा स्थान पक्का गरेको छ| लिभरपुलको घरेलु मैदान एनफिल्डमा हिजो रति भएको खेलमा लिभरपुलले सातौं मिनेटमा ब्रुनो सोरियानोको आत्मघाती गोलको मद्दतले समग्र स्कोर १-१ पार्यो| पहिलो हाफ १-० मै अन्त्य भएको थियो| दोश्रो हाफको मध्यतिर ड्यानिएल स्टरिजले गोल गर्दै […]

May 5, 2016

फिफा र्याङ्किङ्ग – नेपाल १ स्थान तल , अर्जेन्टिना शीर्षस्थानमा

नयाँ सार्वजनिक फिफा बारीयतामा नेपाल १ स्थान तल झर्दै १८०  स्थानमा पुगेको छ । त्यस्तै अफ्घानिस्तान दक्षिण एसियाको शीर्षमा १४७ औ स्थानमा छ  । अप्रिलमा कुनै अन्तर्राष्ट्रिय खेल नभएका कारण शीर्ष १० मा कुनै परिवर्तन छैन । पहिलो स्थानमा अर्जेन्टिना कायमै छ । त्यस्तै फिलिप्पिन्स ११५ औ स्थानमा आफ्नो अहिले सम्मको सबै भन्दा राम्रो र्यान्किङमा छ ।

May 5, 2016

पन्जाबलाई हराउँदै कोलकाता शिर्षस्थानमा

इन्डियन प्रिमिएर लिग (आई.पी.एल) अन्तर्गत हिजो रति भएको खेलमा कोलकाता नाइट राइडर्सले किंग्स इलेभेन पन्जाब विरुद्ध सात रनको रोमान्चक जित हात पार्यो| पहिलो ब्याटिंगमा उत्रेको कोलकाताले निर्धारित २० ओभरमा १६४ रनको योगफल तयार परेको थियो| आफ्नो इनिंग्समा तिन विकेट गुमाएको कोलकाताले तिननै रनआउटमा विकेट गुमायो| उसका लागि कप्तान गौतम गम्भीर र विकेटकिपर रबिन उथाप्पाले राम्रो […]

real madrid

May 5, 2016

च्याम्पियन्स लिग फाइनलमा रियल र एट्लेटिको भिड्ने

म्यानचेस्टर सिटिलाई १-०को झिनो अन्तरले पराजित गर्दै रियल म्याड्रिडले  आगामी मे २८ तारिखमा हुने च्यामपियन्स लिग फाइनलमा स्थान पक्का गरेको छ| म्याड्रिडका लागि ग्यारेथ बेलले खेलको एकमात्र गोल गरेका थिए, उनले क्रस गरेको बल फर्नान्डोलाइ छुदै गोलको दिशा लिएको थियो| यसअघिनै म्याड्रिडको अर्को टोलि एट्लेटिको म्याड्रिड बायर्न म्युनिखको चुनौती पन्छाउदै फाइनल पुगिसकेको छ| रियल म्याड्रिड […]

May 4, 2016

स्वर्गीय श्रेष्ठको स्मृतिमा एन्फाले अन्डर-१८ प्रतियोगिता गर्ने

अखिल नेपाल फुटबल संघले स्वर्गीय ललितकृष्ण श्रेष्ठको स्मृतिमा अन्डर-१८ फुटबल प्रतियोगिता गर्ने भएको छ| एन्फाले यसअघीनै श्रेष्ठको स्मृतिमा प्रतियोगिता गर्ने भनेपनि उमेर समूह भने तोकेको थिएन| हिजो बसेको ‘ए’ डिभिजन क्लबहरुको बैठकले अन्डर-१८ प्रतियोगिता गर्दा सिनियर टिमलाई पनि सहयोग पुग्ने आशा बोकेको एन्फाले जनाएको छ| श्रेष्ठको गत जेठ २९ गते आफ्नै निवासमा करेन्ट लागेर निधन […]

May 2, 2016

मुद्दा फिर्ता लिन राखेपको प्रस्ताव

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गर्नुमा राष्ट्रिय खेलकु परिषद् (राखेप) दोष नरहेको सदस्य सचिव केशवकुमार विष्टले बताएका छन् । आइसिसीले क्यान निलम्बन गरे ठिक एक सातामा सोमबार पत्रकार सम्मेलन गर्दै राखेप सदस्य सचिव विष्टले विवाद समाधानका लागि नयाँ विकल्प अघि सारेका छन् । उनले निर्वाचित क्यानले सर्वोच्च अदालतमा दर्ता गरेको […]

May 2, 2016

क्यान निलम्बनमा राष्ट्रिय खेलकुद परिषदको प्रेस बिज्ञप्ती

आज राष्ट्रिय खेलकुद परिषदले (राखेप) आइसिसिले क्यानलाई गरेको निलम्बनको बारेमा आफ्नो धाराणा प्रस्तुत गर्दै प्रेस बिज्ञप्ती जारी गरेको छ ।  प्रेस बिज्ञप्ती यस्तो छ:  आदरणीय पत्रकार मित्रहरु, नेपाली क्रिकेटको वर्तमान अवस्थाबारे धारणा सार्वजनिक गर्ने उद्देश्यसाथ राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको आजको यस पत्रकार सम्मेलनमा उपस्थित पत्रकार मित्रहरुलाई सर्वप्रथम कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु । पत्रकार […]

April 29, 2016

नेपाल आइपुगे अन्जन र अनन्त

मैत्रीपूर्ण खेल तथा प्रशिक्षणक लागि युरोप गएका राष्ट्रिय टोलीका सदस्यद्वय अन्जन बिष्ट र अनन्त तामाङ्ग आज नेपाल आइपुगेका छन । डिफेन्डर अनन्त र विंगर अन्जन बंगबंधु गोल्डकप र १२औं सागमा स्वर्ण पदक जित्ने टोलीका महत्वपूर्ण सदस्य थिए| सशस्त्र प्रहरी बलको टोलीबाट फुटबल खेल्दै आएका अन्जनले बिराटनगरमा भएको के.बि.आर.यु. गोल्ड कप जितेका थिए भने अनन्तले मनाङ्गबाट […]

April 25, 2016

आइसिसीले क्यानलाई निलम्बन गर्यो

काठमाडौं -नेपाल र नाबियाबीच विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गतका दुईवटा खेल भएको एक साता नवित्दै अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको छ । नामिबियाविरुद्ध वैशाख ४ र ६ गते कीर्तिपुरमा भएको दुई खेलमा नेपाल विजयी भएको थियो । नेपालमा निर्वाचित र तदर्थ गरि दुई क्यानको विवादका कारण आइसिसीलाई निलम्बन गर्ने बलियो […]

Ganesh thapa

April 23, 2016

थापाले अन्तिम अस्त्र प्रयोग गर्ने

दीपेन्द्र पोखरेल काठमाडौं – फिफाको अपिल कमिटिले आफ्नो अपिललाई पूर्ण रुपमा खारेज गर्दा आफुलाई निकै निराश बनाएको प्रतिबन्धित अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापाले बताएका थिए । कात्तिकमा फिफाको एथिक्स कमिटीले भ्रष्टाचारको अभियोगमा १० बर्षे प्रतिबन्धका साथै झन्डै २१ लाख रुपैयाँ जरिवाना तोकेको थियो । त्यसविरुद्ध थापाले गरेको अपिललाई अपिल कमिटिले शुक्रबार […]

Success

Thank you for your time.