December 26, 2016
इटहरी – (हाम्रो खेलकुद) – सातौ राष्ट्रिय खेलकुद अन्तर्गत एथेलेटिक्सको २०० मेटर दौडमा पुरुष तर्फ मध्यपश्चिमका यमसजन सुनारले भने महिला तर्फ नेपाल आर्मीकी कृष्णा चौधरीले स्वर्ण जितेका छन । इटहरीस्थित इटहरी रंगशालामा निर्धारित दुरी २१ दशमलब ७० सेकेण्डमा पुरा गर्दै सुनारले स्वर्ण पदक जितेका हुन् । सुनारले यसअघि एक सय मिटर दौडमा पनि स्वर्ण पदक जितेका […]
December 26, 2016
काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा जारी बंगबन्धु एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको फाइनल पुग्न नेपालका लागि किर्गिस्ताविरुद्ध सोमबार हुने खेलमा महत्वपूर्ण छ । अपराजित रहेको किर्गिस्तान च्याम्पियनको दाबेदार टोली हो । नेपालले तीनमध्ये दुई खेल जित्दै फाइनल प्रवेशको सम्भावनालाई जीवित राखेको छ । सँगै आयोजक बंगादेश फाइनलको अर्को शसक्त दाबेदार टोली हो । आज हुने दुई […]
December 26, 2016
दिपेश तिमल्सिना सिलिगुडी (हाम्रो खेलकुद)– महिला साफ च्याम्पियनसिप फुटबलमा इतिहास रच्ने लक्ष्य बोकेर भारतको सिलिगुडी पुगेको नेपाली टोलीले सोमबार भुटानसँग खेल्दै यात्रा प्रारम्भ गर्दैछ । श्रीलंका र भुटान पनि रहेको समूह एबाट नेपालको पहिलो प्रयास समूह विजेताका रुपमा अघि बढ्नु हुनेछ । अर्को समूहमा भोली भारत र अफगानिस्तान खेल्दैछन् । केहि दिन अघि मलेसियालाई मैत्रीपूर्ण […]
December 25, 2016
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लबले एएफसी कप २०१७ को प्ले अफ खेल्न नपाउनुको सत्य तथ्य छानविन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले गठन गरेको समितिले सोमबार प्रतिवेदन बुझाउँदैछ । सचिवालयको कमजोरी भएको स्वीकार गरिसकेको एन्फाले आफुमाथिको आलोचनालाई मथ्थर पार्ने प्रयास स्वरुप मंसिर २४ गते १५ दिनको समय सिमा तोक्दै उपाध्यक्ष वीरबहादुर […]
December 25, 2016
सिलिगुडी (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रमुख प्रशिक्षक कुमार थापाले नेपाल साफ च्याम्पियनशिपको उपाधि जितेर नयाँ इतिहास रच्न तयार रहेको अभिव्यक्ति दिएका छन्। आज भएको पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक थापाले टोलीले प्रतियोगितामा भाग लिन धेरै मेहेनत गरेको र उक्त मेहेनतको फल अब नतिजाले देखाउने बताए। “हामीले प्रतियोगिता खेल्नुपुर्व मलेसियासंग मैत्रीपूर्ण खेल खेल्ने […]
December 25, 2016
दिपेन्द्र पोखरेल विराटनगर – कप्तान पारस खड्काको विस्फोटक अविजित शतकको मद्दतमा एपिएफले सातौं राष्ट्रिय खेलकुदको क्रिकेटमा लगातार दोस्रो जित हासिल गरेको छ । सुदूरपश्चिमाञ्चललाई १ सय ४४ रनले हराउँदै एपिएफले दुई खेलमा शतप्रतिशत नतिजा निकालेको हो । पारसले अविजित १ सय ५ रन बनाएको खेलमा टस जितेर ब्याटिङ गरेको एपिएफ ४ विकेटको क्षेतिमा २ सय […]
December 25, 2016
विराटनगर (हाम्रो खेलकुद) – नेपाली सेनाका रविना महर्जन र स्वेच्छा नेम्वाङको जोडीले सातौं राष्ट्रिय खेलकुदमा टेबल टेनिस उमन्स डबल्समा स्वर्ण पदक जितेका छन् । मेन्स डबल्सको स्वर्ण पदक नेपाल पुलिसका प्रदीप रोक्का र विनेश खनियाँको जोडीले जितेको छ । पूर्वाञ्चलमा जारी राष्ट्रिय खेलकुदको दोस्रो दिन आइतबार रविना र स्वेच्छाको जोडीले फाइनलमा पुलिसका नविता श्रेष्ठ र […]
December 25, 2016
सातौं राष्ट्रिय खेलकुद इटहरी (हाम्रो खेलकुद) – एपिएफकी सविता चौधरीले महिला १ सय मिटर हर्डल्समा स्वर्ण पदक जितेकी छिन् । पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको तेस्रो दिन आइतबार सविताले १६.९५ सेकेन्ड हर्डल्स पार गर्दै स्वर्ण पदक जितेकी हुन् । प्रमिला थारुकी रजत र लङजम्पमा स्वर्ण जितेकी नेपाल पुलिसकी केशरी चौधरीले कास्य पदक हात पारिन् । […]
December 25, 2016
दिपेन्द्र पोखरेल इटहरी– नेपाल पुलिसकी चन्द्रकला लामगादेका महिला ज्याभलिङ थ्रोमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । इटहरी रंगशालामा आइतबार चन्द्रकलाले ४३.९४ मिटर थ्रो फाल्दै नयाँ कीर्तिमानका साथ स्वर्ण पदक जितेकी छिन् । यसअघि ४ मिटरको आफ्नै कीर्तिमानलाई सधार्दै चन्द्रकलाले नयाँ कीर्तिमान कायम गरिन् । सातौं राष्ट्रिय खेलकुदमा चन्द्रकलाको यो दोस्रो राष्ट्रिय कीर्तिमान हो । उनले […]
December 25, 2016
दिपेन्द्र पोखरेल इटहरी – नेपाल पुलिसकी केशरी चौधरीले पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको तेस्रो दिन आइतबार एथलेटिक्सको महिला लङजम्पमा स्वर्ण पदक जितेकी छिन् । केशरीले ५.०५ मिटर नाघ्दै स्वर्ण पदक जितेकी हुन् । सेनाकी कृष्णा चौधरीले रजत र एपिएफकी शिला चौधरीले कास्य पदक जितिन् । कृण्णा चौधारीले ४.९४ मिटर र शिलाले ४.८४ मिटर पार गरेकी […]