default_image

breaking big news

January 26, 2017

भारतद्वारा इंग्ल्यान्डसामु १ सय ४८ रनको लक्ष्य प्रस्तुत

कानपुर – भारत र इंग्ल्यान्डबिचको तीन ट्वान्टी-२० खेलको शृंखला अन्तर्गत बिहिबार भइरहेको पहिलो खेलमा भारतले पहिलो ब्याटिङ गर्दै १४७/७को स्कोर खडा गरेको छ। टस जितेर पहिलो फिल्डीङ रोजेको इंग्ल्यान्डले पाँचौ ओभरमा पहिलो सफलता पाएको थियो। के.एल. राहुललाइ ८ रनमा पेभेलियन पठाएको इंग्ल्यान्डले इनिंग्समा लगातार विकेट लिएको थियो। बलिङमा राम्रो पकड बनाएको इंग्ल्यान्डका लागि अन्तिम ओभर […]

January 26, 2017

वार्नरको कीर्तिमानी शतकमा अष्ट्रेलिया विजयी

काठमाडौँ (हाम्रो खेलकुद) – ओपनर डेविड वार्नरको आक्रामक पारीको मद्दतले पाकिस्तानविरुद्धको पाँच एकदिवसीय शृंखलाको अन्तिम खेलमा बिहिबार अष्ट्रेलियाले ५७ रनको फराकिलो जित हासिल गरेको छ। जितसंगै अष्ट्रेलियाले शृंखला ४-१ले आफ्नो पक्षमा पारेको छ। टस जितेर पहिलो ब्याटिङ रोजेको अष्ट्रेलियाको लागि कप्तान स्टीभन स्मिथको ब्याटिङ गर्ने निर्णय सहि सावित भयो र ओपनिङ जोडीले कीर्तिमानी २ सय […]

January 26, 2017

मनाङ आहा! रारा गोल्डकपको फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब १५औं आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। पोखरा रंगशालामा बिहिबार सिएमजी संकटा क्लबलाई १-०ले हराउदै साविक विजेता समेत रहेको मनाङ फाइनलमा पुगेको हो। मनाङले फाइनलमा आयोजक साहारा क्लबको सामना गर्नेछ। चार पटकको विजेता रहिसकेको मनाङका लागि नाइजेरियाका फरवार्ड ओलावाले आफिजले निर्णायक गोल गरेका थिए। […]

January 26, 2017

नेपाली महिला भलिबल टोली माल्दिभ्स पुग्यो [फोटो फिचरसहित]

काठमाडौं (हाम्रो खेलकुद) –महिला विश्व भलिबल च्याम्पियनसिपअन्तर्गत एसियाली सेन्ट्रल जोन छनोटमा भाग लिन नेपाली टोली माल्दिभ्स पुगेको छ । शुक्रबारबाट सुरु हुने छनोटमा नेपाल, आयोजक माल्दिभ्स र इरानको सहभागिता रहेको छ । नेपालले पहिलो खेल शुक्रबार माल्दिभ्ससँग र शनिबार इरानसँग खेल्नेछ । माल्दिभ्स र इरानबीच आइतबार प्रतिस्पर्धा हुनेछ । लिफ्टर विनिता बुढाथोकीको कप्तानीमा रहेको नेपाली […]

January 26, 2017

आहा! राराको सेमिफाइनलमा मनाङ र संकटा भिड्दै

पोखरा(हाम्रो खेलकुद) – १५औं आहा! रारा गोल्डकपको दोश्रो सेमिफाइनल खेलमा आज लक्ष्मी हुन्डाई मनाङ मर्श्यन्ग्दी क्लब र संकटा क्लब भिड्दै छन्। यसअघि यसै प्रतियोगिताको पछिल्ला संस्करणमा दुइ पटक आमने-सामने भइसकेका यी दुई टोलीको खेलमा दुवैपटक मनाङले बाजी मारेको थियो। सन् २००५ र सन् २०१४को क्वार्टरफाइनलमा मनाङले संकटालाइ समान २-०को अन्तरले पराजित गरेको थियो। प्रतिष्ठित आहा! […]

January 26, 2017

जगजित दोस्रो पटक अस्ट्रेलियन क्लबमा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर जगजित श्रेष्ठ एक बर्षमा दोस्रो अस्ट्रेलियन क्लबमा आबद्ध भएका छन् । उनले यसै साता अस्ट्रेलियन नेसनल प्रिमियर लिग (एनपिएल) क्लब भिक्टोरियाको सनसाइन जर्ज क्रस एफसीसँग सम्झौता गरेका छन् । झन्डै ९ महिनाका लागि सम्झौता गरेपछि उनले पारिश्रमिक भने खुलाउन चाहेनन् । ‘पारिश्रमिक गोप्य राख्ने सहमति छ ’जगजितले […]

January 26, 2017

लिभरपुल सेमिफाइनलमा पराजित

एजेन्सी – इएफएल कप अन्तर्गत बुधबार भएको सेमीफाइनलको दोश्रो लेगमा साउथह्याम्पटनसंग १-०ले पराजित भएपछि लिभरपुल फाइनलमा पुग्नबाट बञ्चित भएको छ। पहिलो लेगमा १-०को हार व्यहोरेको लिभरपुलले बुधबार घरेलु मैदानमा पनि हार टार्न सकेन। सेन लङ्ले खेलको अन्तिम समयमा गरेको गोलले साउथह्याम्पटन समग्रमा २-०जित रच्न सफल रह्यो। अर्को सेमीफाइनल खेलमा युनाइटेडले पहिलो लेगमा हलसंग २-०को अग्रता […]

January 26, 2017

रियल म्याड्रिड कोपा डेल रे बाट बीहिरियो

एजेन्सी – कोपा डेल रे अन्तर्गत बुधबार भएको दोश्रो लेगको खेलमा सेल्टा भिगोसंग २-२को बराबरी खेलेपछि रियल म्याड्रिड कोपा डेल रेको क्वार्टरफाइनलबाट बाहिरिएको छ। पहिलो लेगमा २-१को पराजय भोगेको म्याड्रिडका लागि दोश्रो लेगमा पनि कमजोर प्रदर्शन गर्यो। खेलको ४४औं मिनेटमा ड्यानिलोले आत्मघाती गोल गरेपछि सेल्टाले खेलमा अग्रता लिएको थियो। ६२औं मिनेटमा रोनाल्डोले गोल गर्दै खेललाई […]

January 25, 2017

प्रधानसेनापति कपको फाइनलमा फेरी आर्मी र पुलिस

काठमाडौं (हाम्रो खेलकुद) – प्रधान सेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि फेरी दुई विभागिय टोलीबीच नै प्रतिस्पर्धा हुने भएको छ । त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रधानसेनापति कपको फाइनल हुने तय भएको छ । गत बर्षपछि आर्मी र पुलिसबीच नै फाइनल भएको थियो । जसमा आयोजक सेनाकै टोली च्याम्पियन बनेको थियो । […]

January 25, 2017

साहारा तेश्रोपटक आहा! राराको फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – आयोजक साहारा फुटबल क्लब १५औं आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। बुधबार भएको सेमिफाइनल खेलमा तिन पटक फाइनल खेलिसकेको त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै साहारा उपाधि नजिक पुगेको हो। निर्धारित ९० मिनेट गोलरहित बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयतर्फा धकेलिएको थियो। अतिरिक्त समयमा पनि गोल नभएपछि खेलको नतिजा […]

Success

Thank you for your time.