default_image

breaking big news

February 24, 2017

मनाङविरुद्ध अवहानी लिमिटेड– जानकारी (लाईभ कसरी हेर्ने ?)

चितगोङ (हाम्रो खेलकुद) – लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले चितगोङस्थित मोहम्मद अजिज रंगशालामा शुक्रबार  अवहानी लिमिटेडसँग समूह चरणको अन्तिम खेल खेल्नेछ । अन्तिम चार पुग्न मनाङलाई जित्दै पर्ने दबाब छ। जानकारी – लाईभ कसरी हेर्ने ? समय – नेपाली समय अनुसार दिउँसो ३:४५ लाईभ – हाम्रो खेलकुदको फेसबुक पेजमा आउने छ । खेल हुने स्थान […]

ranieri

February 24, 2017

प्रिमियर लिग विजेता लेस्टरका प्रशिक्षक रानिरी बर्खास्त

लेस्टर (एजेन्सी) – प्रिमियर लिगको साविक विजेता लेस्टर सिटीले लगातार खराब प्रदर्शनपछि प्रशिक्षक क्लाउडियो रानिरीलाई बर्खास्त गरेको छ । रानिरीको नेतृत्वमा गत सिजन अविश्वसनीय रुपमा इतिहास कायम गर्दै प्रिमियर लिगको उपाधि जितेको लेस्टर जारी सिजनमा भने रेलिगेसनमा पर्ने खतरा पर्ने सम्भावना देखिएको छ । सन् २०१५ मा लेस्टरमा आबद्ध भएका ६५ बर्षिय रानिरीलाई हटाएपछि नयाँ […]

gurung

February 23, 2017

नेपाली मुलका विभेष क्रिस्टल प्यालेसमा आबद्ध

केन्ट (एजेन्सी)– नेपाली मुलका विभेष गुरुङ इङ्लिस प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसमा आबद्ध भएका छन् । मेडस्टोन युनाइटेड फुटबल क्लबबाट प्रशिक्षणरत यू १६ फुटबल विभेष क्लबमा आबद्ध भएको केन्ट अनलाइनले जनाएको छ । घरेलु क्लब मेडस्टोनमा करिब १८ महिना देखि संलग्न रहेका गुरुङले क्रिस्टल प्यालेससँगको ५ महिने सफल परीक्षणपछि आबद्ध हुने मौका पाएका हुन् । […]

February 23, 2017

सेमीफाइनल पुग्न मनाङसंग जितको विकल्प छैन

चितगोङ (हाम्रो खेलकुद) – लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबसँग बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कप–२०१७ को समूह चरणको सेमिफाइनल पुग्न शुक्रबार आयोजक चितगोङ अवहनी लिमिटेडसँग धेरै विकल्प छैन। चितगोङस्थित मोहम्मद अजिज रंगशालामा शुक्रबार हुने समूह चरणको अन्तिम खेलमा मनाङले अन्तिम चार पुग्न मनाङलाई जित्दै पर्ने दबाब छ।  अघिल्लो चरणमा पुग्न चितगोङ अवहनीलाई भने बराबरी […]

February 23, 2017

किरणको टोली सेमिफाइनलमा: मनाङसंग पर्ने सम्भावना जीवितै

चितगोङ (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको माल्दिभियन टोली टिसी स्पोट्र्स क्लब समूह विजेता बन्दै बंगलादेशमा जारी शेख कमल अन्तराष्ट्रिय क्लब कप को सेमिफाइनलमा पुगेको छ। टिसी स्पोट्र्सले बिहीबार अन्तिम खेलमा पोचिओन सिटिजनसंग १–१ को बराबरी खेलेपछि समूह एको विजेता बन्दै अघि बढेको हो । समूहका तीन खेलमा टिसी स्पोट्र्सले २ जित […]

February 23, 2017

हारको श्रृखंला रोक्दै एपिएफ तिलोत्तमा गोल्डकपको क्वार्टरफाइनलमा

दिपक न्यौपाने बुटबल – लगातार हारको श्रृखंलालाई रोक्दै नेपाल एपिएफ क्लब १९ औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । एन्फा टेक्निकल सेन्टर देविनगरमा बिहीबारको उद्घाटन खेलमा भारतको सेरे एफसी कालिङपोङलाई १–० ले हराउँदै सातौं राष्ट्रिय खेलकुदको स्वर्ण पदक विजेता एपिएफ अन्तिम आठमा पुगेको हो । पुसमा सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेयता […]

February 23, 2017

आयोजकलाई हराउँदै पुलिस बुढासुब्बा रेडबुल गोल्डकपको फाइनलमा

धरान(हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब आयोजक धरान फुटबल क्लब ‘रातो’लाई ३-१ले पराजित गर्दै १९ औं बुढासुब्बा रेडबुल गोल्ड कपको फाइनलमा पुगेको छ। खेलको ३१औं मिनेटमा डिफेन्डर मान बहादुर परियारको गोलमा अघि बढेपनि रेजिन सुब्बाले आयोजकका लागि गोल गर्दै ३७औं मिनेटमा खेललाई बराबरीमा ल्याए। त्यसको चार मिनेट नबित्दै पुलिसका कप्तान जुमानु राईले गोल गर्दै पुलिसलाई पुन: […]

February 23, 2017

युनाईटेड युरोपाको प्रि-क्वार्टरफाइनलमा प्रवेश

एजेन्सी – फ्रान्सेली टोली सेन्ट एटिएनलाई अवे मैदानमा १-०ले पराजित गर्दै समग्रमा ४-०को जितसंगै म्यनचेस्टर युनाइटेड युरोपा लिगको प्रि क्वार्टरफाइनलमा प्रवेश गरेको छ। खेलको १७औं मिनेटमा जुआन माटाको पासलाई सदुपयोग गर्दै हेनरिक मिखितार्यानले युनाईटेडको लागि गोल गरेका थिए। त्यसको केहि समयपछिनै गोलकर्ता मिखितार्यान घाइते भएपछि मैदानबट बाहिरिएका थिए। आगामी आइतबार लिग कपको फाइनल खेल्न तयार […]

February 23, 2017

ला लिगामा रियल म्याड्रिडको हार

एजेन्सी – स्पेनिश ला लिगा अन्तर्गत बुधबार राती भएको खेलमा रियल म्याड्रिड भ्यालेन्सियासंग २-१ले पराजित भएको छ। खेलको चौथो मिनेटमा सिमोने जाजाको गोलले अग्रता लिएको भ्यालेन्सिया नवौं मिनेटमा २-०ले अगाडी बढ्यो। नानीको पासलाई सदुपयोग गर्दै ओरेयानाले गोल गरेका थिए। खेलको ४४औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै म्याड्रिडलाई खेलमा फर्कने बाटो खुलाएका थिए। दोश्रो हाफमा थप […]

February 22, 2017

फेरिने भो त अब पोखरा रंगशाला अनुहार !

केशब पाठक पोखरा –लामो पर्खाइ पछि अब पोखरेली खेल प्रेमीहरुले पोखरा रंगशालामा बसेर फुटबलको मज्जा लिन पाउने भएका छन् । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीको बुधवार सम्पन्न बैठकले केही महत्वपुर्ण निर्णय गरेपछि रंगशालाको मुहार केही भएपनि नयाँ रुपमा देख्न पाइने भएको हो । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिले रंगशाला भित्रको महत्वपूर्ण रहेको फुटबल रंगशालाको डिटेल […]

Success

Thank you for your time.