default_image

breaking big news

March 6, 2017

फेरी उडान भर्दै हेमन्त!

दिपेन्द्र पोखरेल काठमाडौँ  – २०७० सालको श्रावण महिनामा नेपालले दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) अन्डर-१६ फुटबल प्रतियोगिताको आयोजना गरेको थियो। उक्त प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै घरेलु दर्शकको मन जित्न सफल रह्यो र फाइनलसम्मको यात्रा तय गर्यो। दशरथ रंगशालामा खेलिएको प्रतियोगिताको समूह चरणमा नेपालले भुटानलाई ७-० र पाकिस्तानलाई ३-०ले हराएको थियो भने अफगानिस्तानसंग १-१को बराबरी […]

sudhur

March 6, 2017

सुदूरपश्चिम र एपीएफ महिला राष्ट्रिय क्रिकेटको फाइनलमा भिड्ने 

इटहरी (हाम्रो खेलकुद) – इटहरीमा जारी महिला राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे उपाधिको लागी सुदूरपश्चिमाञ्चल  र सशस्त्र प्रहरी बल (एपीएफ) भिड्ने भएका छन । सोमबार डिभिएम ग्लोबल स्कुलको क्रिकेट मैदानमा सम्पन्न पहिलो सेमिफाइनलमा सुदूरपश्चिमाञ्चलले पश्चिमाञ्चललार्इ ७ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो। दिनकै दोस्रो खेलमा पूर्वाञ्चललार्इ ७ रनले पराजित गर्दै एपीएफले पनि फाइनलमा स्थान पक्का गरेको हो । […]

March 6, 2017

भारतको सुधारिएको प्रदर्शन

एजेन्सी – भारत र अष्ट्रेलियाबीच जारी दोश्रो टेष्टको तेश्रो दिन भारतले सुधारिएको प्रदर्शन गर्दै खेलमा फर्कने संकेत देखाएको छ तेश्रो दिनमा भारतले अष्ट्रेलियालाई अलआउट गर्दै आफ्नो ब्याटिङमा राम्रो सुरुवात गरेको हो। तेश्रो दिनको खेल २३७/६को स्थितिमा सुरु गरेको अष्ट्रेलिया आफ्नो पहिलो इनिङमा २७६ रन जोड्दै अलआउट भयो। अष्ट्रेलियालाइ अलआउट गर्न जडेजाले दिनको पहिलो सत्रमै तिन […]

mmc

March 6, 2017

मनाङले टुबोर्ग नेपालगञ्ज गोल्ड कप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले बंगलादेशको शेख कमल अन्तर्राष्ट्रिय क्लब कप खेल्दाका १० खेलाडी विना पनि बिहीबारबाट नेपालगञ्जमा सुरु हुने टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्डकपमा भाग लिने पक्का भएको छ । बंगलादेशबाट फर्के लगत्तै शेख कमल खेलेका १० खेलाडी राष्ट्रिय टोलीको प्रशिक्षणमा सामेल भइसकेको छन् । शेख कमल कप्तान अनिल गुरुङ, सुजल […]

city

March 6, 2017

प्रिमियर लिगमा सिटी र टोटेनह्याम विजयी

लन्डन (एजेन्सी)–इङ्लिस प्रिमियर लिगमा आइतबार अलग अलग खेलमा टोटेनह्याम हटस्पर्सले र म्यानचेस्टर सिटी विजयी भएका छन् । टोटनह्यामले एभेर्टनलाई ३–२ ले र सिटीले सन्डरल्यान्डलाई २–० ले पराजित गरेको थियो । ह्यारि केनको गोलबाट अग्रता लिएको स्पर्सका लागि उनले नै गोल अग्रता दोब्बर पारेका थिए । केनले पहिलो गोल २० र दोस्रो गोल ५६ औं मिनेटमा […]

March 5, 2017

किरणको टोलीलाई माल्दिभ्समा भव्य स्वागत

काठमाडौँ (हाम्रो खेलकुद) – बंगलादेशमा सम्पन्न शेख कमल अन्तराष्ट्रिय क्लब कप २०१७को विजेता टोलि ट्रष्ट एण्ड केयर (टि.सी.) स्पोर्ट्स क्लबलाई मालेमा भव्य स्वागत गरिएको छ। शुक्रबार सम्पन्न फाइनलमा दक्षिण कोरियाली टोली पोचीओन सिटिजनलाई टाइब्रेकरमा ४-२ले पराजित गर्दै उपाधि जितेको टि.सी. स्पोर्ट्सलाई सयौंको संख्यामा आएका क्लबका समर्थकहरुले स्वागत गरेका थिए। नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण समेत […]

March 5, 2017

भारतविरुद्ध अष्ट्रेलियाको बलियो प्रदर्शन जारी

एजेन्सी – भारत र अष्ट्रेलियाबीच बेंगलोरमा भइरहेको दोश्रो टेष्टको दोश्रो दिन पनि अष्ट्रेलियाले आफ्नो बलियो प्रदर्शनलाइ जारी राखेको छ। दोश्रो दिनको खेल  ४०/०को स्थितिमा सुरुवात गरेको अष्ट्रेलिया दोश्रो दिनको खेल समाप्त हुँदा २३७/६ को बलियो स्थितिमा रहेको छ। दिनको पहिलो विकेटका रुपमा ओपनर डेबिड वार्नर आउट भएका थिए। आश्विनको बलमा बोल्ड आउट हुनु अघि उनले […]

March 5, 2017

केन्याविरुद्ध खेल्ने क्रिकेट टोलीको घोषणा

काठमाडौँ (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आगामी फाल्गुन २८ र ३० गते हुने केन्याविरुद्धको खेलका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । पारस खड्काको कप्तानीमा रहेको टोलीमा सुनिल धमला र दिपेन्द्र सिंह ऐरीले स्थान बनाएका छन। केन्याविरुद्ध हुने दुइ खेलको तयारीका लागि नेपाली टोलीले भर्खरै भारतमा तीन अभ्यास खेल खेलेको […]

messi

March 5, 2017

फराकिलो जितसंगै बार्सिलोना पुन: शिर्षस्थानमा

एजेन्सी – घरेलु मैदानमा सेल्टा भिगोसँग ५-० को फराकिलो जित संगै बार्सिलोना पुन: शिर्षस्थानमा पुगेको छ । निकै रोमाञ्चक बन्दै गरेको ला लिगामा एइबारसँगको जित पछि पहिलो स्थान कब्जा गरेको रियललाई उछिन्दै १ खेल धेरै खेलेको बार्सिलोना फेरी शिखरमा पुगेको हो । बार्सिलोनको जितमा मेस्सीले दुइ गोल गरे भने नेमार , राकिटिच र उम्टिटि १/१ […]

zlatan

March 4, 2017

इब्राहिमोभिच पेनाल्टीमा चुक्दा युनाइटेड बराबरीमा रोकियो

म्यान्चेस्टर (एजेन्सी) – ज्लाटन इब्राहिमोभिचले पेनाल्टीबाट गोल गर्दै अग्रता लिने अवसर गुमाएपछि म्यान्चेस्टर युनाइटेड इङ्लिश प्रिमियर लिगमा १० खेलाडीमा सिमित बर्नमाउथसँग १-१ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको छ । घरेलु मैदान ओल्ड ट्राफर्डमा पहिलो हाफको २३ औँ मिनेटमा अर्जेन्टिनी ‘फुल ब्याक’ मार्कस रोहोको गोलमा अग्रता लिएको युनाइटेडले ४० औँ मिनेटमा बोउर्नेमोथका जोसुआ किङको पेनाल्टीबाट […]

Success

Thank you for your time.