default_image

breaking big news

nepal-in-phi-day-2-16

March 27, 2017

एसियन कप छनोटमा नेपाल र फिलिपिन्स भिड्दै

मनिला (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलमा भोलि नेपाल र फिलिपिन्स भिड्दै छन । बिराज महर्जनको कप्तानिमा रहेको टोलीले भोलि नेपाली समय अनुसार बेलुकी पौने ६ बजे रिजाल मेमोरियल स्टेडियममा घरेलु टोलीको सामना गर्नेछ । यसअघि चार पटक फिलिपिन्ससँग खेल्दा नेपालले एकमा जित र तीनमा पराजय बेहोरेको थियो । सन् […]

volleyball-male

March 27, 2017

सेन्ट्रल जोन भलिबलमा नेपाल कीर्तिस्तानसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एभिसि सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा कीर्तिस्तानसँग पराजित भएको छ । मालेस्थित स्टेडियममा सोमबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल किर्गिस्तानसँग ३–१ को सेटमा पराजित भएको हो । पहिलो सेट भने नेपालले २५–२० ले आफ्नो पक्षमा पारेको थियो । तर, त्यसपछिका तीनै सेटमा नेपालले निराशजनक प्रदर्शन […]

March 27, 2017

नेपाल पाकिस्तानसंग ६ विकेटले पराजित

बंगलादेश (हाम्रो खेलकुद) – ओपनर इमाम उल हकको अविजित शतकीय इनिङ्ससंगै पाकिस्तान यु-२३ले एसीसी इमार्जिङ नेसन्स कप अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाललाई ६ विकेटले पराजित गरेको छ। टस जितेर फिल्डिङ रोजेको पाकिस्तान टोलीले कार्यवाहक कप्तान ज्ञानेन्द्र मललाई व्यक्तिगत २ रन र सागर पुनलाई ४ रनमै पेभेलियन फर्काउन सफल रहेको थियो। यसैगरी चौथो नम्बरमा ब्याटिङ […]

March 27, 2017

नेपालद्वारा पाकिस्तानसामु १८१ रनको लक्ष्य प्रस्तुत

बंगलादेश (हाम्रो खेलकुद) – एसीसी इमार्जिङ नेसन्स कप अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालले पाकिस्तानलाई १८१ रनको लक्ष्य दिएको छ। टस जितेर फिल्डिङ रोजेको पाकिस्तान टोलीले राम्रो सुरुवात गरेको थियो।  पाकिस्तानले कार्यवाहक कप्तान ज्ञानेन्द्र मललाई व्यक्तिगत २ रन र सागर पुनलाई ४ रनमै पेभेलियन फर्काउन सफल रहेको थियो। यसैगरी चौथो नम्बरमा ब्याटिङ गर्न आएका दिपेन्द्र […]

March 27, 2017

नेपाल र पाकिस्तान आज भिड्दै

बंगलादेश (एजेन्सी) – एसीसी इमर्जिङ नेसन्स कप अन्तर्गत समूह चरणको पहिलो खेलमा आज नेपालले पाकिस्तान यु-२३को सामना गर्दैछ। टेष्ट मान्यताप्राप्त पाकिस्तान र बंगलादेशको यु-२३ टोलीसंगै नेपाल र हङकङ प्रतियोगिताको समुह ‘बि’ मा रहेकानेपालले पहिलो खेलमा पाकिस्तान यु-२३को चुनौती स्वीकार्दैछ। आफ्नो ४ सिनियर खेलाडीलाई घरमै छाडेर ४ अन्क्याप्ड खेलाडी लिएर बंगलादेश प्रस्थान गरेको १५ सदस्यीय टोलीको […]

volleyball-male

March 26, 2017

नेपाललाई पुरुष भलिबलमा पहिलो अन्तर्राष्ट्रिय पदक पक्का

प्रकाश तिमल्सिना काठमाडौं – चार दशकदेखि अन्तर्राष्ट्रिय भलिबलमा सहभागिता जनाउँदै आएको नेपाली पुरुष भलिबल टोलीले पहिलो पटक पदक जित्ने पक्का भएको छ । माल्दिभ्समा जारी तेस्रो एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपालको कम्तिमा कास्य पदक पक्का भएको नेपाली भलिबल टोलीका सहायक प्रशिक्षक जगदिश भट्टले टेलिफोनमा हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन् । आयोजक माल्दिभ्सले लगातार […]

March 26, 2017

इमर्जिङ नेसन्समा नेपालको लक्ष्य पुरा होला?

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाको भनाइ मान्ने हो भने शनिबारदेखि बंगलादेशमा इमर्जिङ नेसन्स कपमा नेपालको दुई वटा उद्देश्य छन् । पहिलो लक्ष्य दोस्रो चरण सम्म पुग्ने र अर्को भविष्यका लागि नेपाली राष्ट्रिय टोलीको ‘ब्याक अप’ तयार पार्ने । पहिलो लक्ष्य पुरा गर्न असम्भव नभएपछि चुनौतिपूर्ण पक्कै छ । कारण नेपालले […]

March 26, 2017

नेपाल फिफा महिला फुटबल वरियताको ९५ औं स्थानमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला फुटबल टोली फिफा वरियतामा १० स्थान माथि उक्लदै ९५ औं स्थानमा पुगेको छ । दक्षिण एसियाली राष्ट्रमध्ये नेपाल दोस्रो स्थानमा रहन सफल भएको छ । फिफा वरियताको ५६ औं स्थानमा रहेको भारत दक्षिण एसियाको शीर्षस्थानमा रहको छ । भारतले गत बर्ष लगातार चौथो पटक महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको […]

March 26, 2017

पोर्चुगलको जितमा रोनाल्डोको दुई गोल

लिस्बन (एजेन्सी)– क्रिस्टियानो रोनाल्डोको २ गोल र आन्द्रे सिल्भाको गोलमा पोर्चुगलले विश्व कप युरोप छनोटअन्तर्गत समूह ‘बी’ को आइतबार बिहानको खेलमा हंगेरीलाई ३–० ले हराएको छ । रोनाल्डोले पोर्चुगलका लागि ७० अन्तर्राष्ट्रिय गोल पुरा गरेको खेलमा घरेलु टोलीले सहज जित हासिल गरेको थियो । यसअघि युरो २०१६ को समूह चरणको भेटमा यी पोर्चुगल र हंगेरीले […]

kamal-shrestha-nepal

March 25, 2017

नेपाली फुटबल टोली फिलिपिन्सको यात्रामा निस्कदै

काठमाडौं (हाम्रो खेलकुद) – फिलिपिन्सविरुद्ध मंगलबार हुने खेलका लागि नेपाली फुटबल टोली आज राती त्यसतर्फ प्रस्थान गरेको छ । त्रिभुवन विमानस्थलबाट मनिलाको लागि उडेको टोली हङकङ हुँदै त्यहाँ पुग्नेछ । नेपाल र फिलिपिन्सबीच मंगलबार एएफसी एसियन कप छनोटको समूह चरणको पहिलो खेल हुँदैछ । खेल रिजाल रंगशालामा हुनेछ । जापानी प्रशिक्षक ग्यातुको कोजीको प्रशिक्षणमा रहेको […]

Success

Thank you for your time.