default_image

breaking big news

March 30, 2017

नेपाललाई हङकङले २ सय १५ रनको लक्ष्य दियो

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा जारी इमर्जिङ नेसन्स कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले हङकङविरुद्ध जितका लागि २ सय १५ रनको लक्ष्य पाएको छ । टस जितेर नेपालले हङकङलाई पहिले ब्याटिङको लागि आमन्त्रण गरेका थियो । हङकङ निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय १४ रन बनाएको छ । हङकङको आपनिङ जोडिको उत्कृष्ट […]

March 30, 2017

हङकङसँग नेपाल टस जितेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले एसिसी इमर्जिङ नेसन्स कप क्रिकेटमा हङकङविरुद्धको खेलमा आज टस जितेर फिल्डिङ रोजेको छ । प्रतियोगिताबाट बाहिरिसकेका दुवै टोलीले आयोजक बंगलादेश र पाकिस्तानसँग हार बेहोरेका थिए । त्यसअर्थमा जितका साथ प्रतियोगिताको अन्त्य गर्न कालागि आजको खेल दुवैका लागि प्रतिष्ठानको लडाई मानिएको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ६ विकेटले पराजित भएको थियो […]

March 30, 2017

राष्ट्रिय टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०१९को छनोट चरण अन्तर्गत समुह ‘एफ’को पहिलो खेल खेलेर नेपाल राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ। फिलिपिन्सको मनिलास्थित रिजाल मेमोरियल रंगशालामा खेलिएको खेलमा नेपालले घरेलु टोलीसंग ४-१को पराजय भोगेको थियो। खेलको सुरुवातमै विक्रम लामाले रातो कार्ड खादैं मैदानबाट बाहिरिएपछि खेलको अधिकांश समय १० खेलाडिमा सिमित नेपालमाथि घरेलु टोली […]

March 29, 2017

मनाङले जित्यो राजर्षि जनक कप, सिजनको सर्वाधिक सफल टोली

सर्लाही (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीले राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई बुधबार १–० ले हराउँदै दस खेलाडीमा सिमित मनाङले फाइनल जितेको हो । योसँगै मनाङ घरेलु फुटबलमा जारी सिजनमा नकआउट फुटबलको सर्वाधिक उपाधि जित्ने टोली बनेको छ । यो टोलीको चौथो उपाधि हो । आर्मी […]

argentina

March 29, 2017

मेस्सीमाथिको प्रतिबन्ध अर्जेन्टिनालाई महंगो सावित

बोलिभिया (एजेन्सी)– कप्तान लियोन मेस्सीमाथिको ४ खेलको प्रतिबन्ध अर्जेन्टिनालाई महंगो परेको छ । विश्व कप दक्षिण अमेरिकी छनोटको खेलमा मेस्सी विना उत्रनेका अर्जेन्टिना बोलिभियासँग २–० ले पराजित भएको छ । अर्को बर्ष रुसमा हुने विश्व कपका लागि भइरहेको छनोटमा को छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले हार बेहोरेको हो । हुवा कार्लो आर्स र […]

Bishal

March 28, 2017

फिलिपिन्ससँग दस खेलाडीमा सिमित नेपाल ४–१ ले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एएफसी एसियन कप छनोटअन्तर्गत फिलिपिन्सविरुद्धको पहिलो खेल ४–१ ले गुमाएको छ ।खेल सुरु भएको केही मिनेटमै दस खेलाडीमा सिमित भएको नेपालले पहिलो हाफमा ३ र दोस्रो हाफमा १ गोल खाएको थियो । नेपालका लागि एकमात्र गोल विशाल राईले पहिलो हाफको इन्जुरी समयमा फर्काएका थिए । खेलको १२ औं मिनेटमा पेनाल्टी […]

volleyball-male

March 28, 2017

सेन्ट्रल जोन भलिबलमा नेपाल कांस्य पदकमा सिमित, किर्गिस्तानसँग फेरि पराजित

काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्समा जारी एभिसी सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिपमा नेपाल कांस्य पदकमा सिमित भएको छ । मंगलबार कीर्गिस्तानसँगको प्ले अफमा ३–० ले पराजित भएपछि नेपाल तेस्रो स्थानमा सिमित भएको हो । आयोजक माल्दिभ्स सबै खेलमा पराजित भएपछि नेपालको यसअघि नै कास्य पदक भने पक्का भइसकेको थियो । चार टोलीको सहभागिता रहेको […]

March 28, 2017

नेपाली खेलकुदका लागि महत्वपूर्ण– तीन लोकप्रिय टोली एकै दिन भिड्दै

प्रकाश तिमल्सिना काठमाडौं – नेपाली खेलकुदका लागि आजको दिन महत्वपूर्ण छ । नेपालका सर्वाधिक तीन लोकप्रिय खेल फुटबल, भलिबल र क्रिकेटले एकै दिन मंगलबार अलग अलग देशमा प्रतिस्पर्धा गर्दैछन् । फुटबल र क्रिकेटको राष्ट्रिय टोलीको खेलयसअघि पनि पटक पटक एकै दिन परेपनि यसपटक भलिबलको खेल पनि एकै दिन परेको छ । नेपाली क्रिकेट टोली बंगलादेशमा […]

March 28, 2017

इमर्जिङ नेसन्स कप क्रिकेटमा नेपाललाई २ सय ५८ रनको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा जारी इमर्जिङ नेसन्स कप क्रिकेटको आज आफ्नो दोस्रो खेलमा जितका लागि नेपालले २ सय ५८ रनको लक्ष्य पछ्याएको छ । टस जितेको नेपालले आयोजक बंगलादेश यू २३ लाई ब्याटिङका लागि आमन्त्रण गरेको थियो । तेस्रो ओभरमै महत्वूर्ण दुई विकेट गुमाएपछि विस्तारै सम्हालिएको प्रदर्शन गरेको बंगलादेशको युवा टोलीले निर्धारित ५० ओभरमा ९ विकेट […]

phil-and-james

March 28, 2017

नेपालविरुद्ध उत्रने फिलिपिनो खेलाडी, जसले चेल्सीदेखि इङ्ल्यान्डबाट समेत खेलेका छन्

दिपेन्द्र पोखरेल काठमाडौँ – पछिल्लो डेढ दशकमा फिलिपिन्सको फुटबल विकास हेर्ने हो भने असाधारण देखिन्छ । सन् २००४ मा फिफा वरियतामा २ सय १६ औ स्थानमा रहेको फिलिपिन्स अहिले झन्डै सय स्थानमाथि छ । अहिलेको फिलिपिन्स वरियताको १ सय २४ औं स्थानमा छ, जुन नेपालको भन्दा ४६ स्थान माथि हो । एसियाली वरियतामा फिलिपिन्स १४ […]

Success

Thank you for your time.