default_image

breaking big news

Volleyball

April 2, 2017

भलिबललाई राष्ट्रिय वाणिज्य बैंकको साथ

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले मुख्य प्रायोजकको रुपमा राष्ट्रिय वाणिज्य बैंकलाई पाएको छ । नेपाल भलिबल संघलाई राष्ट्रिय वाणिज्य बैंकले दुई वर्षको लागि वार्षिक १० लाख दिने शर्तसहित मुख्य प्रायोजन गरेको हो । यो प्रायोजन चैत अन्तिम सातादेखि शुरु हुने तेस्रो राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप देखि नै लागु हुनेछ […]

नेपाल राष्ट्रिय टोलि

April 1, 2017

नेपाली क्रिकेट टोली बंगलादेशबाट स्वदेश आइपुग्यो

काठमाडौँ (हाम्रो खेलकुद) – बंगलादेशको इमिर्जिङ नेसन्स कप क्रिकेटको लिग चरणको अन्तिम खेलमा बिहीबार हङकङलाई ७ विकेटले हराएको नेपाली क्रिकेट टोली आज स्वदेश आइपुगेको छ । सुरआती दुई खेलमा पाकिस्तान यु २३ सँग ६ विकेट र अर्को खेलमा आयोजक बंगलादेशको यू २३ सँग ८३ रनले पराजित नेपाली टोलीले प्रतिष्ठाको लडाइ मानिएको बिहीबारको खेलमा भने सहज […]

April 1, 2017

आर्मी सेमिफाइनलमा प्रवेश

दिपक बोहोरा इलाममा जारी पुर्वी पहाडको सर्वाधिक पुरस्कार राशिको तेश्रो अन्तराष्ट्रिय आमन्त्रण टुर्वोग माइभ्याली फुटबल प्रतियोगिता अन्तर्गत शनिवारको खेलमा त्रिभुवन आर्मी क्लबले कञ्चनजङ्घा भारतलाई २–१ले हराउदै अन्तिम चारमा प्रवेश गरेको छ। आर्मीको जितमा राजिब गुरुङ र भरत खवासले गोल गरेका थिए। पहिलो हाफको इन्जुुरी समयमा आर्मीका राजिव गुुरुङले पहिलो गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका […]

April 1, 2017

सुपर-८ क्रिकेटको उपाधि पुलिसलाई

काठमाडौँ (हाम्रो खेलकुद) – खुकुरी इन्टरटेनमेन्ट र देभिवास इभेन्ट्सको आयोजनामा किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी सुपर ८ क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा टिप टपलाई ३ विकेटले पराजित गर्दै नगद रु. १ लाख र ट्रफी हात पार्यो। शनिबार बिहान भएको पहिलो सेमीफाइनलमा टिप टपले नागर्जुना क्रिकेट क्लबलाई २ […]

April 1, 2017

पहिलो अन्तर्राष्ट्रिय पदक विजेता भलिबल टोलीको भव्य स्वागत, सरकारले जनही १ लाख दिने

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो पटक अन्तर्राष्ट्रिय पदक जित्ने नेपाली पुरुष भलिबल टोलीलाई सरकारले पुरस्कृत गर्ने भएको छ । टोलीका सदस्यलाई सरकारले जनही १ लाख रुपैयाँ दिने भएको छ । टोलीको स्वागतमा शुक्रबार राती त्रिभुवन विमानस्थल पुगेका युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले पुरस्कारको घोषणा गरेका हुन् । टोली माल्दिभ्स जानुअघि विदाईमा मन्त्री श्रीपालीले भनेका […]

rupan

March 31, 2017

अग्नी रूपन्देही माईभ्याली गोल्ड कपको क्वार्टरफाइनलमा

दिपक बोहोरा इलाम – अग्नी रुपन्देही ११ माइ भ्याली गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । भारतको दुर्गापुर स्टिल टि.एस.वाइ , कोलकतालाई शुक्रबार टाईब्रेकर ४–२ ले हराउँदै रुपन्देही अन्तिम आठमा पुगेको हो । निर्धारित ९० मिनेटको खेल १-१को बराबरीमा टुंगिएको थियो भने थप १५ मिनेटमा पनि गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकर बाट लिनुपरेको थियो। […]

March 31, 2017

अन्तर्राष्ट्रिय पदक विजेता भलिबल टोलीको भव्य स्वागतको तयारी

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भबिलल संघले पहिलो अन्तर्राष्ट्रिय पदक जितेर स्वदेश फर्कदै गरेको नेपाली भलिबल टोलीलाई भव्य स्वागत गर्ने तयारी गरेको छ । माल्दिभ्समा बिहीबार सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालले कास्य पदक जितेको थियो । ‘नेपाली भलिबलको इतिहासमा यो अहिले सम्मकै ठूलो सफलता हो । यसलाई हामीले सेलिब्रेट गर्नुपर्दछ भन्ने ठानेका छौं’ संघका […]

March 30, 2017

नेपाली भलिबल टोलीले पहिलो अन्तर्राष्ट्रिय पदक ग्रहण गर्यो

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली भलिबल टोलीले पहिलो अन्तर्राष्ट्रिय पदक बिहीबार ग्रहण गरेको छ । माल्दिभ्समा बिहीबार सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको समापनका अवसरमा नेपालले कांस्य पदक प्राप्त गरेको हो । ४१ बर्षअघि अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता खेल्न सुरु गरेको नेपालले जितेको यो पहिलो अन्तर्राष्ट्रिय पदक हो । नेपाललाई लिग चरण र प्ले अफमा हराउने कीर्गिस्तानै […]

March 30, 2017

माईभ्याली गोल्डकपमा पुलिसको जित, आयोजक निराश

दिपक बोहोरा इलाम– नेपाल पुलिस क्लबले टुबोर्ग तेस्रो माई भ्याली गोल्ड कप फुटबल प्रतियोगितामो विजयी सुरुआत गरेको छ । उद्घाटन खेलमा बिहीबार आयोजक क्लबलाई ३–० ले हराउँदै पुलिस अघिल्लो चरणमा पुगेको हो । पुलिसका लागि भरत शाह, अभिषेक रिजाल र तेज तामाङले गोल गरे । ठुलो टुडिखेलमा खेल सुरु भएको ५ मिनेटमै भरतले पुलिसका लागि […]

March 30, 2017

नेपालले हङकङलाई ७ विकेटले हरायो

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली क्रिकेट टोलीले जितका साथ आज बंगलादेशमा जारी इमर्जिङ नेसन्स कप क्रिकेटको यात्रा अन्त्य गरेको छ । प्रतियोगिताबाट बहिरिइसकेका दुई टोलीबीचको प्रतिस्पर्धानमा नेपालले हङकङलाई ७ विकेटले हराएको छ । २ सय १५ रनको लक्ष्य पछ्याएको नेपालको कप्तान ज्ञानेन्द्र मल्ल, सिनियर खेलाडी शरद भेषावकर र युवा खेलाडी दीपेन्द्र सिंह ऐरीले अर्धशतक पुरा गरेपछि […]

Success

Thank you for your time.