default_image

breaking big news

April 22, 2017

बिराटनगरलाई जितका लागि १ सय ६० रनको लक्ष्य

धनगढी (हाम्रो खेलकुद) – धनगढी प्रिमिएर लिग अन्तर्गत एस.एस.पी मैदानमा जारी फाइनल टस जितेर खेलमा पहिलो ब्याटिङ गरेको टिम चौराहा धनगढीले बिराटनगर किङ्सलाई १ सय ६० रनको लक्ष्य दिएको छ। ४ रनको स्थितिमा दुवै ओपनरलाई गुमाएको चौराहाले मध्यक्रमको ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेपछि निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५९ रन जोडेको थियो। ओपनर […]

Rabin Shrestha

April 21, 2017

रविनले घुँडाको शल्यक्रिया गराए, कम्तिमा सात महिना मैदान बाहिर

काठमाडौँ (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका भरपर्दा डिफेन्डर रविन श्रेष्ठले हिजो घुँडाको चोटको शल्यक्रिया गरेका छन्। चैत १५ गते फिलिपिन्सविरुद्ध एसियन कप छनोट चरणअन्तर्गत समूहको पहिलो खेलका दौरान उनको घुँडामा चोट लागेको थियो ।  मेडिकल भाषामा ए.सी.एल. च्यातिएको भनिने सो भाग फुटबलमा भैरहने घुँडाको चोट हो| शल्यक्रियासंगै रविनले कम्तिमा सात महिना आराम गर्नुपर्नेछ। गत महिना फिलिपिन्स […]

April 21, 2017

एएफसी यु-१६मा नेपाल र भारत एकै समुहमा

क्वालालम्पुर – मलेसिया स्थित एएफसीको मुख्यालय एएफसी हाउस, क्वालालम्पुरमा आयोजित एएफसी यु-१६ च्याम्पियनसिपको छनोट चरणको ड्रमा नेपाल भारतसंगै समुह ‘डी’ मा परेको छ। ४५ राष्ट्र सम्मिलित प्रतियोगिताको छनोट चरणलाई पुर्व र पश्चिम गरेर दुइ खेमामा बिभाजन गरि ड्र आयोजना गरिएको थियो। नेपाल सहित दक्षिण एसियाली राष्ट्र पश्चिम समुहमा रहेका छन्। समूह ‘डी’ मा रहेको नेपालको […]

April 21, 2017

बिराटनगर र चौराहा डिपिएल उपाधिको लागि भिड्दै

धनगढी (हाम्रो खेलकुद) – शनिबार हुने धनगढी प्रिमिएर लिगको फाइनल खेलमा पारस खड्काको कप्तानीमा रहेको टिम चौराहा धनगढी र शरद भेषावकर कप्तान रहेका बिराटनगर किङ्स भिड्दै छन्। पहिलो ३ खेल हारेको चौराहाले लिग चरणका अन्तिम २ खेल जित्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको थियो। एलिमिनेटरमा काठमाडौँ गोल्डेन्सलाई ६ विकेटले पराजित गरेको चौराहाले दोश्रो क्वालिफायरमा रुपन्देहीलाई […]

April 20, 2017

चौराहा डीपीएलको फाइनलमा प्रवेश

धनगढी (हाम्रो खेलकुद) – धनगढी प्रिमिएर लिगको दोश्रो क्वालिफायरमा टिम चौराहा धनगढीले रुपन्देही च्यालेन्जर्सलाई ९२ रनको भारी अन्तर ले पराजित गर्दै फाइनल प्रवेश गरेको छ। पहिलो ब्याटिङ गरेको टिम चौराहा धनगढीले रुपन्देही च्यालेन्जर्ससामु १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। विशाल लक्ष्य पछ्याउन ब्याटिङमा उत्रिएको रुपन्देही ८० रनमा अलआउट भएको थियो। १५.२ ओभर मात्र […]

Paras

April 20, 2017

चौराहाका कप्तान पारसको शानदार अर्धशतक

धनगढी (हाम्रो खेलकुद) – सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग अन्तर्गतको दोस्रो क्वालिफायर खेलमा कप्तान पारस खड्काको अर्धशतकको मद्धतले चौराहाले रुपन्देही सामु ठूलो लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ रोजेको धनगढी टिम चौराहाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको हो । चौथो नम्बरमा ब्याटिङमा आएका कप्तान पारसले अविजित रहँदै […]

April 20, 2017

रुपन्देहीलाई जितको लागि १ सय ७३ रनको लक्ष्य

धनगढी (हाम्रो खेलकुद) – धनगढी प्रिमिएर लिगको दोश्रो क्वालिफायरमा पहिलो ब्याटिङ गरेको टिम चौराहा धनगढीले रुपन्देही च्यालेन्जर्ससामु १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ। कप्तान पारस खड्काको कप्तानी पारीको मद्दतले टिम चौराहा धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाऊँदै १ सय ७२ रनको योगफल खडा गरेको थियो। खड्काले ४१ बलमा अविजित ६७ रन बनाऊँदै […]

April 19, 2017

जितसंगै पारसको चौराहा क्वालिफायरमा प्रवेश; काठमाडौँ बाहिरियो

धनगढी (हाम्रो खेलकुद)– धनगढी टिम चौरहा सगरमाथा सिमेन्ट डिपिएल क्रिकेटको दोस्रो क्लालिफायरमा पुगेको छ। वसन्त रेग्मीको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्सलाई आज ६ विकेटले हराउँदै पारस खड्काको कप्तानीमा चौराहाले फाइनल प्रवेशको सम्भावनालाई जीवित राखेको छ। पारस खड्काको नेतृत्वमा फाइनल प्रवेशका लागि चौराहाले बिहीबार रुपन्देही च्यालेन्जर्सको सामना गर्नेछ। रुपन्देहीलाई बुधबार बिहानको खेलमा विराटनगर किङ्सले २९ रनले हराउँदै […]

April 19, 2017

विराटनगर किङ्स डिपिएलको फाइनलमा

धनगढी (हाम्रो खेलकुद)– विराटनगर किङ्ग सगरमाथा सिमेन्ट डिपिएल क्रिकेटको फाइनल पुगेको छ। रुपन्देही च्यालेन्जर्सलाई क्वालिफायर्स बुधबार २९ रनले हराउँदै शरद भेषावकरको कप्तानीमा रहेको विराटनगर उपाधि नजिक पुगेको हो। विराटनगर फाइनलमा पुग्ने पहिलो टोली बनेको छ । फाइनल पुग्ने अर्को टोली टुंगो भोलीमात्र लाग्नेछ । फाइनल पुग्नका लागि रुपन्देहीसँग अर्को एउटा मौका रहेको छ । धनगढी […]

April 18, 2017

रुपन्देही र बिराटनगर क्वालिफायरमा भिड्दै

धनगढी (हाम्रो खेलकुद) – धनगढी प्रिमिएर लिग अन्तर्गत प्लेअफ चरणको पहिलो क्वालिफायर खेलमा शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्स र शरद भेषावकरको कप्तानीमा रहेको बिराटनगर किङस भिड्दैछन्। लिग चरणमा शीर्षस्थानमा रही छनोट भएको रुपन्देहीले आफुले खेलेको पाँच खेलमध्य चार खेलमा जित दर्ता गरेको थियो। उता बिराटनगरले भने ३ जित र २ हारसंगै ६ अंकका साथ […]

Success

Thank you for your time.