default_image

breaking big news

June 26, 2017

कन्फेडेरेसन कपका ५ उत्कृष्ट खेलाडी

एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत आइतबारका खेलसँगै समूह चरणका सम्पूर्ण खेलहरु समाप्त भैसकेका छन्। सेमिफाइनल समिकरण पुरा भएसँगै अर्को चरणमा प्रवेश गर्ने चारै टोली तयारीमा जुटिसकेका छन्। समूह ‘ए’बाट पोर्चुगल र मेक्सिकोले सेमिफाइनलमा स्थान बनाए भने समूह ‘बी’बाट जर्मनी र चिली दोश्रो चरणमा पुगेका छन्। सेमिफाइनलमा जर्मनीले मेक्सिकोसँग खेल्नेछ भने पोर्चुगलले चिलीको सामना गर्दैछ। […]

June 26, 2017

जर्मनी अपराजित रहँदै सेमिफाइनलमा

एजेन्सी – क्यामरुनमाथि शानदार जित दर्ता गर्दै विश्वकप विजेता जर्मनी समूह चरणमा अपराजित रहँदै फिफा कन्फेडेरेसन कपको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार रातीको खेलमा जर्मनीले अफ्रिकन च्याम्पियन क्यामरुनलाई ३-१ले पराजित गरेको हो। सेमिफाइनल पुग्ने सम्भावना बोकेका दुवै टोलीले पहिलो हाफमा निकै प्रयास गरेपनि कुनै टोलीबाट गोल हुन सकेको थिएन। तर, दोश्रो हाफको ४८औं मिनेटमा केरेम […]

June 25, 2017

अष्ट्रेलियासँग अंक बाँड्दै चिली सेमिफाइनलमा

एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत शनिबार रातीको खेलमा अष्ट्रेलियासँग १-१को बराबरी खेल्दै चिली समूहको दोश्रो स्थानमा रहँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोली सेमिफाइनलमा पुग्ने लक्ष्य लिएर मैदानमा उत्रिएका थिए। अष्ट्रेलियाले खेलको ४२औं मिनेटमा गोल गर्दै अप्रत्यासित नतिजा निकाल्ने देखिएको थियो। जेम्स ट्रोइसीले डिफेन्सको गल्तिको फाइदा उठाउँदै गोलरक्षकलाई चिप गर्दै अष्ट्रेलियालाई […]

June 25, 2017

थलिएको दशरथ रंगशाला कहिले बन्ला ?

सुबास हुमागाईं काठमाडौं – देशको एकमात्र अन्तर्राष्ट्रिय भनिएको दशरथ रंगशाला कहिलेबाट पुनः खेल्न लायक हुन्छ त्यसको प्रष्ट जवाफ कसैसँग छैन । रंगशालाको पूर्ननिर्माण कहिल्यै सम्पन्न हुन्छ भन्ने प्रश्नमा जिम्मेवार पदाधिकारी र प्राविधिकबाटै फरक फरक जवाफ आएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशबकुमार विष्ट अबको एक बर्षमा पूर्न निर्माण पुरा हुने दाबी […]

June 25, 2017

नेपाल यु२३ले बंगलादेशसँग खेल्ने

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यु२३ च्याम्पियनसिपको छनोट चरणको तयारीमा रहेका नेपाल र बंगलादेशले असारको अन्त्यतिर मैत्रीपूर्ण खेल खेल्ने भएका छन्। संयुक्त अरब इमिरेट्समा (युएई) हुने प्रतियोगिताको समूह ‘डी’ मा रहेको नेपालले पहिलो खेल असार ३१ गते खेल्नेछ। प्रतियोगिताको तयारीमा विगत डेढ सातायता एन्फा कम्प्लेक्समा प्रशिक्षणरत टोलीले असार २७ गते बंगलादेशको यू२३ टोलीसँग मैत्रीपूर्ण खेल […]

June 25, 2017

अस्ट्रेलियामा जगजितको टोली नुवावडिङको जित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठको नयाँ क्लब नुवावडिङ सिटी एफसीले आइतबार एनपिएलमा विजयी भएको छ । जगजितको टोलीले रिचमन्ड सकर क्लबलाई ३–१ ले हराएको छ । सनसाइन क्रस एफसी क्लबबाट दुई साताअघि नवावडिङमा पुगेपछि जगजितको त्यो तेस्रो खेल हो । उनको ‘‘डेब्यू’ खेलमा टोली विजयी भएपछि गत साता भने टोली मोरल्यान्ड सिटी एफसीसँग […]

June 25, 2017

क्रिकेटर शरद र नायिका नीशा यसै साता विवाह गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य शरद भेषावकर र कलाकार नीशा अधिकारीबीच यसै साता विवाह हुने भएको छ। विवाह राजधानीमा असार १६ गते हुने शरदले हाम्रो खेलकुद डट कमलाई जानकारी दिएका छन्। उनीहरु लामो समयदेखि प्रेम सम्बन्ध रहेको थियो। क्रिकेटरहरु विवाह बन्धनमा बाँधिने क्रममा शरद पनि सोहि सुचिमा थपिएका छन्। यस वर्ष सुबास […]

June 25, 2017

बेकह्यामले धोका दिएपछि बार्सिलोनाले रोनाल्डिन्हो भित्र्याएको खुलासा

एजेन्सी – सन् २००३को ट्रान्सफर विन्डोको बेलामा बार्सिलोनाले म्यानचेस्टर युनाइटेडका स्टार डेबिड बेकह्यामलाई भित्र्याउन सबै प्रक्रिया पुरा हुँदापनि अन्तमा खेलाडीले चाह नदेखाएको खुलासा भएको छ। बार्सिलोना र युनाइटेडले सबैखाले सहमति जनाएपनि बेकह्यामले भने अन्तिम समयमा रियल म्याड्रिड रोजेका थिए। बार्सिलोनाका त्यसबेलाका अध्यक्षका प्रत्यासी जोआन लापोर्टाले स्पेनिस पत्रिकालाई उदृत गर्दै बेकह्यामले रियलमा अनुबन्धित हुन बार्सिलोनाको प्रयोग […]

June 25, 2017

भारोत्तोलनका मुख्य प्रशिक्षक जोशी रहेनन्

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली भारोत्तोलनका मुख्य प्रशिक्षक सुनिललाल जोशीको उपचारका क्रममा आज निधन भएको छ । जेठ अन्तिममा हृदयघात भएपछि जोशीलाई उपचारका लागि गंगालाल हृदयरोग केन्द्र लगिएको थियो । त्यहि उपचारका क्रममा ५२ बर्षे जोशीको निधन भएको दक्षिण एसियाली खेलकुद (साग) का करातेका स्वर्ण पदक विजेता रवि महर्जनले जानकारी दिए । ओलम्पियन जोशी दक्षिण […]

June 24, 2017

जितसँगै पोर्चुगल सेमिफाइनलमा

एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत शनिबार रातीको खेलमा न्युजिल्याण्डलाई ४-०ले पराजित गर्दै पोर्चुगलले सेमिफाइनलमा स्थान पक्का गरेको छ। समूह ‘ए’को अंक तालिकामा २ जित र १ बराबरीसँगै ७ अंक जोड्दै पोर्चुगल समूह विजेताको रुपमा अर्को चरणमा पुगेको हो। खेलको ३३औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। यो रोनाल्डोले सिजनको […]

Success

Thank you for your time.