default_image

breaking big news

March 18, 2017

काहिलको निर्णायक गोलमा चेल्सीको जित, एभर्टन र लेस्टर विजयी

लन्डन (एजेन्सी) – खेलको अन्त्यतिर ग्यारी काहिलले निर्णायक गोल गरेपछि स्टोक सिटीलाई २–१ ले हराउँदै प्रिमियर लिगको शीर्ष टोली चेल्सीले शनिबार दोस्रो स्थानको टोलीसँग १३ अंकको दुरी बनाएको छ । १ खेल कम खेलेका दोस्रो स्थानको टोटेनह्याम र म्यानचेस्टर सिटीको समान ५६ अंक छ । खेलेको १३ औं मिनेटमा विलियनको फ्रिकिक गोलबाट चेल्सीले अग्रता बनाएको […]

March 18, 2017

जितसँगै शीर्षस्थानमा दुरी बढाउँदै रियल

स्पेन (एजेन्सी)– स्पेनिस ला लिगमा रियल म्याड्रिड शीर्षस्थानमा थप मजबुद बनेको छ । शनिबार एथ्लेटिक बिल्बाओलाई २–१ ले हराउँदै रियलले दोस्रो स्थानको बार्सिलोनालाई ५ अंकले पछाडि पारेको छ । खेलको २५औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । क्रिस्टियानो रोनाल्डोको क्रसलाई सदुपयोग गर्दै बेन्जेमाले गोल गरेका हुन् । तर ६५औं मिनेटमा अरिट्ज […]

default_image

March 18, 2017

आर्सनलको हारसंगै वेङ्गरमाथि दबाव थपिदैं

एजेन्सी – डिफेन्डर क्रेग डसनले दुइ गोल गरेपछि इङ्लिस प्रिमिएर लिग अन्तर्गत शनिबार भएको खेलमा आर्सनलले वेष्ट ब्रमविच आल्बीअनसंग ३-१को हार व्येहोरेको छ। खेलको १२औं मिनेटमा क्रेग डसनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए तर त्यसको तिन मिनेटपछि एलेक्सिस स्यान्चेजले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। दोश्रो हाफको ५५औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान […]

March 18, 2017

नेपालगञ्जमा खेल संस्कारलाई पूर्नजीवन दिने प्रयासमा खेलकर्मी

प्रकाश तिमल्सिना नेपालगञ्ज– टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको बिहीबार फाइनल सकिएको केही क्षणपछिबाट आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीको मोबाइलमा एक पछि अर्को कल आउन थाल्यो । मोबाइल उठाउँदै धन्यवाद दिदामा उनलाई फुर्सद भएन । अलि रात पर्दै गएपछि भने उनले मोबाइलको स्विच अफ नै गरे । अधिकांश फोन बधाईका थिए । […]

March 18, 2017

फडेरेसन अस्ट्रेलिया कपमा जगजितको टोलीको हार

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठको अस्ट्रेलियन क्लब सनसाइन जर्ज क्रस एफसी फुटबल फेडेरेसन अस्ट्रेलिया कपको चौथो चरणमा पराजित भएको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा साइनसाइन एक श्रेणीमाथिको शीर्ष टोली अभोनडेल एफसीसँग टाइब्रेकरमा ४–३ ले पराजित भएको थियो । निर्धारित ९० र थप ३० मिनेटमा पनि गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी सुट आउटमा […]

March 17, 2017

राष्ट्रिय टोलीको अन्तिम छनोटमा पर्न को-को चुके?

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट अन्तर्गत आगामी चैत १५ गते हुने फिलिपिन्स विरुद्धको खेलका लागि जापानिज प्रशिक्षक ग्योतोकु कोजीले शुक्रबार अन्तिम नामावली घोषणा गरे। २७ खेलाडी सम्मिलित दोश्रो चरणको नामवली बाट ७ खेलाडी अन्तिम चरणमा पर्न सकेनन। यसअघी ३६ खेलाडीको प्रारम्भिक छनोटबाट ९ खेलाडी घटाइएको थियो। राष्ट्रिय टोलीका नियमित कप्तान अनिल गुरुङ […]

March 17, 2017

च्याम्पियन्स लिगमा बायर्न र रियल भिड्ने

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा साविकको विजेता रियल म्याड्रिड र जर्मन च्याम्पियन बायर्न म्युनिख भिड्ने भएका छन्। युरोपियन फुटबल एसोसिएसनको मुख्यालयमा शुक्रबार आयोजित क्वाटरफाइनल ड्रमा अर्को स्पेनिश क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्टसको सामना गर्नेछ भने एट्लेटिको मड्रिडले लेष्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछन्। बोरुसिया डर्टमुण्डले फ्रान्सको मोनाकोलाई क्वाटरफाइनलमा प्रतिद्वन्दी पाएको छ । पहिलो लेगका खेलहरु […]

March 17, 2017

एएफसी यु-२३ छनोट: नेपाल कठिन समूहमा

क्वालालम्पुर (एजेन्सी)–अर्को बर्ष चीनमा आयोजना हुने एएफसी यू २३ च्याम्प्यिनसिप फुटबलको छनोट चरणको ड्रमा नेपाल कठिन समुहमा परेको छ।  समुह ‘डी’मा नेपालसहित लेबनान, उज्बेकस्तान र युएई रहेका छन्।   छनोट चरणमा नेपालसहित एसियाली फुटबल महासंघ (एएफसी) का ४० सदस्य राष्ट्रलाई १० समूहमा विभाजन गरिएको थियो । हरेक समूहमा ४ टोली रहनेछन् । राउन्ड रोविन लिगपछि हरेक […]

March 17, 2017

फिलिपिन्सविरुद्ध खेल्ने अन्तिम टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)– फिलिपिन्सविरुद्ध हुने एएफसी एसियन कप २०१९ को छनोट खेलका लागि जापानी प्रशिक्षक ग्योतोकु कोजीले शुक्रबार अन्तिम टोलीको घोषणा गरेका छन्। दोश्रो चरणका २७ खेलाडीबाट ७ खेलाडी घटाउदै २० खेलाडी अन्तिम नामावलीमा परेका हुन्। एसियन कप छनोटको पहिलो खेल नेपाल र फिलिपिन्सबीच मार्च २८ मा फिलिपिन्समा पहिलो खेल हुनेछ । टोलीमा विकेश कुथु, […]

March 17, 2017

एएफसी यू २३ च्याम्पियनसिप छनोटको ‘ड्र’ आज, नेपाल पनि सहभागी

क्वालालम्पुर (एजेन्सी)–अर्को बर्ष चीनमा आयोजना हुने एएफसी यू २३ च्याम्प्यिनसिप फुटबलको छनोट चरणको ड्र अबको केही समयमा मलेसियाको क्वाललम्पुरस्थित एएफसी हाउसमा हुँदैछ । छनोट चरणमा नेपालसहित एसियाली फुटबल महासंघ (एएफसी) का ४० सदस्य राष्ट्र रहेका छन् । एएफसीको आधिकारिक वेभसाइटका अनुसार सहभागी टोलीलाई १० समूहमा विभाजन गरिनेछ । हरेक समूहमा ४ टोली रहनेछन् । राउन्ड […]

Success

Thank you for your time.