August 8, 2017
सुबास हुमागाईं काठमाडौँ – फुटबलमात्र होइन कुनै पनि खेलका अधिकांश खेलाडीको राष्ट्रिय टोलीबाट खेल्ने चाहना हुन्छ । पोखराका अनिल गुरुङको पनि त्यो चाहना थियो । दशकअघि उनले राष्ट्रिय टोलीबाट खेल्ने चाहना पुरा पनि गरे । अहिले फर्केर हेर्दा कथा जस्तै लाग्ने कोसेढुंगा नजिक पुगेका छन् । राष्ट्रिय टोलीबाट अब एउटा खेल खेल्न पाए भने त्यो […]
August 8, 2017
म्यासेडोनिया (एजेन्सी) – युएइफा सुपर कप अन्तर्गत हुने च्याम्पियन्स लिग विजेता र युरोप लिगको विजेता बिचको खेल म्यासेडोनियामा मंगलबार खेलिंदैछ। स्पेनिस च्याम्पियन रियल म्याड्रिड र इङ्गलिस क्लब म्यानचेस्टर युनाइटेड सिजनको पहिलो औपचारिक उपाधिका लागि भिड्दै छन्। जिनेदिन जिदानको प्रशिक्षकत्वमा रहेको रियलको सामना गर्न जोसे माउरिन्होको टोली सोमबार त्यसतर्फ लागेको छ। यी दुई टोलीले ३३ हजार […]
August 8, 2017
बार्सिलोना (एजेन्सी) – स्पेनिस क्लब बार्सिलोनाले ब्राजिलियन टोली चापेकोएन्सीलाई ५-०ले पराजित गरेको छ। जोआन ग्याम्पर ट्रफी अन्तर्गत आइतबार भएको खेलमा बार्सिलोनाले खेलको सुरुवातबाटै पकड जमाएको थियो। जेरार्ड डेउलेफेउले खेलको छैटौं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए। उनले इभान राकीटिचले बक्सभित्र उत्कृष्ट मुभ बनाएपछि खाली पोष्टमा गोल गरेका थिए। त्यसको ५ मिनेट नबित्दै बार्सिलोनाले अग्रता दोब्बर पर्यो। […]
August 7, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट चरणको तेस्रो खेलको तयारीमा रहेको नेपाली राष्ट्रिय टोली यहि शुक्रबार जापान प्रस्थान गर्ने भएको छ। अर्को महिना घरेलु मैदानमा ताजकिस्तानको सामना गर्नुअघि नेपाली टोलीले झन्डै दस दिन जापानमा प्रशिक्षण र केही मैत्रीपूर्ण खेल खेल्ने भएको छ। नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले नेपाली टोलीले यस भ्रमण निकै […]
August 7, 2017
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेडविरुद्ध मंगलबार उत्रने सम्भावना रहेको छ । च्याम्पियन्स लिग विजेता रियल र युरोपा लिग विजेता युनाइटेडबीच युइएफा सुपर कपमा प्रतिस्पर्धा हुँदैछ । प्रि सिजनमा नरहेका रोनाल्डो युनाइटेडविरुद्धको २४ सदस्यीय टोलीमा समेटिएका छन् । प्रि सिजनको कुनै खेलमा नखेलेका रोनाल्डो सुपर कपमा अधिकांशको ध्यान खिच्ने खेलाडीका रुपमा हेरिएका […]
August 7, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल जुडो संघको आयोजनामा आठौं संस्करणको अम्बिका बहादुर क्षेत्री स्मृति खुल्ला जुडो च्याम्पियनसिप हुने भएको छ। च्याम्पियनसिप साउन २७, २८ र २९ गते तीन दिनसम्म सातदोबाटोस्थित लुम्बिनी हलमा हुनेछ । प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ आठ उमेर समूहमा प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ ५५ केजी तौल समूहमुनि, ६० केजी तौल समूह मुनि, […]
August 6, 2017
लन्डन (एजेन्सी) – गत सिजनको एफए कप च्याम्पियन आर्सनलले प्रिमियर लिगको साविक विजेता चेल्सीलाई पराजित गर्दै एफए कम्युनिटी सिल्डको उपाधि जितेको छ। वेम्बली रंगशालामा भएको खेलमा चेल्सीले आर्सनललाई पेनाल्टी सुटआउटमा ४-१ले पराजित गरेको हो। निर्धारित ९० मिनेटको खेल १-१को बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट लिइएको थियो। चेल्सीका गोलरक्षक थिबाउ कोर्टुआ र अल्भारो मोराटाले आ-आफ्नो […]
August 6, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेबा प्रेसिडेन्ट कप थ्री बाइ थ्री राष्ट्रव्यापी पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको उपाधि क्रमश: गोल्डेनगेट ‘बी’ र प्राइम ‘डि’ ले जितेका छन् । आइतबार भएको दुवै फाइनल खेल प्रतिस्पर्धात्मक रह्यो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुरुष फाइनलमा गोल्डेनगेट ‘बी’ ले गोल्डेनगेट ‘ए’ लाई २१–२० को झीनो अन्तरले […]
August 6, 2017
पोखरा (हाम्रो खेलकुद) – माछापुच्छ्रे क्रिकेट क्लब र खुकुरी इन्टरटेनमेन्टको संयुक्त आयोजनामा हुने माछापुच्छ्रे क्रिकेट लिग (एमसीएल) टि२०को खेलाडी किनबेच (अक्सन) सम्पन्न भएको छ। ६ टोलीको सहभागिता रहने प्रतियोगिता भदौको पहिलो साताबाट पोखरामा हुँदैछ। आइतबार पोखरामा एक कार्यक्रम आयोजना गरेर १ सय ४५ खेलाडी मध्य ८४ खेलाडीलाई टोलीहरुले खरिद गरेका थिए। गण्डकी र धौलागिरी अञ्चलका […]
August 6, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठको अस्ट्रेलियन क्लब नुनावाडिङ सिटी एफसीले आइतबार बराबरी खेलको छ । अघिल्लो साता सानदार जित दर्ता गरेको नुनावाडिङले आज मोरेल्यान्ड जेब्राससँग १–१ को बराबरी खेलेको हो । दोस्रो हाफमा गोल फर्काउँदै नुनावाडिङले खेललाई बराबरीमा पुर्याएको थियो । खेलको ७५ औं मिनेटमा पेट्रिक गेरार्टले फ्रिकिकमार्फत खेलमा बराबरी गरेका थिए । […]