default_image

breaking big news

August 11, 2017

‘मेरो ब्वाईफ्रेण्ड छ जस्तो लाग्छ र ?’ – भलिबलकी प्रतिभासँगको १२–२७ कुरा

काठमाडौं– नाम जस्तै प्रतिभा भएकी प्रतिभा माली भलिबललाई पछ्याउने जो कोहीले चिन्ने नाम हो । पछिल्लो केही बर्षयताको कुनै पनि भलिबल प्रतियोगिता यस्तो छैन, जहाँ प्रतिभाको चर्चा नभएको होस् । उनले हरेक जसो प्रतियोगितामा कुनै न कुनै व्यक्तिगत उपाधि जितेकी नै हुन्छिन् । भलिबलमा मुख्यतः विभागिय टोली (सेना, प्रहरी र एपिएफ) कै बढी दबदबा रहने […]

Paras and Meh

August 11, 2017

सिंगापुरमा पारस र मेहबुब सम्मिलित टिम पराजित

काठमाडौँ (हाम्रो खेलकुद ) – सिंगापुरमा आजबाट शुरु भएको पाँचौ संस्करणको सिंगापुर क्रिकेट क्लब इन्टर नेशनल टी–२० क्रिकेट प्रतियोगितामा नेपालका दुई खेलाडी पारस खड्का र मेहबुब आलम सम्मिलित सिंगापुर इमर्जिङ स्टार पराजित भएको छ । सिंगापुरस्थित पादाङ क्रिकेट मैदानमा शुक्रबार भएको पहिलो खेलमा नेपाली राष्ट्रिय टिमका कप्तान पारस र टिमका महत्वपूर्ण सदस्य मेहबुब सम्मिलित सिंगापुर इमर्जिङ […]

August 11, 2017

फिफा वरियतामा नेपाल एक स्थान उक्लियो

काठमाडौं (हाम्रो खेलकुद)– फिफा वरियतामा नेपाल एक स्थान माथि उक्लेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार अगस्ट महिनाका लागि सार्वजनिक गरेको वरियतामा नेपाल १ सय ६९ औं स्थानमा छ । अघिल्लो महिना नेपाल १ सय ७० औं स्थानमा थियो । जुन महिनामा नेपालले एसियन कप छनोटअन्तर्गत यमनसँग हलचोकमा गोलरहित बराबरी खेलेको थियो भने […]

August 11, 2017

प्रिमियर लिग आजबाट सुरु हुँदै

लन्डन (एजेन्सी) – इङ्गलिस प्रिमियर लिग सिजन २०१७/१८को पहिलो खेलमा शुक्रबार आर्सनल र लेस्टर भिड्दैछन्। आर्सनलको घरेलु मैदानमा हुने खेलमा स्टार खेलाडी एलेक्सिस स्यान्चेज र मेसुट ओजिल भने उपस्थित हुने छैनन्। स्यान्चेज र ओजिल दुवै खेलाडी चोटका कारण विश्राममा छन्। गत साता भएको कम्यूनिटी सिल्डको खेलमा पनि दुवै खेलाडी दर्शकदिर्धामा रहेका थिए। आर्सनलले उक्त खेल […]

August 10, 2017

प्रर्दशनमा सुधार आउने कप्तान अनिलको विश्वास

काठमाडौं(हाम्रो खेलकुद ) – एएफसी एसियन कपको छनोट चरणको तयारीमा रहेको नेपाल थप तयारी र अभ्यासका लागि शुक्रबार जापान प्रस्थान गर्दैछ । जापान जाने नेपाली टोलीलाई नेपालका लागि जापानी राजदुत मासासी ओगावा, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट र अखिल नेपाल फुटबल संघ(एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठ लगायतले बिहिबार एक कार्यक्रमका बीच विदाई गरे । […]

August 10, 2017

फिला अब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – खेलकुदको विभिन्न सामग्रीहरु उत्पादन गर्ने चर्चित इटालियन ब्राण्ड फिलाले आफ्नो व्यवसाय नेपालमा शुरु गरेको छ। राजधानीको दरबारमार्गमा अवस्थित फिला सोरुमको उद्घाटन नेपाली राष्ट्रिय टिमका महत्वपूर्ण सदस्य तथा रुस्लान थ्रीस्टार क्लबका कप्तान विक्रम लामाले बिहिबार उद्घाटन गरे। इटालीको चर्चित ब्राण्ड फिला नेपालमा ल्याउने काम स्पोर्टस् प्लाजा प्रालिले गरेको हो। हाल नेपालमा एडिडास, […]

August 10, 2017

नेपाली फुटबल टोली भोली जापान जाँदै, आज विदाई

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटको तयारीका लागि नेपाली राष्ट्रिय टोली बिहीबार जापान जाने यसअघि नै तय भइसकेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज दिउँसो टोलीको विदाई गर्ने जनाएको छ ।   नेपाली टोलीले जापानमा ५ वटा मैत्रीपूर्ण खेल खेल्ने तय भएको एन्फाले यसअघि नै जानकारी दिइसकेको छ । एसियन […]

August 9, 2017

रियलका इस्को सम्झौता नविकरणको निकट

म्यासेडोनिया (एजेन्सी)– रियल म्याड्रिडका स्टार इस्को क्लबसँग नयाँ सम्झौताको निकट रहेको बताएका छन् । जिनेदिन जिदानको टोली रियलले मंगलबार युइएफले सुपर कप फाइनलमा म्यानचेस्टर युनाइटेडलार्ई २–१ ले हराउँदा इस्कोले निर्णायक गोल गरेका थिए । रियलमा भविष्यलाई लिएर गरिएको प्रश्नमा जवाफमा दिने क्रममा इस्को सम्झौता नविकरणको लागि उत्साहित रहेको उल्लेख गर्दै भने,‘यो चाँडै हुनेछ । हामी […]

August 9, 2017

करण अघि बढेपनि बागलुङको क्रिकेट अझै पछाडि

अर्जुन कार्की बागलुङ – तीब्र गतिका बलर करण केसी छोटो समयमा नेपाली क्रिकेटमा स्थापित नाम हो । अहिले उनको खेल मनपराउने धेरै छन् । तर, उनले जुन जिल्लाबाट अघि बढ्दै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको परिचय बनाए त्यो जिल्लामा भने क्रिकेटको अवस्था निकै उराठ लाग्दो छ । करणले पश्चिमको बागलुङबाट घरेलु क्रिकेटको यात्रा सुरु गरेका थिए । […]

August 9, 2017

रियल म्याड्रिडलाई सुपर कप उपाधि

म्यासेडोनिया (एजेन्सी) – युरोपा लिगको साविक विजेता म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै गत सिजनको च्याम्पियन्स लिगको विजेता रियल म्याड्रिडले युएइफा सुपर कपको उपाधि जितेको छ। मंगलबार राति भएको खेलमा स्पेनिस टोली म्याड्रिड २-१ले विजयी भएको हो। खेलको २४औं मिनेटमा मिडफिल्डर क्यसेमिरोले गोल गरेपछि म्याड्रिडले खेलमा अग्रता लिएको थियो। ड्यानी कर्भाजलको क्रसमा क्यसेमिरोले डिफेन्डरहरुलाई बिट गर्दै डी-बक्स […]

Success

Thank you for your time.