default_image

breaking big news

Paras and Meh

August 13, 2017

पारस र मेहबुब सम्मिलित टोली फाइनलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का र मेहबुब आलम सम्मिलित सिंगापुर इमर्जिङ स्टार पाँचौ संस्करणको सिंगापुर अन्तर्राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पराजित भएको छ । सिंगापुरस्थित पादाङ क्रिकेट मैदानमा आइतबार भएको खेलमा सिंहालेस क्रिकेट क्लबसँग १० विकेटले पराजित भएपछि नेपाली खलाडी सम्मिलित टोली उप विजेतामा समिति भएको छ । पारस महबुस सम्मिलित […]

August 13, 2017

यू–१९ क्रिकेट टोली प्रारम्भिक छनोटमा २८ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)– मलेसियामा अर्को महिना हुने पूर्वी एसियास्तरको एसीसी यू–१९ क्रिकेट प्रतियोगिताको लागि २८ सदस्यीय टिमको प्रारम्भिक घोषणा भएको छ । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र यू–१९ टिमका प्रशिक्षक विनोद दासले खेलाडीको छनोट गरेका हुन् । एसीसी यू १९ प्रतियोगिता मलेसियामा सेप्टेम्बर ८ देखि १७ तारिख सम्म हुनेछ । नेपाली टिमको कप्तानी […]

default_image

August 13, 2017

माल्दिभ्समा किरणको टोलीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको माल्दिभियन क्लब टिसी स्पोर्टसले धिवेही प्रिमियर लिग (डिपिएल) मा गएराती सानदार जित दर्ता गरेको छ । टिसी स्पोर्टसले शनिबार कुडहुवदुलाई ६–१ को फराकिलो अन्तरले हराएको छ । डिपिएलको दोस्रो खेलमा किरणको टोलीको यो पहिलो जित हो । जितपछि किरणको टोली अंक तालिकाको तेस्रो स्थानमा उक्लेको […]

Ananta and Anjan

August 13, 2017

जापानमा नेपाली टोलीको मैत्रीपूर्ण खेलको तालिका

काठमाडौँ (हाम्रो खेलकुद ) – अर्को महिना ताजकिस्तानविरुद्ध घरेलु मैदानमा हुने एएफसी एसियन कप छनोटको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली जापान भ्रमणमा छ । शुक्रबार स्थानिय समय अनुसार २ बजे जापान पुगेको टोलीले त्यसै दिन अभ्यास थालेको थियो ।  आज पनि नेपाली टोलीले प्रशिक्षण गरेको टोलीका कप्तान अनिल गुरुङले जानकारी दिए । जापान भ्रमणमा नेपाली टोली विश्व विद्यालय, […]

August 12, 2017

सिजनको पहिलो खेलमै चेल्सीको हार

लन्डन (एजेन्सी)– साविक विजेता चेल्सीले हारबाट इङ्लिस प्रिमियर लिगको नयाँ सिजनको सुरुआत गरेको छ । ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको चेल्सी घरलु मैदानमा शनिबार बर्नलीसँग ३–२ ले पराजित भएको छ । चेल्सीका कप्तान ग्यारी केहिल १४ औं मिनेटमा । रातो कार्ड खाँदै मैदान बाहिरिएपछि चेल्सी पहिलो हाफमै ३–० ले पछि परेको थियो । […]

August 12, 2017

रोहित फर्केको खेलमा पर्सिजाको जित

काठमाडौं (हाम्रो खेलकुद)– चोटमुक्त भएर रोहित चन्द फर्केको खेलमा आइतबार उनको टोली पर्सिजा जकार्ताले जित हासिल गरेको छ । इन्डोनेसियाको लिग वनमा आज पर्सिजाले घरेलु मैदानमा पेरिसिबा बालिपापनलाई २–० ले हराएको हो । दुई साताअघि पहिलो रोजाइमा परेपनि वार्म अपका दौरान गोलीगाँठामा चोट लागेपछि रोहितले पछिल्ला दुई खेल गुमाएका थिए । आजको खेलमा भने उनी […]

August 12, 2017

खेलाडी छँदै प्रशिक्षक बन्नुपर्ने नियति

सुबास हुमागाईं पोखरा – ‘हाम्रो टोलीको मिडफिल्डमा प्रत्यक खेलअघि को खेलाउने भन्ने छान्न मलाई निकै कठिन हुन्छ। हाम्रो बेन्च र पहिलो रोजाईमा पर्ने मिडफिल्ड उस्तै छ।’, वि.सं. २०६९ सालको ‘ए’ डिभिजन लिगको अन्तिम खेलअघि त्यसबेलाका थ्री स्टार क्लबका प्रशिक्षक प्रदिप हुमागाईंले यस्तो अभिव्यक्ति दिएका थिए। त्यस समय थ्री स्टार क्लबका मिडफिल्डर विक्रम लामा आर्मीविरुद्धको अन्तिम […]

August 12, 2017

राष्ट्रिय टोलीलाई गोलकिपर किरणको शुमकामना

काठमाडौं (हाम्रो खेलकुद)– पहिलो रोजाईका गोलकिपर किरण चेम्जोङले नेपाली राष्ट्रिय फुटबल टोली जापान यात्राका लागि शुभकामना दिएका छन् । अर्को महिना घरेलु मैदानमा ताजकिस्तानसँग हुने एएफसी एसियन कप छनोटमा प्रतिस्पर्धा गर्दैछ ।   माल्दिभ्समा व्यवसायिक भूमिका निर्वाह गरिरहेका किरणले भनेका छन्,‘यो पटक म यात्रामा रहन सकिन । तयारीका लागि टोलीलाई शुभकामना दिन चाहन्छु । कुनै […]

August 11, 2017

नेपाली फुटबल टोली तयारीका लागि जापान उड्यो

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटको अर्को खेलको अन्तिम तयारीका २४ खेलाडीसहित ३० सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोली आज राती जापान उडेको छ । नेपाली टोलीले जापानमा ५ वटा मैत्रीपूर्ण खेल खेल्ने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघि नै जानकारी दिइसकेको छ । एसियन कप छनोट चरणको खेलका लागि अघिल्लो […]

August 11, 2017

नेपाली फुटबल टोली तयारीका लागि जापान जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटको अर्को खेलको अन्तिम तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज जापान जाँदैछ । नेपाली टोलीले जापानमा ५ वटा मैत्रीपूर्ण खेल खेल्ने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघि नै जानकारी दिइसकेको छ । एसियन कप छनोट चरणको खेलका लागि अघिल्लो पटक भन्दा यसपटक बढी संख्यामा […]

Success

Thank you for your time.