default_image

breaking big news

August 24, 2024

ब्राइटनसँग म्यानचेस्टर युनाइटेडको हार

एजेन्सी – म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग (इपिएल) को आफ्दोस्रो खेलमा नै पराजित भएको छ । ब्राइटनले शनिवार भएको खेलमा युनाइटेडलाई २-१ ले पराजित गर्यो । इन्ज्युरी समयको पाँचौं मिनेटमा जोआ पेद्रोको गोल हेड मार्फत गोल गरेपछि ब्राइटनले इपिएलमा लगातार दोस्रो जित निकालेको हो । त्यसअघि डानी वेलबेकको गोलमा ब्राइटनले अग्रता लिएको थियो। ६० औं […]

August 24, 2024

काभाका विभिन्न प्रतियोगितामा पदक जित्ने खेलाडी पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले काभाका विभिन्न प्रतियोगितामा पदक जितेका टोलीलाई शनिवार नगदसहित पुरस्कृत गरेको छ। गत महिना नेपालले भुटानमा काभा बीच भलिबल च्याम्पियनसिपमा‌ स्वर्ण, रजत, काठमाडौंमा‌ भएको महिला भलिबल नेसन्स लिगमा रजत र माल्दिभ्समा भएको यु २० महिला भलिबल च्याम्पियनसिपमा कास्य पदक जितेको थियो। काठमाडौंमा  काभा महिला भलिबल नेसन्स लिगको उप विजेता नेपाली […]

August 24, 2024

भट्टलाई राखेपको मुख्य भलिबल प्रशिक्षकको जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जगदिशप्रसाद भट्टलाई भलिबलको मुख्य भलिबल प्रशिक्षकको जिम्मेवारी दिइएको छ। काभाका विभिन्न भलिबल प्रतियोगिताका पदक विजेता खेलाडीलाई‌ पुरस्कृत गर्न शनिवार आयोजित कार्यक्रममा राखेपका सदस्य सचिव टंकलाल घिसिङले भट्टलाई भलिबलको मुख्य प्रशिक्षकको जिम्मेवारी दिने निर्णय भएको जानकारी दिए। नयाँ जिम्मेवारीको पत्र भने आइतवार दिइने उनले बताए। भट्ट झण्डै ३ […]

August 24, 2024

संयोजक वैद्यसहितको बहिष्कारका बाबजुद टेबलटेनिस संघको चुनाव हुने

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल टेबल टेनिसमा एक पक्षको बहिष्कारका बाबजुद साधारण सभा तथा निर्वाचन हुने भएको छ । टेबल‌ टेनिसको‌ तदर्थ समितिका संयोजक रहेका चतुरानन्द राजवैधसहित निर्वाचन नगराउनका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई निवेदन दिएका थिए । राखेपमा बुझाएको पत्रलाई आधार मान्दै एनओसीले आफ्नो प्रतिनिधि नपठाउने जानकारी दिएको […]

August 24, 2024

क्रिकेटर धवनले गरे सन्न्यासको घोषणा

एजेन्सी – भारतीय क्रिकेटर शिखर धवनले सन्न्यासको घोषणा गरेका छन् । धवनले शनिवार सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका हुन् । ‘जीवनमा अगाडि बढ्नका लागि बाटो बदल्नु महत्त्वपूर्ण छ । यसैले म अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट सन्न्यासको घोषणा गर्दैछु,’ उनले आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा भनेका छन्, ‘खुसीका साथ जाँदैछु कि मैले भारतका लागि यति […]

August 24, 2024

पिएसजीको फराकिलो जित

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी)ले लिग वानमा मोन्टपेलियरविरुद्ध फराकिलो जित दर्ता गरेको छ । घरेलु मैदान पार्क डे प्रिन्सेसमा लगातार दोस्रो जित दर्ता गर्ने क्रममा पिएसजीले शनिवार मोन्टपेलियरलाई ६-० ले पराजित गरेको हो । जितसँगै पिएसजीले दुई खेलबाट ६ अंक जोडेको छ। मोन्टपेलियरको भने समान खेलबाट १ अंक छ । पिएसजीको जितमा ब्राडली बारकोलाले […]

August 24, 2024

दक्षिण अफ्रिकामाथि वेस्ट इन्डिजको जित

एजेन्सी – तीन खेलको टि ट्वान्टी आई सिरिजका लागि वेस्ट इन्डिज भ्रमणमा रहेको दक्षिण अफ्रिका पहिलो खेलमा घरेलु टोलीसँग पराजित भएको छ । ब्रायन लारा क्रिकेट स्टेडियम ट्रिनिडाडमा शनिवार भएको खेलमा घरेलु टोली ७ विकेटले विजयी भएको हो । यो जितसँगै वेस्ट इन्डिजले सिरिजमा १-० को अग्रता लिएको छ । दक्षिण अफ्रिकाले दिएको १ सय […]

August 23, 2024

साफ यू२० को फाइनल मात्र दशरथ रंगशालामा

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू२० च्याम्पियनसिपको फाइनल खेल मात्र दशरथ रंगशालामा हुने भएको छ । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार सामाजिक संजालमार्फत यो जानकारी दिएको हो । शुक्रबार लिग चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १-० ले पराजित गरेपछि सेमिफाइनल समिकरण तयार भएको हो । समूह बी मा भारत विजेता र भुटान […]

August 23, 2024

पहिलो इनिङमा पाकिस्तानको अग्रता कायमै

एजेन्सी – दुई खेलको टेस्ट सिरिजका लागि पाकिस्तान भ्रमणमा रहेको बंगलादेशविरुद्ध घरेलु टोलीले तेस्रो दिन पनि अग्रता कायमै राखेको छ । पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा तेस्रो दिन शुक्रवारको खेल सकिदा पाहुना टोलीविरुद्ध घरेलु टोलीको अग्रता कायमै रहेको हो । तेस्रो दिनको समाप्तीमा बंगालादेशले ५ विकेट गुमाएर ३ सय १६ रन जोडेको छ । टोलीका लिटन […]

August 23, 2024

एरिका राइट पाथको ब्रान्ड एम्बासडर

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङलाई राइट पाथ कन्सल्टेन्सी ग्रुपले ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । राइट पाथका प्रमुख कार्यकारी अधिकृत एवं एफएनसीसीआईका केन्द्रीय सदस्य राजेश श्रेष्ठ, एरिका र नेपाल कराते महासंघका महासचिव दावा गुरुङले शुक्रवार सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार राइट पाथले एरिकालाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन, […]

Success

Thank you for your time.