August 15, 2017
जाकार्ता (एजेन्सी)– पहिलो हाफमा दुई गोलले पछि परेको नेपाली मिडफिल्डर रोहित चन्दको टोली पर्सिजा जाकार्ताले दोस्रो हाफको पुनरागमन सँगै पार्साटुएन सेपाक्बोला माकासासँथ अंक बाढेको छ । इन्डोनेसियाको प्रथम श्रेणीको लिगमा घरेलु मैदानमा भएको खेलमा रोहितको टोलीले २–२ को बराबरी खेलेको हो । चोटका कारण अघिल्ला ४ मध्ये दुई खेल गुमाएका रोहितले मंगलबारको खेल पुरै खेलेका […]
August 15, 2017
काठमाडौं (हाम्रो खेलकुद) – तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) आयोजना देशको प्रतिष्ठासँग जोडिएकाले कुनै हालतमा गर्ने युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी (राजन) ले बताएका छन् । व्यवस्थापिका संंसद्को महिला बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिअन्तर्गतको युवा खेलकुद उप समितिको बैठकमा मंगलबार मन्त्री केसीले भने‘ पहिलो र आठौं साग हामीले आयोजना गरिसकेका छौं अब […]
August 15, 2017
काठमाडौं (हाम्रो खेलकुद)– जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली दोस्रो मैत्रीपूर्ण खेलका लागि तयारीमा जुटेको छ । पहिलो मैत्रीपूर्ण खेलमा १–१ को बराबरी खेलेको नेपालले बुधबार क्वान्साइ गाकुइन विश्वविद्यालयको टोलीसँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो १ः१५ बजे सुरु हुनेछ । ओसाकामा रहेको नेपाली टोलीले आज बिहान अभ्यास गरेको छ । टोलीका […]
August 14, 2017
बार्सिलोना (एजेन्सी) – स्पेनिस सुपर कप अन्तर्गत क्याम्प नोउमा भएको पहिलो लेगको खेलमा रातो कार्ड पाएका फरवार्ड क्रिस्टियानो रोनाल्डोले पाँच खेल घुमाउने भएका छन्। रोनाल्डोले खेलमा दोहोरो पहेंलो कार्डसँगै रातो कार्ड पाएपछि रेफ्रीलाई हातले धकेलेका थिए। उक्त खेलको रातो कार्डको १ खेल र रेफ्रीलाई धकेलेका कारण ४ खेल जोडेर कुल ५ खेल प्रतिबन्ध लगाइएको हो। स्पेनिस […]
August 14, 2017
काठमाडौं (हाम्रो खेलकुद)– रियो ओलम्पिकमा सहभागी सबै भन्दा कान्छी खेलाडी पौडीकी गौरिका सिंहसहित विभिन्न ५ खेलका खेलाडी पल्सर स्पोर्टस अवार्ड २०७३ को पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका छन् । एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा विजेता चुनिने पिपुल्स च्वाइस अवार्डको सोमबार सार्वजनिक गरिएको मनोनयनमा नेपालले सोलिडारिटी कप जित्दा फाइनलमा गोल गर्ने फुटबलमा सुजल श्रेष्ठ, गत […]
August 14, 2017
काठमाडौं (हाम्रो खेलकुद)– आइसिसी विश्व क्रिकेट लिग (डब्लूसिएल) च्याम्पियनसिपअन्तर्गत हङकङविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा २५ खेलाडी बेलाइएका छन् । नपाल र घरेलु टोली हङकङबीच अक्टुबर १३ र १५ मा एक दिवसय प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको दुई सदस्यीय टोलीले खेलाडीको छनोट गरेको हो । […]
August 13, 2017
म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडले दमदार ढंगले इङ्लिस प्रिमियर लिगको सुरुआत गरेको छ । आइतबार वेस्ट ह्यामलाई ४–० ले हराउदै म्यानचेस्टर युनाइटेडले नयाँ सिजनको सानदार सुरुआत गरेको हो । पहिलो खेलमा ४ गोल गरेपछि युनाइटेड तीन दिनअघि सुरु भएको लिगको अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । घरेलु मैदान ओल्ड ट्राफर्डमा युनाइटेडले खेलको सुरुआत देखि पकड […]
August 13, 2017
काठमाडौँ (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघको आयोजनामा साफ यू १५ च्याम्पियनसिपको यसै साता सुरु हुँदैछ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अनुसार शुक्रबार सुरु हुने च्याम्पियनसिपमा नेपालसहित दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहनेछ । भारत र माल्दिभ्ससँग नेपाल समूह ‘बी’ मा रहेको छ । पहिलो दिन बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ […]
August 13, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पौडी संघले बिहिबारदेखि शुरु हुने २० औं राष्ट्रिय पौडी प्रतियोगिताबाट नयाँ नियम लागु गर्ने तयारी गरेको छ । नयाँ नियम अनुसार एक खेलाडीले कुनै चार इभेन्टमा मात्रै सहभागिता जनाउन पाउनेछ । फिना, ओलम्पिक लगायत अन्य खेलहरुमा खेलाडीले जुनसुकै खेलमा खेल्न पाउने प्रावधान छ । पौडी संघले ल्याउन लागेको नियम फिना च्याम्पियनसिप […]
August 13, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल राष्ट्रिय फुटबल टोलीले बराबरीबाट जापान यात्रा सुरु गरेको छ । एएफसी एसियन कप छनोटअन्तर्गत अर्को महिना ताजकिस्तानसँग खेल्नुअघि तयारीको लागि जापानमा पुगेको नेपाली टोलीले आइतबारको मैत्रीपूर्ण खेलमा गाम्बा ओसकाको यू–२३ टोलीसँग १ – १ को बराबरी खेलेको छ । नवयुग श्रेष्ठको गोलबाट नेपाली टोलीले खेलमा बराबरी गरेको थियो । ग्रिन […]