default_image

breaking big news

Nepal volleyball

August 30, 2017

मैत्रीपूर्ण भलिबलमा नेपालसँग बंगलादेश फेरि पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले बंगलादेशसँगको मैत्रीपूर्ण भलिबल श्रृखंला २–० ले जितेको छ । ललितपुरको लगनखेल स्थित नेपाली सेनाको शारिरिक तालिम तथा प्रशिक्षण केन्द्रको कर्भडहलमा बुधबार भएको दोस्रो तथा अन्तिम खेलमा नेपालले बंगलादेशलाई ३–२ ले हराउँदै घरले कोर्टमा श्रृखंला जितेको हो । पहिलो खेल मंगलबार नेपालले ३–१ ले जितेको थियो । पहिलो खेलमा जस्तै दोस्रो […]

August 30, 2017

नेपाल र बंगलादेशको मैत्रीपूर्ण भलिबल –‘आज सोझो सेटमा जित्नेछौं’

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय भलिबल टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टले बंगलादेशविरुद्ध आज हुने दोस्रो तथा अन्तिम मैत्रीपूर्ण खेल पहिलो भन्दा स्तरीय हुने बताएका छन् । हिजो भएको पहिलो मैत्रीपूर्ण खेल पहिलो सेट गुमाएर पनि नेपालले ३–१ ले जितेको थियो । बंगलादेश दोस्रो एभिसी सेन्ट्रेल जोनको च्याम्पियन र बलियो टोली भएका कारण पहिलो सेटमा खेलाडीहरु […]

August 29, 2017

नेपालले मैत्रीपूर्ण भलिबलमा बंगलादेशलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय भलिबल टोलीले पहिलो मैत्रीपूर्ण खेल जितेको छ । दुई खेलको श्रृखंलाको पहिलो खेलमा नेपालले आज बंगलादेशको राष्ट्रिय भलिबल टोलीलाई ३–१ ले हराएको थियो ।  लगनखेलस्थित नेपाली सेनाको सैनिक शारीरिक तथा तालिम केन्द्रमा मंगलबार भएको मैत्रीपूर्ण भलिबलको पहिलो सेट गुमाएपनि खेलमा फर्कन नेपाल सफल भएको थियो । आफ्नै गल्तीका कारण पहिलो […]

August 29, 2017

नेपाल र बंगलादेशबीच पहिलो मैत्रीपूर्ण भलिबल आज

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र बंगलादेशका राष्ट्रिय भलिबल टोलीबीचको दुईवटा मैत्रीपूर्ण खेलको पहिलो खेल आज हुँदैछ । दुवै टोलीका प्रशिक्षकले मैत्रीपूर्ण खेलबाट स्तर बढ्ने विश्वास लिएको छन् । नेपाल र बंगलादेशबीच अहिले सम्म तीनवटा खेल भएका छन् । जसमा नेपालले २ र बंगलादेशले १ खेल जितेको छ । पछिल्लो पटक दोस्रो एभिसी सेन्ट्रल जोन भलिबलमा […]

August 29, 2017

मेस्सीसहितको अर्जेन्टिना विश्व कप छनोटको तयारीमा

बोयनस आइरिस (एजेन्सी)– लियोनल मेस्सी र उनका अर्जेन्टाइन टोलीका सहयात्रीले विश्व कप छनोटको महत्वपूर्ण खेलका लागि प्रशिक्षण सुरु गरेका छन् । मेस्सीसहित सर्जियो अगुइरो, माउरो इकार्डी, पाउलो डेबाला, एन्जेल डि मारियालगायत स्टारहरु उरुग्वे र भेनेजुयलाविरुद्ध हुने खेलको तयारीमा जुटेका हुन् । प्रशिक्षणका दौरान खेलाडीहरु प्रशिक्षक जोर्ज साम्पाउलीसँग गहिरो छलफल पनि गरे । दुई दिनअघि बोर्नमाउथविरुद्ध […]

default_image

August 28, 2017

हात्तीको छावा आठौं राष्ट्रिय खेलकुदको मस्कट

काठमाडौं (हाम्रो खेलकुद) –मध्यपश्चिममा अर्काे वर्ष आयोजना हुने आठौं राष्ट्रिय खेलकुदको मस्कट हात्तीको छापा राख्ने निर्णय भएको छ । युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसी (राजन), राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टको उपस्थितिमा सोमबार नेपालगञ्जमा बसेको आठौं राष्ट्रिय खेलकुद तयारी समितिको बैठकले खेलकुदको मस्कट हात्तीको छावा बनाउने निर्णय गरेको हो । यसैबीच बैठकले आठौं […]

August 28, 2017

ब्याटिङ प्रशिक्षक देशाई नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा अर्को हुने एसीसी यू–१९ एसिया कप छनोटको तयारीमा रहेको नेपाली युवा क्रिकेट टोलीको ब्याटिङ सुधार गर्न ब्याटिङ प्रशिक्षण मोन्टी देशाई नेपाल आइपुगेका छन् । गत महिना सिंगापुरमा आयोजना भएको यू–१९ विश्वकप छनोटमा नेपाली टोलीले खराब ब्याटिङ गरेपछि नेपालले ब्याटिङ प्रशिक्षक देशाइलाई बोलाएको हो । सोही निमन्त्रणालाई स्वीकार गर्दै देशाई नेपाली […]

August 28, 2017

ताजकिस्तानसँगको खेलका लागि रोहित आज फर्कदै

काठमाडौं (हाम्रो खेलकुद)– ताजकिस्तानसँग ८ दिन पछि हुने खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द आज राती स्वदेश आइपुग्दैछन् । उनी राती ८ः३० बजे त्रिभुवन विमानस्थल ओर्लने उनका दाजु रविन्द्रले जानकारी दिए । एएफसी एसियन कप छनोट अन्तर्गत नेपाल र ताजकिस्तानबीच भदौ २० मा प्रतिस्पर्धा हुँदैछ । भोलीबाट राष्ट्रिय टोलीको प्रशिक्षणमा डाकिएका सबै […]

Bappe

August 28, 2017

बाप्पे पिएसजी जाने पक्का

मोनाको (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रान्सेली युवा खेलाडी किलियन बाप्पे भित्राउन मोनाकोसँग सम्झौता गरेको छ । यो सिजन फरवार्ड बाप्पेलाई लोनमा भित्राउदै पिएसजीले अर्को सिजन १ सय ६६ मिलियन पाउण्डमा स्थायी रुपमा उनलाई खरिद गर्न सक्ने बताइएको छ । मोनाकोबीच सम्झौता भएपनि पिएसजीले बाप्पेसँग भने सहमति गर्न बाँकी छ । रियल म्याड्रिड , […]

August 28, 2017

घरेलु मैदानमा हारबाट जोगियो रियल

म्याड्रिड (एजेन्सी)– मार्को एसेन्सियोले २ गोल गरेपछि गए राती रियल म्याड्रिड घरेलु मैदानमा हारबाट जोगिएको छ । सिजनको पहिलो खेलमा सहज जित हासिल गरेको रियलले भ्यालेन्सियामा २–२ को बराबरी खेलेको छ । डिपोर्टिभो ला कुरुनासँगको खेलमा रातो कार्ड पाएर प्रतिबन्धमा रहेका सर्जियो रामोस कारण पहिलो रोजाइमा मौका पाएका एसेन्यिोले खेल सुरु भएकै १० मिनेटमा जादु […]

Success

Thank you for your time.