September 7, 2017
काठमाडौं (हाम्रोखेलकुद)- पाँचौ एसियन पुरुष यू–१६ छनोट बास्केटबल च्याम्पियनसिपको दोस्रो खलमा नेपाल पराजित भएको छ । च्याम्पियनसिप अन्र्तगत बिहिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कवर्डहलमा भएको छनोट चरणको दोस्रो खेलमा नेपाल शारीरिक रुपमा बलियो बंगलादेशमाथि ५७–६८ ले पराजित भएको हो । नेपालले पहिलो क्वार्टरमा २२–१० को नतिजा संगै १२ अंकको अग्रता निकालेपनि दोस्रो क्वार्टरको […]
September 7, 2017
दिपक बोहोरा चितवनमा जारी प्रथम इ प्लानेट जेसिज कप फुटबल प्रतियोगितामा आज लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लब र रमपम झापा ११ आमने सामने हुँदैछन् । अघिल्लो वर्ष झापा गोल्डकपमा आफ्नै घरेलु मैदानमा मनाङसँग पराजित हुँदै उपाधि गुमाएको झापा त्यो हारको बदला लिने धुनमा रहने छ । घरेलु फुटबलमा सफल क्लब मनाङ भने झापालाई हराउँदै यो […]
September 7, 2017
न्यूयोर्क (एजेन्सी)- तेस्रो वरियताका स्वीस टेनिस खेलाडी रोजर फेडेरर वर्षको अन्तिम ग्राण्डस्लाम युएस ओपन टेनिसको क्वार्टरफाइनलबाट बाहिरिएका छन् । न्यूयोर्कमा बिहिबार बिहान भएको खेलमा तेस्रो वरियताकबा फेडेरर अर्जेन्टिनी हुवान मार्टिन डेल पोर्टाेसँग ३–१ को सेटमा पराजित हुदै युएस ओपनको क्वार्टरफाइनलबाटै बाहिरिएका हुन् । २४ औं वरियताका मार्टिनले फेडेररलाई पराजित गर्न करिव चार घण्टाको समय खर्चिए […]
September 7, 2017
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय भलिबल खेलाडी प्रतिभा मालीले युरोपमा प्रशिक्षण गर्ने अवसर पाएकी छिन् । माल्दिभ्सको क्लबबाट व्यावसायिक भलिबलको अनुभव समेत बटुलिसकेकी प्रतिभालाई नेदरल्यान्ड्समा तीन साताको इन्टर्नसिपका लागि निमन्त्रणा प्राप्त भएको नेपाल भलिबल संघका महासचिव जीतेन्द्रबहादुर चन्ले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन् । नेदरल्यान्ड्स भलिबल संघले प्रतिभालाई प्रशिक्षणको लागि मौका दिन लागेको हो […]
September 7, 2017
पेरिस (एजेन्सी)– यो सिजन दुई स्टारका लागि मात्र ३ सय ६४ मिलियन पाउन्ड खर्चेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले यसपटक सिजन च्याम्पियन्स लिगमा उच्च प्रदर्शनको अपेक्षा गरेको छ । हालै पिएसजीमा लोनमा आबद्ध भएका किलियन बाप्पे पहिलो पटक बुधबार नेयमारसहित अन्य टोलीसँग अभ्यास गरेका छन् । मोनाकोबाट १ सय ६६ मिलियन पाउन्डमा लोनमा पिएसजीमा आबद्ध […]
September 6, 2017
काठमाडौं (हाम्रो खेलकुद)- आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्र्तगतको हङकङविरुद्धको खेलको लागि १८ सदस्यीय प्रारम्भिक नेपाली टिमको घोषणा भएको छ । बन्द प्रशिक्षणमा राखिएको २५ खेलाडीबाट हङकङविरुद्धको खेलको लागि पारस खड्काको कप्तानीमा १८ सदस्यीय प्रारम्भिक नेपाली टिमको घोषणा भएको हो । १८ सदस्यीय खेलाडीको नामबाट आइसीसीले अन्तिम १४ खेलाडीको छनोट गर्ने टेक्निकल एनलिष्ट रमन शिवाकोटीले […]
September 6, 2017
काठमाडौं (हाम्रो खेलकुद)– ताजकिस्तानसँगको एएफसी एसियन कप छनोट चरण खेल्न आएका राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ आज साँझ माल्दिभ्स फर्कदैछन् । कतार एयरवेजबाट कतार हुँदै उनी भोली बिहान माल्दिभ्स पुग्नेछन् । माल्दिभ्सको टिसी स्पोर्टसबाट व्यवासयिक फुटबल खेल्दै आएका किरणको टोलीको धिवेही प्रिमियर लिग (डिपिएल) मा पाँच दिनपछि खेल छ । उनी भदौं १० मा स्वदेश […]
September 6, 2017
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल क्रिकेट संघ (क्यान) का पर्व अध्यक्ष जयकुमारनाथ शाहको आज निधन भएको छ । नर्भिकमा उपचारका क्रममा ८९ वर्षे शाहको बिहान १०:१५ बजे निधन भएको निर्वाचित क्यानका उपाध्यक्ष दिवाकर घलेले जानकारी दिए । घलेका अनुसार शाहको अन्त्यष्टि बिहीबार गरिनेछ । शाह लामो समयदेखि मुटु रोगबाट ग्रसित रहेका थिए । एक साताअघि […]
September 6, 2017
बारानक्युला (एजेन्सी) – विश्वकप छनोट अन्तर्गत ब्राजिलले कोलम्बियासँग १-१ को बराबरी खेलेको छ । विश्वकपमा छनौट भइसकेको ब्राजिलका लागि विलियनले गोल गरेका थिए भने कोलम्बियाका लागि राडामाल फाल्काओले गोल गरे । खेलको ४५ औँ मिनेटमा विलियनले गरेको प्रहार कोलम्बियाका गोलरक्षक डेभिड ओस्पिनाले रोक्ने कुनै अवसर नै पाएनन् । तर दोस्रो हाफको ५६ औँ मिनेटमा सान्टियागो […]
September 5, 2017
काठमाडौं (हाम्रो खेलकुद)– भारत र बंगलादेशले तेस्रो साबा तथा पाँचौं फिबा एसिया यू १६ छनोट च्याम्पियनसिपमा विजयी सुरुआत गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भड हलमा सुरु भएको च्याम्पियनसिपको पहिलो दिन मंगलबार बंगलादेशले भुटानलाई ११७–४३ ले हराएको थियो । अर्को खेलमा भारतले माल्दिभ्सलाई १५२–१७ ले पराजित गरेको थियो । बंगलादेशको जितमा टटलकुमार […]