September 14, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एसिसी यू १९ पूर्वी क्षेत्र क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले फिल्डिङ गर्दैछ । सिंगापुरले टस जितेर ब्याटिङ रोजेको छ । मलेसियामा जारी प्रतियोगितामा आजको खेलले समूह विजेताको टुंगो लगाउनेछ । नेपाल र सिंगापुर यसअघि नै सेमिफाइनल पुगिसकेका छन् । दुवैको समान ४ अंक छ, नेट रन रेटका आधारमा नेपाल शीर्षस्थानमा […]
September 14, 2017
म्याड्रिड (एजेन्सी)– क्रिस्टियानो रोनाल्डोले १२ औं मिनेटमा नै गोल गरेको खेलमा साविक विजेता रियल म्याड्रिडले च्याम्पियन्स लिगमा सहज विजयी सुरुआत गरेको छ । रोनाल्डोले २ गोल गरेको खेलमा रियलले एपोएललाई ३–० ले हराएको छ । रोलान्डोमाथि स्पेनिस लिगमा अझै प्रतिबन्ध बाकी छ । सुपर कपको पहिलो लेगमा रेफ्रीलाई धक्का दिएपछि उनीमाथि पाँच खेलको प्रतिबन्ध लागेको […]
September 13, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा आयोजना हुन लागेको साफ यू–१८ फुटबल च्याम्पियनसिपबाट श्रीलंकाले आफ्नो नाम फिर्ता लिएपछि खेल तालिकामा परिवर्तन भएको छ । श्रीलंकाले नाम फिर्ता लिएसँगै अब साफ यू–१८ च्याम्पियनसिपको खेल राउण्ड रोविनको आधारमा हुनेछ । दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले बुधबार सार्वजनिक गरेको नयाँ खेल तालिकाअनुसार नेपालले आफ्नो पहिलो खेलमा असोज ४ […]
September 13, 2017
काठमाडौं (हाम्रो खेलकुद) –अखिल नेपाल फुटबल संघ (एन्फा)ले भुटानमा आयोजना हुने साफ यू–१८ फुटबल च्याम्पियनसिपको लागि २३ सदस्यीय खेलाडीको टोली घोषणा गरेको छ । यू–१८ का मुख्य प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले ललित मेमोरियल यू–१८ फुटबल च्याम्पियनसिप र खुल्ला च्याम्पियनसिपबाट आएका ७४ खेलाडीबाट अन्तिम २३ खेलाडीको घोषणा गरेका हुन् । यू–१८ को कप्तानी अर्पण कार्कीले सम्हाल्नेछन् […]
September 13, 2017
काठमाडौं (हाम्रो खेलकुद) – लगातार दोस्रो खेल जितेपछि नेपाली युवा टोली एसीसी यू १९ पूर्वी क्षेत्र क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । लगातार दोस्रो खेलमा फराकिलो जित हात पार्ने क्रममा नेपालले आज कमजोर भुटानलाई ९ विकेटको फराकिलो अन्तरले हराएको छ । नेपालले सोमबार पहिलो खेलमा थाइल्यान्डलाई २ सय ५५ रनले हराएको थियो । भुटानले छाडेको ५१ […]
September 13, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यू १९ पूर्व क्षेत्र क्रिकेट प्रतियोगिता अन्तर्गत थाईल्याण्डविरुद्ध प्रभावशाली सुरुआत गरेको नेपाली टोलीले दोस्रो खेलमा भुटानविरुद्ध ५१ रनको लक्ष्य पाएको छ । टस जितेर पहिलो ब्याटिंग रोजेको भुटानले २८ ओभरमा ५० रन बनाउँदा सबै विकेट गुमायो । नेपालकालागि मध्यम गतिका बलर कप्तान दीपेन्द्र सिंह ऐरीले ५ विकेट लिए […]
September 13, 2017
बार्सिलोना (एजेन्सी) – गत सिजन युभेन्टससँग पराजित हुँदै बाहिरिएको बार्सिलोनाले च्याम्पियन्स लिगमा यो पटक पहिलो खेलमा इटालियन च्याम्पियनलाई ३-० को फराकिलो अन्तरले पराजित गरेको छ । बार्सिलोनाको जितमा तीन मध्ये २ गोल गरेका लियोनल मेस्सीले राकिटिक गोलमा पनि योगदान दिए । मेस्सीले पहिलो हाफको अन्त्य अघि गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । लुइस स्वारेजसँगको […]
September 13, 2017
काठमाडौं (हाम्रो खेलकुद)– मलेसियामा जारी एसिसी यू १९ पूर्व क्षेत्र क्रिकेट प्रतियोगितामा नेपालले सहज प्रतिद्वन्द्वि मानिएको भुटानसँगको खेलमा पहिले फिल्डिङ गर्दैछ । भुटानले टस जितेर ब्याटिङ रोजेको हो । पहिलो खेलमा थाइल्यान्डलाई २ सय ५५ रनको फराकिलो अन्तरले हराएको नेपालले भुटानलाई पनि सहजै हराउने अनुमान गरिएको छ । भुटान पहिलो खेलमा सिंगापुरसँग ९ विकेटले पराजित […]
September 12, 2017
बार्सिलोना (एजेन्सी) – विश्व क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युइएफए च्याम्पियन्स लिगको नयाँ सिजन आजबाट शुरु हुदैछ ।नयाँ सिजनको समूह चरणको पहिलो खेलमै स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्टसलाई घरेलु मैदानमा निम्त्याउदैछ । यी दुई क्लब अघिल्लो सिजनमा सेमिफाइनलमा प्रतिस्पर्धा गरेका थिए । जसमा इटालियन क्लब युभेन्टसले बाजी मारेको थियो । समूह ‘डी’ मा रहेको […]
September 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीको गोलकिपर किरण चेम्जोङका लागि सोमबार दोहोरो सफलताको दिन रह्यो । राजधानीमा पल्सर स्पोर्टस अवार्ड २०७३ मा बर्षका उत्कृष्ट खेलाडी पुरुष घोषित हुँदै गर्दा किरण भने व्यावसायिक जिम्मेवारी निर्वाह गर्ने क्रममा माल्दिभ्समा लिग खेलिरहेका थिए । किरणको अनुपस्थितिमा उनकी आमा हर्कमाया राईले अवार्ड ग्रहण गरिन् भने उनी सम्मलित टोली टिसी […]