September 19, 2017
काठमाडौं (हाम्रो खेलकुद)– विश्व क्रिकेट लिग (डब्लूसिएल) च्याम्पियनसिपको तयारीका लागि भारतको चेन्नईमा रहेको नेपाली क्रिकेट टोलीले आज तमिलनाडु प्रिमियर लिगको डिन्डिगुल ड्रयागन्ससँग पहिलो अभ्यास खेल खेल्दैछ । ५० ओभरको अभ्यास खेलमा नेपाली टोलीका कप्तान पारस खड्काले टस जितेर ब्याटिङ रोजेका छन् । अर्को महिना हङकङविरुद्ध हुने डब्लूसिएलका दुई खेलको तयारीका लागि नेपाली टोली आइतबार चेन्नई […]
September 18, 2017
काठमाडौं (हाम्रो खेलकुद) – सिजनको अन्तिम पौडी प्रतियोगिताको रुपमा रहेको सातौ एनएसए कप पौडी च्याम्पियनसिपको पहिलो दिन आज पाँच राष्ट्रिय कीर्तिमान बनेका छन् । सातदोबाटोस्थित पौडी पोखरीमा भएको प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका शिरिष गुरुङ र अनुभव सुब्बा, नेपाल एपिएएफका शुभम श्रेष्ठ र लिंकन स्कुलका एलेक्सजेण्डर शाहले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । […]
September 18, 2017
सुशिल र ललित पहिलोपटक राष्ट्रिय टोलीमा काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्र्तगतको हङकङविरुद्धको खेलको लागि १४ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ । मुख्य प्रशिक्षक जगत टमाटा र टिमका कप्तानर पारस खड्काले अन्तिम १४ सदस्यीय टिमको घोषण गरेका हुन। नेपाली टोली अहिले प्रशिक्षणका लागि भारतको चेन्नाई पुगेको छ । […]
September 18, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एसिसी यू १९ पूर्वी क्षेत्र क्रिकेट च्याम्पियन नेपाली युवा टोली स्वदेश फर्कनमा ढिलाई हुने भएको छ । युवा टोली हिमालयन एयरलाइन्सको विमानबाट साँझ ६ः५५ बजे त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने तय भएपनि कम्तीमा २ घन्टा ढिला हुने टोलीका प्रशिक्षक विनोद दासले फेसबुकमा स्ट्याटस राखेका छन् । मलेसियामा हिजो हङकङलाई ५ विकेटले हराउँदै […]
September 18, 2017
पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का प्रशिक्षक उनाई इर्मीले इडिन्सन काभानी र नेयमारले पेनाल्टी र फ्रिकिकका विषयमा हुने समस्या आपसी सहमतिमा टुंगाउन सुझाएका छन् । लियोनलाई आइतबार २–० ले हराएको खेलमा नेयमार र काभानीबीच विवाद भएको थियो । पेनाल्टी बक्स बाहिर पिएसजीले पाएको फ्रि किक ड्यानी एल्भेसले नेयमारलाई हान्न लगाएपछि काभानी आक्रोषित भएका थिए […]
September 18, 2017
पेरिस (एजेन्सी) – आफ्नो घरेलु मैदानमा लियोनलाई २-० ले हराउँदै पेरिस सेन्ट जर्मन (पिएसजी) ले आफ्नो जितको यात्रालाई निरन्तरता दिएको छ । खेलमा लियोनका खेलाडीले दुईवटा आत्मघाती गोल समेत गरेका थिए । पिएसजीका स्टार फरवार्ड एडिन्सन काभानी, नेयमार र किलियन बाप्पे फेरी एकै साथ मैदानमा देखापरेका थिए । पिएसजीले पुरै खेलभरी आफ्नो राम्रो पकड बनाउन […]
September 18, 2017
दोनोस्टिया (एजेन्सी)– स्पेनिस आलोचकहरुको मुख बन्द लगाउने क्रममा ग्यारेथ बेलले गोल गरेको ला लिगाको गए रातीको खेलमा रियल म्याड्रिडले रियल सोसिडाडलाई हराएको छ । बेलले ६१ औं मिनेटमा गोल गरको खेलमा रियलले ३–१ विजयी भएको थियो । यो जितपछि रियलले अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । खेलमा रियलले बोरजा मायोरोलको गोलबाट अग्रता लिएको थियो […]
September 18, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली गल्फर टंकबहादुर कार्कीले भुटान एमेच्योर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् । पार ७० को थिम्पु गल्फ क्लब अन्तिम दिन आइतबार ५ अन्डर ६५ को प्रदर्शन गरेका टंकले ८ स्ट्रोकको अग्रतासहित उपाधि जितेका हुन् । टंकले समग्रमा ३ अन्डर २ सय ७७ को कार्ड बनाएका थिए । अन्तिम दिन १ अन्डर ६९ […]
September 17, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ(एन्फा) को आधिकारिक वेभसाइट ह्याक भएको छ । पाकडेभिल नामक समूहले एन्फाको वेभसाइट नियन्त्रण राखेको पाएको थियो । पाकडेभिल पाकिस्तानी समूह रहेको बुझिएको छ । हाल एन्फाको वेभसाइट निर्माण कार्य जारी रहेको सन्देश राखिएको छ ।
September 17, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एसिसी यू १९ पूर्वी क्षेत्र क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । मलेसियामा आज सम्पन्न फाइनलमा हङकङलाई ५ विकेटले हराउँदै नेपाल च्याम्पियन बनेको हो । यो उपलब्धीसँगै नेपाल अर्को महिना मलेसियामा हुने एसिसी यू १९ एसिया कपका लागि छनोट भएको छ । जहाँ टेष्ट मान्यता प्राप्त राष्ट्रको सहभागिता रहनेछ । नेपालले ३९ रनमा […]