October 10, 2017
आइसल्याण्ड (एजेन्सी) – आइसल्याण्डले पहिलोपटक विश्वकपमा स्थान बनाएको छ । युरोपियन क्षेत्रको समूह ‘आई’ को छनोटको अन्तिम खेलमा आइसल्याण्डले कोसोभोलाई २–० ले हराउँदै विश्वकपमा सोझै स्थान बनाउन सफल भएको हो । आइसल्याण्ड पहिलोपटक विश्वपकमा छनोट भएको हो । यो सँगै आइसल्याण्ड जनसंख्याको आधारमा विश्वकपमा छनोट हुने अहिलेसम्मकै सबैभन्दा सानो देश बनेको छ । आइसल्याण्डको जनसंख्या झण्डै तीन […]
October 9, 2017
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरण अन्तर्गत हङकङविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय टोली मंगलबार हङकङ जाने भएको छ । टोलीलाई जितको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिसद राखेपका सदस्यसचिब केशव कुमार विष्टले विदाई गरेका थिए । सदस्यसचिव विष्टले नेपाली टिमलाई जितको शुभकामना व्यक्त गरे । नेपालले छैठौ चरणको खेल अन्तर्गत हङकङसँग आगामी शुक्रबार […]
October 9, 2017
एलेक्सजानड्रिया (एजेन्सी) – लिभरपुलका विङ्गर मोहोम्मद सलाहको दुई गोलको मद्धतले कंगोमाथि २-१ को रोमाञ्चक जित हासिल गर्दै इजिप्टले रुस विश्व कपमा स्थान बनाएको छ । अघिल्लो पटक १९९० को विश्व कपमा सहभागी भएयता इजिप्टले फुटबलको महासंग्राममा भाग लिएको थिएन । इजिप्टलाई विश्व कपमा स्थान बनाउन जित्नै पर्ने हुँदा ९५ औं मिनेटमा पाएको पेनाल्टी मार्फत गोल गर्दै सलाहले जित दिलाएका […]
October 9, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा शुरु भएको छ । सोमबारबाट राजधानीमा शुरु भएको साधारणसभाले मुख्य गरी चुनावका लागि विधान संशोधन गर्नेछ । यस्तै साधरण सभाले थ्रीस्टार क्लबलाई क्षतिपुर्ति दिने विषयलाई अनुमोदन गर्नेछ । यस्तै साधारण सभाले कार्यसमितिका पदाधिकारी तथा सदस्यको योग्यता निर्धारण गर्नेछ ।
October 9, 2017
म्युनिख (एजेन्सी) – रसिया विश्वकपलाई स्थान सुरक्षित गरिसकेको डिफेन्डिङ च्याम्पियन जर्मनीले समूह चरणको अन्तिम खेलमा फराकिलो जित हात पारेका छन् । घरेलु मैदानमा भएको खेलमा जर्मनीले अजरबैजानलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै विश्वकप छनोटको यात्रा सुखद रुपमा समाप्त गर्यो । अजरबैजानलाई पराजित गरेसँगै जर्मनीले विश्वकप छनोटमा अपराजित रहन सफल भयो । समूहको १० खेलमा जर्मनीले […]
October 8, 2017
काठमाडौं (हाम्रो खेलकुद ) – दोस्रो संस्करणको डिपिएल–२ लाई विजय डिष्टिलरीको रुस्लान क्रिकेटले मुख्य प्रायोजन गरेको छ । डिपिएल र रुस्लान क्रिकेटबीच आइतबार एक वर्षका लागि सम्झौता भएको हो । सम्झौतामा डिपिएलका तर्फबाट अध्यक्ष सुवास बहादुर शाही र विजयी डिष्टिलरीको रुस्लान क्रिकेटबाट निर्देशक श्रीहर शम्शेर जंग बहादुर राणाले हस्ताक्षर गरे । सम्झौता अनुसार रुस्लान क्रिकेटले डिपिएललाई ३५ लाख नगद उपलब्ध गराउनेछ […]
October 8, 2017
काठमाडौं (हाम्रो खेलकुद) – धनगढी क्रिकेट एकेडेमी (डिसिए) र सुदुरपश्चिमाञ्चल क्रिकेट एकेडेमी (एसपिए) को आयोजनामा हुने धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो संस्करणको पुरस्कार राशिमा झण्डै दोब्बरले वृद्धि गर्दै डिपिएल–२ को घोषणा भएको छ । आयोजकले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै दोस्रो संस्करणको प्रतियोगिता माघ पहिलो साताबाट शुरु गर्ने गरी डिपिएल–२ को घोषणा गरेको हो […]
October 8, 2017
एन्डोरा (एजेन्सी) – क्रिष्टियानो रोनाल्डो सम्मिलित पोर्चुगल अर्काे वर्ष रसियामा हुने विश्वकपको लागि छनोट नजिक पुगेको छ । युरोपियन क्षेत्रको समूह ‘बी’ अन्र्तगतको खेलमा घरेलु टोली एन्डोरालाई २–० ले पराजित गर्दै विश्वकपको लागि सोझै छनोट नजिक पुगेको हो । जितसँगै पोर्चुगल ९ खेलबाट २४ अंकसहित दोस्रो स्थानमा रहेको छ । पोर्चुगलभन्दा अघि रहेको स्वीट्जरल्याण्डको समान […]
October 7, 2017
काठमाडौं (हाम्रो खेलकुद ) – अखिल नेपाल फुटबल संघ (एन्फा) अन्र्तगतको फुटसल कमिटिले १४ सदस्यीय राष्ट्रिय फुटसल टिमको घोषणा गरेको छ । फुटसल कमिटिले भदौमा सकिएको रेडबुल एन्फा राष्ट्रिय फुटसल लिगमा उत्कृष्ट प्रदर्शन गरेका २७ खेलाडीबाट अन्तिम १४ खेलाडीको घोषणा गरेको हो । १४ सदस्यीय खेलाडीको छनोट तीन प्रशिक्षक राकेश श्रेष्ठ, राजेश शाही र बिष्णु गुरुङले गरेका […]
October 7, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राइनोज क्रिकेट क्लब टेक्ससको डलासमा संचालित डलास प्रिमियर लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । लिगको दुई खेल खेल्न बाकी रहदैं नेपाली राइनोजले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । ५ खेलवाट ७ अंक जोडेको राइनोज अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । अंक तालिकाको शिर्षस्थानमा भने ५ खेलवाट १० अंक जोडेको पंजाव […]