default_image

breaking big news

July 24, 2017

मलेसियाले नेपाललाई ९० रनको लक्ष्य दियो

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट अन्तर्गत भइरहेको नेपालको पाँचौ खेलमा मलेसियाले नेपाललाई ९० रनको लक्ष्य दिएको छ। खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालका स्पिनर चम्किएपछि मलेसिया ८९ रन जोड्दै ३५.१ ओभरमै अलआउट भएको थियो। खेलको दोश्रो ओभरमै ओपनर सफिउल्ला मलिकलाई शुन्यमा गुमाएको मलेसियाको लागि दोश्रो विकेटका लागि कप्तान विरानदिप सिंह र साएद […]

July 24, 2017

‘इस्पान्योलसँग खेलेर हाम्रो स्तर बुझें’ – रोहित

सुबास हुमागाईं नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्दले गत साता स्पेनिस ला लिगाको इस्पान्योल विरुद्ध मैत्रीपूर्ण खेलमा मौका पाए । अन्तिम १२ मिनेटमा खेल्ने अवसर पाएका रोहितका लागि त्यो छोटो समय नै एसिया र युरोपका क्लबसँगै नेपालको स्तरका बारेमा तुलना गर्न काफी रह्यो । प्रि सिजन टुरमा एसिया आइपुगेको इस्पान्योलले  रोहित आबद्ध इन्डोनेसियाली लिग […]

July 24, 2017

नेपालले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट (एसिया क्षेत्र) अन्तर्गत दोश्रो राउण्डको दोश्रो खेलमा नेपालले मलेसियाविरुद्ध खेल्दैछ। खेलमा नेपालले टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय लिएको छ। यी दुइ टोलीबिचको पछिल्लो खेलमा नेपाल ५ विकेटले विजयी रहेको थियो। त्यस खेलमा नेपालले मेल्सियालाई ५८ रनमा अलआउट गरेको थियो। त्यसयता नेपालले अफगानिस्तानसँग ठुलो अन्तरको हार व्येहोरीसकेको […]

July 23, 2017

सहमति अनुसार अघि बढे क्यानको निलम्बन फुकुवा हुने

काठमाडौं (हाम्रो खेलकुद)– सहमति अनुसार प्रक्रिया अघि बढेमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले लगाएको नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन फुकुवा हुने भएको छ । क्यानको दोहोरो अस्तित्व स्थापना भएपछि सरकारी हस्तक्षेप र निष्पक्ष निर्वाचन नभएको भन्दै आइसिसीले गत बर्ष वैशाख १३ गते क्यानलाई निलम्बन गरेको थियो । नेपाली क्रिकेट विवादको समाधानका लागि भन्दै सरकारको […]

July 23, 2017

पौडीमा अनुभव र शुभमको नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी अनुभव सुब्बा र शुभम श्रेष्ठले हंगेरीको बुढापेस्टमा जारी १७ औं फिना विश्व पौडी च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउका छन् । पुरुषतर्फ ५० मिटर बटरफ्लाई २८.२६ सेकेन्डमा पूरा गर्दै अनुभवले राष्ट्रिय कीर्तिमान रचे । उनले सन् २००९ मा काठमाडौंमा भएको पाँचौं राष्ट्रिय खेलकुदको पौडीमा चन्द्रसिंह महतोले बनाएको २८.४३ सेकेन्डको कीर्तिमान […]

July 23, 2017

किरण र रोहित राष्ट्रिय टोलीसँग जापान नजाने

काठमाडौँ (हाम्रो खेलकुद) –  एएफसी एसियन कप छनोट चरणको तेस्रो खेलका लागि तयारीका लागि जापान जाने राष्ट्रिय टोलीमा मिडफिल्डर रोहित चन्द र गोलरक्षक किरण चेमजोङ नहुने भएका छन्। अर्को महिना घरेलु मैदानमा ताजकिस्तानको सामना गर्नुअघि नेपाली टोलीले झन्डै दस दिन जापानमा प्रशिक्षण र केही मैत्रीपूर्ण खेल खेल्ने बताइएको छ। ‘तयारी र केही मैत्रीपूर्ण खेलका लागि […]

July 22, 2017

निलम्बित क्यानको प्रस्तावित विधानमा लगभग सहमति !

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को निलम्बन खेपिरहेको नेपाल क्रिकेट संघ (क्यान) को प्रस्तावित विधानमा लगभग सहमति जुटेको छ । आइसिसी प्रतिनिधि मण्डल र क्रिकेट विवाद समाधानका लागि गठित सल्लाहकार समितिको शनिबार दिउँसो ३ बजेपछि झन्डै तीन घन्टा राजधानीको एक पाँचतारे होटलमा चलेको बैठकमा सहमति जुटेको श्रोतले बताएको छ । सल्लाकार समितिले तयार पारेर […]

July 22, 2017

रोहितको टोली बराबरीमा रोकियो

काठमाडौँ (हाम्रो खेलकुद) – इन्डोनेसियाको लिग १ अन्तर्गत शनिबारको खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द सम्मिलित पर्सिजा जकार्ताले पर्सिब बान्डुङसँग १-१को बराबरी खेलेको छ। खेलको १५औं मिनेटमा घरेलु टोली पर्सिबले अहमद जुफ्रीयान्टोको गोलसँगै अग्रता लिएको थियो। तर, १९औं मिनेटमा रोहितको पासको सदुपयोग गर्दै रामदानी लेस्तालुहूले बराबरी गोल फर्काएका थिए। खेलको ६६औं मिनेटमा पर्सिजाका […]

July 22, 2017

अस्ट्रेलियामा जगजितको टोलीको पराजय

काठमाडौं (हाम्रो खेलकुद)– साताको सुरुआतमा शीर्ष टोलीसँग बराबरी खेलेको नेपाली मिडफिल्डर जगजित श्रेष्ठको अस्ट्रेलियन क्लब नुनावाडिङ सिटी एफसी शनिबार पराजित भएको छ । एनपिएल २ भिक्टोरियामा जगजितको टोली ३–२ ले पराजित भएको थियो । पहिलो हाफमा २–० ले पछि परेपनि नुनावाडिङ खेललाई २–२ को बराबरीमा पुुर्याउन सफल भएको थियो। नुनाका लागि प्याट्रिक गरहार्ट र मिच […]

July 22, 2017

नेपाली फुटबल टोली जापान भ्रमणमा जाने

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी एसियन कप छनोट चरणको तेस्रो खेलका लागि भने नेपाली राष्ट्रिय टोलीले केही दिन वैदेशिक प्रशिक्षणमा बिताउने भएको छ। अर्को महिना घरेलु मैदानमा ताजकिस्तानको सामना गर्नुअघि नेपाली टोलीले झन्डै दस दिन जापानमा प्रशिक्षण र केही मैत्रीपूर्ण खेल खेल्ने बताइएको छ। ‘तयारी र केही मैत्रीपूर्ण खेलका लागि जापान जान लागेका हौं’ नेपाली टोलीका […]

Success

Thank you for your time.