default_image

breaking big news

default_image

October 30, 2017

‘डि मारिया अझै बढी खेल्न पाउन योग्य’– कप्तान सिल्भा

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मन (पिएसजी) का कप्तान थिएगो सिल्भाले अर्जेन्टिनी स्टार एन्जल डि मारिया क्लबबाट अझै बढी खेल्न पाउन योग्य रहेको बताएका छन् । रियल म्याड्रिडका पूर्व स्टारले शुक्रबार लिग वानमा नेयमारको उपस्थिति विनाको खेलमा उच्च प्रदर्शन गरेको थियो । उक्त खेल पिएसजीले ३–० ले जितेको थियो । लिग वानको आधिकारिक वेभसाइटसँगको कुराकानीमा सिल्भाले […]

October 30, 2017

नेत्रहिन क्रिकेट टोलीलाई साहस स्पोर्टस् को प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – खेल पोशाक उत्पादक कम्पनी साहस स्पोर्टस् प्रालिले नेत्रहीन क्रिकेट टोलीलाई प्रायोजन गरेको छ । साहस स्पोर्टस्का अध्यक्ष एवंम् प्रबन्ध निर्देशक जनक न्यौपाने र नेत्रहिन क्रिकेट संघ, नेपालका अध्यक्ष पवन घिमिरेले सम्झौता पत्रमा सोमबार हस्ताक्षर गरेका थिए । नेपाली नेत्रहिन क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा भाग लिदा आवश्यक खेल्ने र अभ्यासका समयमा आवश्यक […]

default_image

October 30, 2017

फाइनल चरण पुग्ने युवा फुटबल टोलीको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)– किर्गिस्तानमा यो साता सुरु हुने एएफसी यू १९ फुटबल च्याम्प्यिनसिपमा नेपालले उच्च प्रदर्शनको अपेक्षा राखेको युवा टोलीका प्रशिक्षक र कप्तानले बताएका छन् । कप्तान अपर्ण कार्कीले अन्तिम चरण पुग्ने आशा राखेका छन् । त्यस्तै प्रशिक्षक छिरिङ लोप्साङले टोली अघिल्लो चरण पुग्ने क्षमता राख्ने बताउँछन् । छनोटको समूह एमा नेपालसहित आयोजक किर्गिस्तान, बहराइन, […]

messi-neymar

October 30, 2017

नेयमार र मेस्सीलाई ज्यानको धम्की

लन्डन (एजेन्सी) – कुख्यात आतङ्ककारी समूह इस्लामिक स्टेट (आईएस) ले २०१८ को फुटबल विश्वकपलाई लक्षित बनाई विश्वप्रसिद्ध फुटबल स्टार लियोनल मेस्सी र नेयमारको खल्बल्याउने तस्बिर सार्वजनिक गरेको छ । प्रतियोगिताको सुरक्षासम्बन्धि प्रश्न उठिरहँदा सो तस्बिर सार्वजनिक भएको हो । सार्वजनिक गरिएको यस तस्बिरमा मेस्सी टाउको काटिएको र आईएसको झन्डा छेऊमा लडिरहेको देखाइएको छ भने नेयमार रुँदै घुंडामा […]

October 29, 2017

जिरोनासँग रियल म्याड्रिड स्तब्ध

जिरोना (एजेन्सी) – स्पेनिश ला लिगामा साविक विजेता रियल म्याड्रिड जिरोनासँग २-१ ले पराजित भएको छ । १-० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै जिरोनाले सो जित दर्ता गरेको हो । रियल म्याड्रिडले खेलमा राम्रो सुरुवात गर्दै बाह्रौँ मिनेटमा अग्रता लिन सफल भएको थियो । क्रिस्टियानो रोनाल्डोको प्रहार रिबाउन्डमा आएपछि सो अवसरको सदुपयोग गर्दै इस्कोले रियललाई […]

October 29, 2017

निर्णायक खेलमा न्युजिल्यान्ड झिनोले अन्तर पराजित, भारतलाई श्रृखंला

कानपुर (एजेन्सी)– विराट कोहलीको नेतृत्वमा रहेको क्रिकेट टोलीले तेस्रो तथा अन्तिम खेलमा आज न्युजिल्यान्डलाई ६ रनले हराएसँगै भारतले तीन एक दिवसिय क्रिकेट श्रृखंला २–१ ले जितेको छ । जवाफमा उत्कृष्ट प्रदर्शन गरेको भ्रमणकारी टोलीले ४६ ओभरसम्म पनि खेल जित्ने सम्भावना देखाएको थियो । तर, अन्त्यतिर जस्प्रित बुम्राह र भुवनेश्वर कुमारले उत्कृष्ट बलिङ गरेपछि ३ सय […]

October 29, 2017

एसिया कपका लागि यू–१९ क्रिकेट टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)– मलेसियामा हुने एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको लागि नेपाली टोलीको आज घोषणा भएको छ ।युथ टोलीका मुख्य प्रशिक्षक विनोद दास र एसीसीका प्रतिनिधि बेन्काटापति राजु रहेको समितिले खेलाडीको छनोट गरेको छ । दिपेन्द्र सिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा भएको छ । ४ खेलाडी वैकल्पिकमा छन् । अन्तिम छनोटमा एसीसी […]

October 29, 2017

नेपाली युवा टोली किर्गिस्तानतर्फ

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी यू १९ फुटबल च्याम्पियनसिपको समूह चरण छनोट खेल्न नेपाली युवा टोली आज किर्गिस्तान प्रस्थान गरेको छ । छिरिङ लोप्साङको मुख्य प्रशिक्षणमा रहेको टोलीले यो साता सुरु हुने छनोट चरणमा प्रतिस्पर्धा गर्नेछ । किर्गिस्तानमा मंगलबारबाट समूह ‘ए’ छनोट खेल सुरु हुँदैछ । यो समूहमा नेपालसहित आयोजक किर्गिस्तान, बहराइन, संयुक्त अरब इमिरेट्स (युएइ) […]

October 29, 2017

रोहितको टोलीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्दको टोली पर्सिजा जकार्ताले इन्डोनेसिया लिगा १ मा लगातार दोस्रो जित हासिल गरेको छ । गए राति बोर्नियोसँगको खेलमा १–० ले पछि परेर पनि पर्सिजाले अन्ततः खेल २–१ ले जितेको थियो । यसअघिका दुई मध्ये एक खेलमा जित र अर्कोमा पर्सिजाले हार बेहोरेको थियो । […]

STegen

October 29, 2017

बार्सिलोनाको जितमा स्टेगेनको उच्च प्रदर्शन

बिल्बाओ (एजेन्सी) – ला लिगामा गए राति एथ्लेटीक बिल्बाओलाई २–० ले हराउँदै बार्सिलोनाले शीर्षस्थानको पकडलाई थप बलियो बनाएको छ । लियोनल मेस्सी र पौलिन्होले बार्सिलोनाका लागि गोल गरे । गोलकिपर टर स्टेगेनले उच्च प्रदर्शन गर्दै बार्सिलोनालाई जित दिलाउन मद्धत गरे । मेस्सीले खेलको ३६ औं मिनेटमा सिजनको १२ औं गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । […]

Success

Thank you for your time.