November 13, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट चरणको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग अवे खेलमा ४–१ ले पराजित भएको थियो । झन्डै ८ महिनापछि फेरि नेपालले फिलिपिन्सको सामना गर्दैछ । यसपटक घरेलु मैदानमा खेल हुन लागेको कप्तान विराज महर्जनले फिलिपिन्सविरुद्ध उच्च प्रदर्शनको आशा राखेका छन् । खेल मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रो टर्फमा हुनेछ । […]
November 13, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टिमका रक्षक देवेन्द्र तामाङ चोटका कारण कम्तीमा ३ महिना मैदान बाहिर रहनुपर्ने भएको छ । एएफसी एसियन कप छनोट अन्तर्गत फिलिपिन्ससँगको खेलका लागि प्रशिक्षणका क्रममा गत साता एमसिएल च्यातिएपछि लेफ्ट ब्याक देवेन्द्रले आराम गर्नुपर्ने भएको छ । टोलीका चिकित्सक राजु दाहालले कम्तीमा देवेन्द्र तीन महिना मैदान बाहिरन रहने सक्ने उल्लेख […]
November 13, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालको जुनियर (यू १२) टेनिस टोली एसियाली राष्ट्रमध्ये नवौं स्थान रहन सफल भएको छ । आर्यन गिरी (१२ वर्ष), आरभ सम्राट हाडा (१०वर्ष ) र चिराग तिलिम्सिना (११वर्ष) सम्मिलित टोलीले बंगलादेशलाई हराएपछि काजकिस्तानमा शनिबार सम्पन्न आइटिएफ जुनियर एन्ड यू १२ च्याम्पियनसिपमा नवौं स्थान प्राप्त गरेको हो । छनोट चरण पार गरेका १२ […]
November 13, 2017
म्याड्रिड (एजेन्सी)– फुटबल स्टार क्रिस्टियानो रोनाल्डो चौथो सन्तानको पिता बनेका छन् । उनकी प्रेमिका जर्जिया रोड्रिग्वेजले आइतबार छोरीलाई जन्म दिएकी छन् । ३२ वर्षे रोनाल्डोले आफुसँगै २२ वर्षे प्रेमिका, छोरी र आफ्ना जेठा छोराको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । उनले इन्स्टाग्राममा फोटो अपलोड गर्दै लेखेका छन्,‘आलाना मार्टिना भर्खर जन्मेकी छन् । जियो र एलान […]
November 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– भारतविरुद्ध उमेर समूहमा एतिहासिक जितको श्रेय नेपाली युवा टोलीको मेहनत र उनीहरुको विश्वासलाई जाने प्रशिक्षक विनोद दासले बताएका छन् । मलेसियामा जारी एसीसी यू १९ एसिया कप क्रिकेटको पहिलो खेलमा बंगलादेशसँग दुई विकेटले पराजित भएको नेपालले दबाबका बीच तीन पटकको च्याम्पियन भारतलाई आज १९ रनले हराएको थियो । कुनै पनि उमेर समूहमा […]
November 12, 2017
काठमाडौं (हाम्रो खेल्कुद) – एसीसी यू–१९ युथ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले भारतलाई पराजित गरेको छ । बायोमास ओभलमा आइतबार भएको खेलमा नेपालले भारतलाई १९ रनले पराजित गरेको हो । नेपालले उमेर समूहमा भारतलाई हराएको पनि यो पहिलो पटक हो । नेपालले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको भारतले ४८.१ ओभरमा सबै विकेट गुमाएर […]
November 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्र सिंह ऐरीको ८८ रनको मद्धतले मलेसियामा जारी एसीसी यू १९ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले तिन पटकको विजेता भारत सामु १ सय ८६ रनको चुनौती प्रस्तुत गरेको छ । कप्तान दीपेन्द्रले १ सय १ बलमा ६ चौका र २ छक्काको मद्धतले ८८ रन बनाएपछि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० […]
November 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– मलेसियामा जारी एसीसी यू १९ एसिया कप क्रिकेटको दोस्रो खेलमा भारतसँग खेल्दै गरेको नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतक पुरा गरेका छन् । उनले ७१ बलमा २ चौका र १ छक्काको मद्धतले ५० रन पुरा गरेका हुन् । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभरको समाप्ती सम्म ५ विकेट गुमाउँदै […]
November 12, 2017
मलेसियामा जारी एसीसी यू १९ एसिया कपमा दोस्रो खेल खेल्दै गरेको नेपालले पहिले ब्याटिंग गर्ने भएको छ । टस जितेर भारतले नेपाललाई ब्याटिंग गर्ने निम्तो दिएको हो । पहिलो खेलमा बंगलादेशसँग पराजित नेपाली टोलीले बलियो भारतीय टोलीलाई ‘सप्राइज’ दिने आशा लिएको छ । भारतले भने पहिलो खेलमा मलेसियालाई २ सय २ रनले पराजित गर्यो ।
November 11, 2017
काठमाडौं (हाम्रो खेलकुद)– दशक भन्दा लामो समयपछि काठमाडौंको मुलपानीको माथिल्लो क्रिकेट मैदान खेल्न हुने भएको छ , जहाँ आज प्रदर्शन खेल भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले बहुप्रतिक्षित मुलपानी क्रिकेट मैदानको उद्घाटन गरे । तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद प्रदर्शनी खेलमा सदस्य सचिव ११ र भेट्रान ११ बीचको प्रदर्शनी […]