default_image

breaking big news

November 14, 2017

नेपालले टस जितेर पहिले फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यू १९ एसिया कपमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । ७.१५ मा सुरु हुनु पर्ने खेल वर्षाले प्रभावित भएको कारण अब खेल केवल २४ ओभरको हुने छ । बंगलादेशले मलेसियालाई हिजो २ सय ६२ रनको भारि अन्तरले हराएको कारण नेपालले पनि छनोट हुन मलेसियालाई ठूलो अन्तरले हराउनै […]

November 14, 2017

ब्याडमिन्टनमा नेपाललाई अर्को ठूलो सफलता, दीपेश र शोभाको जोडीलाई स्वर्ण पदक

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलाडीले लगातार दोस्रो वर्ष ब्याडमिन्टनको अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । यसपटक पाकिस्तानको इस्लामावादमा आइतबार सम्पन्न योनेक्स सनराइज इन्टरनेसनल सिरिजको मिक्स डबल्समा दीपेश धामी र शोभा गौचनको जोडीले स्वर्ण पदक जितेको छ । फाइनल अघि नै यसपटक पनि नेपाली खेलाडीले स्वर्ण जित्ने पक्का भइसकेको थियो । गत वर्षको विजेता दिदीभाई […]

November 14, 2017

इटाली स्विडेनसँग रोकियो, विश्वकपमा छनोट हुन असफल

मिलान (एजेन्सी) – चार पटकको विश्वविजेता रहेको इटाली २०१८ रुस विश्वकपबाट बाहिरिएको छ । स्विडेनसँग गोलरहित बराबरी खेल्दै इटाली बाहिरिएको हो भने स्विडेन विश्वकपमा प्रवेश गरेको छ । स्विडेनमा खेलिएको पहिलो लेगमा इटाली १-० ले पराजित भएको थियो । छनोट हुन आफ्नो घरेलु मैदानमा जित चाहिएको अवस्थामा इटाली बराबरी मै रोकिन पुग्यो । यसका साथै […]

November 14, 2017

यू १९ एसिया कप क्रिकेट – वर्षाका कारण खेल सुरु हुन सकेन

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यू १९ क्रिकेटमा वर्षाका कारण आज खेलहरु सुरु हुन सकेका छैनन् । नेपाल र आयोजक मलेसिया तथा भारत र बंगलादेशबीच खेल हुनु पर्ने थियो । लगातारको वर्षाका कारण नेपाली समय अनुसार बिहान ७ः१५ को लागि तय खेल सुरु हुन नसकेको बताइएको छ । अब नेपाली समय अनुसार ९ः०० […]

November 14, 2017

यू १९ एसिया कपमा आज : नेपालले मलेसियालाई हराएर मात्र नपुग्ने

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यू १९ एसिया कपमा नेपालले सबैको ध्यान तानेको छ । भारतविरुद्ध उमेर समूहमा पहिलो जित निकाल्दै नेपालले एतिहास रचेको छ । यद्दपी त्यो जितले मात्र नेपालको अघिल्लो चरणको यात्रा भने तय गर्ने सकेन । त्यसका लागि नेपालले आज आयोजक मलेसियाविरुद्ध हुने खेल जितेर मात्र पुग्ने छैन । अर्को […]

November 13, 2017

अन्तर्राष्ट्रिय खेल जीवनलाई विट मार्दै अनिल

काठमाडौं (हाम्रो खेलकुद) – को त्यस्तो खेलाडी होला जसलाई आफ्नो खेल जीवनको माया नहोस् । त्यसैले त होला दुनियाँका स्टार खेलाडी पनि खेल जीवनको अन्त्यमा आइपुग्दा भावुक हुन्छन् र सबै थोक त्याग्नु परे जस्तो महसुस गर्दछन् । एउटा चम्किलो खेल जीवनका लागि खेलाडीले कति परिश्रम गर्नुपर्छ त्यो खेलाडीले बाहेक अरुले अनुमान मात्र लगाउन सक्दछन् । […]

November 13, 2017

यू १९ एसिया कपमा भोलि नेपाललाई जितेर मात्र नपुग्ने!

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले भारतविरुद्ध ऐतिहासिक जित हात पार्दै हिजो आफूलाई मलेसियामा जारी एससी यू १९ एसिया कप क्रिकेटमा  बचाइराखेको थियो । तर आज बंगलादेशले मलेसियालाई हराएकाले नेपालको सम्भावना अलि कठिन भएको छ । बंगलादेशले मलेसियालाई २ सय६२ रनको भारि अन्तरले हराएको कारण नेपालले पनि छनोट हुन मलेसियालाई ठूलो अन्तरले हराउनै पर्ने हुन्छ र […]

November 13, 2017

फिलिपिन्सलाई जित्न मेहनत गर्नुपर्दछ – कप्तान अनिल

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली टोलीको एउटा प्रचलन स्थापित भैसकेको छ । राष्ट्रिय टोलीमा जति बेला अनिल गुरुङ उनै टोलीको कप्तान हुन्छन् । चोट वा अन्य कारण उनी टोलीमा नहुँदा टोली नेतृत्वको जिम्मेवारी विराज महर्जनको काँधमा जाने गर्दछ । यो प्रक्रिया चलेको लामो समय भइसकेको छ । यसपटक पनि फेरि सोही प्रक्रिया दोहोरिएको छ । एएफसी […]

November 13, 2017

‘फिलिपिन्सलाई रोक्ने प्रयास गर्नेछौं’– मुख्य प्रशिक्षक कोजी

काठमाडौं (हाम्रो खेलकुद) – फिलिपिन्ससँग हुने भोलीका खेलमा नेपालको लक्ष्य भनेको आफ्नो स्तर सुधार्नेमा मात्रै सिमित रहेको छ । किन की नेपाल एएफसी एसियन कपको समूह चरणबाट बाहिरिसकेको छ । तर, नेपालले शीर्षस्थानमा रहेको फिलिपिन्सलाई घरेलु मैदानमा रोक्ने अवसर भने पाएको छ । अवे खेलमा गत चैतमा भोगको ४–१ को हारको बदला लिने मौका पाएको […]

November 13, 2017

जगजित र अनिलको राष्ट्रिय टोलीमा पुनरागमन,नेपालले भोली फिलिपिन्ससँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– अस्ट्रेलियामा बस्दै आएका जगजित श्रेष्ठले झन्डै डेढ वर्षपछि राष्ट्रिय फुटबल टोलीमा पुनरागमन गर्दा संयासको तयारीमा रहेका अनिल गुरुङ पनि समेटिएका छन् । एएफसी एसियन कप छनोट चरण अन्तर्गत फिलिपिन्सविरुद्ध मंगलबार हुने खेलका लागि आज २३ सदस्यीय टोलीको घोषणा हुँदा जगजित र अनिल परेका हुन् । अनिल ताजकिस्तानविरुद्धका अघिल्ला दुई खेलमा टोलीमा थिएनन् […]

Success

Thank you for your time.