March 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – छिमेकी राष्ट्र भारतमा आयोजना हुने इण्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) मा अनुबन्ध हुने पहिलो नेपाली खेलाडी बनेका नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले आफ्नो क्लब दिल्ली डेयर डेभिल्सबाट आफूले खेल्ने अवसर पाए पनि वा नपाए पनि टोलीले भने जितिरहोस् भन्ने कामना गरेका छन् । दिल्ली जानुअघि राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै […]
March 25, 2018
काठमाडौं (हाम्रो खेलकुद)– विभिन्न आशंकाबीच यसै साताका लागि तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन स्थगित भएको छ । उच्च अदालत पाटनलेले एन्फाको निर्वाचन नगराउनु भन्ने आदेशलाई आधार मान्दै एन्फाले अर्को सुचना नभएसम्मका लागि निर्वाचन स्थगित भएको आइतबार प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ । एन्फा निर्वाचन चैत १४ गतेका लागि तय भएको थियो […]
March 25, 2018
दिपक न्यौपाने बुटवल – नेपाल एपिएफ क्लब तेस्रो मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । नवीन लामाको ह्याट्रिकको मद्दतमा आएतबार रमपम झापा ११ लाई ४–२ ले हराउँदै एपिएफ प्रतियोगिताको अन्तिम आठमा पुगेको हो । बुटवलको रामनगर स्थित मानव ज्ञान माविको मैदानमा भएको खेलमा कर्ण लिम्बुको गोलबाट झापाले पाँचौं मिनेटमा अग्रता लिएको थियो । […]
March 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – यसै साता सुरु हुने घरेलु क्रिकेट प्रतियोगिताको सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल–२) को मोष्ट भ्यालुएबल खेलाडीले नेपाली जुत्ताको ब्राण्ड गोल्डस्टारको सुनको जुत्ता पाउने भएका छन् । डिपिएल आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए) र गोल्डस्टार जुत्ताको किरन सुज म्यानुफ्याक्चर्सबीच आइतबार प्रायोजन सम्झौताका अवसरमा मोस्ट भ्यालुएबल खेलाडीले गोल्डस्टारको ‘सुनको जुत्ता’ […]
March 25, 2018
केप टाउन (एजेन्सी)– बल टेम्परिङ गरेको स्वीकार्दै अष्ट्रेलियन क्रिकेट टोलीका कप्तान स्टिभ स्मिथले पद छोडेका छन् । स्थिमसँगै उपकप्तान डेभिड वार्नर पनि पदबाट अलग भएका छन् । दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टको बाँकी रहेको दुई दिनका लागि टिम पेन कप्तान नियुक्त भएका छन् । उनी अष्ट्रेलियन क्रिकेट टोलीको ४६ औं टेस्ट कप्तान बनेका छन् । पेनको […]
March 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेत सम्मिलित पुलिस क्लबले माल्दिभ्समा १८/३० महिला फुटसल फिस्टामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिस क्लबले शनिबार भएको खेलमा इकोनोमिक डेभल्पमेन्टलाई १७–० को फराकिलो अन्तरले हराएको छ । जितमा नेपाली खेलाडीको भूमिका महत्वपूर्ण रह्यो । उम्कोलाई ३–० ले हराएको […]
March 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियाको लिगा १ को नयाँ सिजनको पहिलो खेलमा नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द सम्मिलित पर्सिजा जाकार्ताले भयङ्करा एफसीसँग गोल रहित बराबरी खेलेको छ । लिगको पहिलो खेलमा पर्सिजाले गत सिजनको च्याम्पियन टोली भयङ्करा एफसीलाई गोलरहित बराबरीमा रोक्न सफल भएको हो । गत सिजन पर्सिजा भने लिगको चौथो स्थानमा रहेको थियो […]
March 24, 2018
लन्डन (एजेन्सी) – गए रातिको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा साविक विश्वकप विजेता जर्मनी स्पेनसँग १-१ को बराबरीमा रोकिएको छ । स्पेनका रोड्रिगो मोरेनोले टोलीलाई अग्रता दिलाए पनि थोमस मुलरले बराबरी गोल गरेका थिए । विश्वकपको बलियो दाबेदार मानिएको ब्राजिलले रुसलाई ३-० ले हराउन सफल रह्यो । ब्राजिलका लागि मिरान्डा, फिलिप कौटिन्हो र पौलिन्होले दोस्रो हाफमा गोल […]
March 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय फुटबल टोलीले मलेसियासँग खेल्ने भनिएको मैत्रीपूर्ण खेल रद्द भएको जानकारी अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिएको छ। प्राविधिक कारणले खेल नहुने एन्फाले बताएको हो भने यसको कुनै ठोस कारण खुलाएको छैन।।यसअघि अप्रिल १ मा नेपालले मलेसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भनिएको थियो। नेपालले मार्च २७ मा एएफसी च्याम्पियनसिप अन्तर्गत […]
March 23, 2018
लन्डन (एजेन्सी)– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत आज राति केही महत्त्वपूर्ण खेलहरु खेलिंदै छन् । आजको सबैभन्दा अपेक्षित खेल भने २०१० को विश्वकप विजेता स्पेन र २०१४ को विश्वकप विजेता जर्मनीको रहेको छ । आउने २०१८ को रुस विश्वकपमा शीर्ष दाबेदार ब्राजिल, स्पेन, फ्रान्स, जर्मनी र अर्जेन्टिनालाई मानिएको छ । युरोपियन च्याम्पियन पोर्चुगल पनि मैत्रीपूर्ण खेलमा […]