default_image

breaking big news

November 18, 2017

फ्रेण्डस् चन्द्रागिरी गोल्डकपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– फ्रेण्डस् क्लब राजधानीमा जारी प्रथम चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । चन्द्रागिरी नगरपालिकाको नैकाप मैदानमा आज भएको सेमिफाइनल सिएमजी क्लब संकटा १–० ले हराउँदै अन्तिम दुई मा पुगेको हो । ७० औं मिनेट सियुङले फ्रिकिकमार्फत गरेको गाेल नै खेलको निर्णय बनेको थियो । नेपाल जनरल मार्केट (हिरो) को मुख्य प्रायोजन, […]

November 18, 2017

सताक्षी गोल्ड कप – आर्मी र एपिएफबीच वर्षको पहिलो भिडन्त

सबिन शेर्मा झापा – दुई विभागिय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब वर्षमा पहिलो पटक आज झिलझिलेमा जारी सताक्षी गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा भिड्दैछन् । सिताक्षीमा पहिलो खेल जित्दै एपिएफ अन्तिम आठमा पुगेको थियो भने आर्मी वाइ पाएर पहिलो खेलमा उत्रदैछ । एपिएफले भारत मध्य प्रदेशको डायमन्ड अफ फुटबल एकेडेमीलाई ४–० को […]

November 18, 2017

चन्द्रागिरी गोल्ड कप सेमिफाइनल – संकटाको सामना गर्दै फ्रेण्ड्स

काठमाडौैं (हाम्रो खेलकुद) – चन्द्रागिरी गोल्ड कप फुटबल प्रतियोगितामा आजबाट सेमिफाइनल खेल सुरु हुँदैछ । चन्द्रागिरी नगरपालिकाको नैकापस्थित मैदानमा हुने पहिलो सेमिफाइनलमा ए डिभिजन दुई टोली फ्रेन्ड्स क्लब र सिएमजी क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ । फ्रेण्डस आयोजक ब्राइट युथ क्लबलाई ४–३ ले हराउँदै अन्तिम चारमा पुगेको थियो । अर्को […]

November 18, 2017

सिटी लेस्टरसँग भिड्दै, युनाइटेड न्युकासलको सामना गर्दै

लेस्टर (एजेन्सी) – प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी आज लेस्टर सिटीको सामना गर्दै छ । नेपाली समय अनुसार सो खेल रातिको ८.४५ बजे सुरु हुने छ । म्यानचेस्टर सिटीका लागि मुख्य डिफेन्डर निकोलास ओटामेन्डि यस खेलमा प्रतिबन्धित छन् भने भिन्सेन्ट कम्पनि र बेन्जामिन मेन्डि घाइते छन् । फरवार्ड सर्जियो अगुएरो र रहिम स्टेर्लिङ […]

November 17, 2017

हङकङको ‘ओक्सफाम ट्रेलवाकर’मा नेपाली टोली विजयी

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली टोलीले हङकङमा हरेक वर्ष आयोजना हुने चर्चित ‘ओक्सफाम ट्रेलवाकर’ दौड यस पटक पनि जितेको छ ।  नेपाली सेनाका समिर तामाङ, तीर्थ तामाङ, वेदबहादुर सुनुवार र पूर्ण तामाङ सम्मिलित नेपाली टोलीले अन्य ५ हजार धावकहरुलाई पछि पारेका हुन् । अघिल्लो वर्ष नेपाली टोलीले कीर्तिमानी समयमा दौड पुरा गर्न केहि समयले चुकेकाले यस […]

November 17, 2017

प्रधान सेनापति कपमा विभागिय टोलीको दबदबा

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले प्रधान सेनापति पाँचौ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता विजयी सुरुआत गरेका छन् । दुवै विभागिय टोली जितसँगै क्वार्टरफाइनल पुगेका छन् । भद्रकालीस्थित सैनिक खेल मैदानमा आजको पहिलो खेलमा आर्मीले पश्चिमाञ्चललाई र लगनखेलमा पुलिसले पश्चिमाञ्चललाई समान १२—० को अन्तरले हरायो । आर्मीको जितमा कृष्णा खत्री एक्लैले ७ […]

November 17, 2017

रुपन्देही सताक्षी गोल्डकपको क्वार्टरफाइनल, अब मनाङसँग भिड्ने

सबिन शेर्मा झापा – रुपन्देही ११ दोस्रो सताक्षी गोल्ड कफ फुटबल प्रतियोगिताको क्वार्टरफाइनल पुगेको छ । झिलझिलेमा आज मोरङ ११ लाई ३–१ ले हराउँदै रुपन्देही अन्तिम आठमा पुगेको हो । अब रुपन्देहीले सेमिफाइनल प्रवेशका लागि आइतबार लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी को सामना गर्नेछ । रुपन्देहीको जितमा अफ्रिकी मुलका आबाले २ गोल र अर्को गोल विजयी […]

November 17, 2017

हिमालयन शेर्पा सेमिफाइनलमा, हेमनको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)– ए डिभिजन क्लब हिमालय शेर्पा राजधानीमा जारी प्रथम चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । चन्द्रागिरी नगरपालिकाको नैकाप मैदानमा आज भएको खेलमा एपिएफको ‘बी’ टिमलाई ३–० ले हराउँदै अन्तिम चारमा पुगेको हो ।  हिमालेनको जितमा राष्ट्रिय टोलीका सदस्य हेमन गुरुङ २ र अफ्रिकी मुलका पियुष हेनरीले १ गोल गरे । हिमालयनले […]

November 17, 2017

नेपाल पराजित, अफगानिस्तानको फाइनल भिडन्त पाकिस्तानसँग

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यु १९ युथ एसिया कप अन्तर्गत सेमिफाइनल खेलमा नेपाल अफगानिस्तान विरुद्ध ७ विकेटले पराजित भएको छ । १ सय ४ रनको लक्ष्य पाएको अफगानिस्तानले २०.३ ओभरमा ३ विकेट गुमाएर सो लक्ष्य हांसिल गरेको हो । अफगानिस्तानका लागि ओपनर रहमानउल्लाह गुर्बाजले सर्वाधिक ७१ रन जोडेका थिए । नेपालका लागि […]

Nepal

November 17, 2017

बर्षाले खेल रोकियो, अफगानिस्तान जितबाट १० रन मात्र टाढा

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यु १९ युथ एसिया कप अन्तर्गत सेमिफाइनल खेल वर्षाका कारण रोकिएको छ । १ सय ४ रनको लक्ष्य पाएको अफगानिस्तान १८ ओभरमा १ विकेट गुमाएर ९४ रन जोडेको अवस्थामा वर्षाले खेल रोकिएको हो । कमल सिंह ऐरीले इब्राहिम झाड्रनलाई ३ रनमा आउट गरेपनि अफगानिस्तानले अन्य विकेट गुमाएको छैन […]

Success

Thank you for your time.