March 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटको समूह ‘एफ’ अन्तर्गत अन्तिम खेलमा नेपाल यमन विरुद्ध खेल्दै छ । खेल नेपाली समय अनुसार ९ बजे सुरु हुने छ । समय: नेपाली समयअनुसार रातिको ९ बजे, २७ मार्च स्थान: सुहिम बिन हमाद स्टेडियम, दोहा, कतार छनोट हुने सम्भावना सकिएकोले यस खेल नेपालका लागि प्रतिष्ठाका लागि हुनेछ […]
March 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने एघारौं संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) को लागि मंगलबार भारतको दिल्ली प्रस्थान गरेका छन् । यो सिजनका लागि १७ वर्षे सन्दीप दिल्ली डेर डेभिल्समा आबद्ध भएका हुन् । ११ औं आइपिएलमा आइपुग्दा आइपिएल टोलीमा आबद्ध हुने उनी पहिलो नेपाली खेलाडी हुन् । सन्दीपको बुधबार […]
March 27, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले माल्दिभ्समा जारी १८/३० महिला फुटसल फिस्टामा उच्च प्रदर्शनलाई जारी राखेकी छिन् । सावित्राको ह्याट्रिकको मद्दतमा पुलिस क्लबले सोमबार ओरेडोलाई ४–० ले हराएको छ । प्रतियोगितामा पुलिसले खेलका तीनै खेलमा सावित्राले गोल गरेकी छिन् । फाडुवा जाहिरले १६ औं मिनेटमा पुलिसको लागि पहिलो गोल गरेकी थिइन् […]
March 26, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले अर्को वर्षको एभिसी सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिप आयोजना गर्ने भएको छ । एसियाली भलिबल महासंघ (एभिसी) सेन्ट्रल जोनको सोमबार माल्दिभ्समा बसेको बैठकले नेपाललाई आयोजनाको जिम्मेवारी दिएको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिएका छन् । उनका अनुसार नेपालले सन् २०१९ को नोभेम्बर देखि डिसेम्बर भित्रमा च्याम्पियनसिप आयोजना गर्नेपर्नेछ । […]
March 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – छिमेकी राष्ट्र भारतमा आयोजना हुने इण्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) मा अनुबन्ध हुने पहिलो नेपाली खेलाडी बनेका नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले आफ्नो क्लब दिल्ली डेयर डेभिल्सबाट आफूले खेल्ने अवसर पाए पनि वा नपाए पनि टोलीले भने जितिरहोस् भन्ने कामना गरेका छन् । दिल्ली जानुअघि राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै […]
March 25, 2018
काठमाडौं (हाम्रो खेलकुद)– विभिन्न आशंकाबीच यसै साताका लागि तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन स्थगित भएको छ । उच्च अदालत पाटनलेले एन्फाको निर्वाचन नगराउनु भन्ने आदेशलाई आधार मान्दै एन्फाले अर्को सुचना नभएसम्मका लागि निर्वाचन स्थगित भएको आइतबार प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ । एन्फा निर्वाचन चैत १४ गतेका लागि तय भएको थियो […]
March 25, 2018
दिपक न्यौपाने बुटवल – नेपाल एपिएफ क्लब तेस्रो मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । नवीन लामाको ह्याट्रिकको मद्दतमा आएतबार रमपम झापा ११ लाई ४–२ ले हराउँदै एपिएफ प्रतियोगिताको अन्तिम आठमा पुगेको हो । बुटवलको रामनगर स्थित मानव ज्ञान माविको मैदानमा भएको खेलमा कर्ण लिम्बुको गोलबाट झापाले पाँचौं मिनेटमा अग्रता लिएको थियो । […]
March 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – यसै साता सुरु हुने घरेलु क्रिकेट प्रतियोगिताको सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल–२) को मोष्ट भ्यालुएबल खेलाडीले नेपाली जुत्ताको ब्राण्ड गोल्डस्टारको सुनको जुत्ता पाउने भएका छन् । डिपिएल आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए) र गोल्डस्टार जुत्ताको किरन सुज म्यानुफ्याक्चर्सबीच आइतबार प्रायोजन सम्झौताका अवसरमा मोस्ट भ्यालुएबल खेलाडीले गोल्डस्टारको ‘सुनको जुत्ता’ […]
March 25, 2018
केप टाउन (एजेन्सी)– बल टेम्परिङ गरेको स्वीकार्दै अष्ट्रेलियन क्रिकेट टोलीका कप्तान स्टिभ स्मिथले पद छोडेका छन् । स्थिमसँगै उपकप्तान डेभिड वार्नर पनि पदबाट अलग भएका छन् । दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टको बाँकी रहेको दुई दिनका लागि टिम पेन कप्तान नियुक्त भएका छन् । उनी अष्ट्रेलियन क्रिकेट टोलीको ४६ औं टेस्ट कप्तान बनेका छन् । पेनको […]
March 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेत सम्मिलित पुलिस क्लबले माल्दिभ्समा १८/३० महिला फुटसल फिस्टामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिस क्लबले शनिबार भएको खेलमा इकोनोमिक डेभल्पमेन्टलाई १७–० को फराकिलो अन्तरले हराएको छ । जितमा नेपाली खेलाडीको भूमिका महत्वपूर्ण रह्यो । उम्कोलाई ३–० ले हराएको […]