March 30, 2018
दिपक न्यौपाने बुटवल – मदन भण्डारी गोल्ड कप फुटबल प्रतियोगिताको शुक्रबारका लागि तय रुस्लान थ्री स्टार क्लब र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको पहिलो सेमिफाइनल खराब मौसमका कारण स्थगित भएको छ । दिउँसो खेल सुरु हुने अघि हुरीवतास, असिनासहितको वर्षा भएपछि खेल रद्द गर्नु परेको आयोजकले जनाएका छन् । स्थगित खेल आइतबार हुने आयोजकले बताइएको […]
March 29, 2018
दिपक न्यौपाने बुटवल– नेपाली राष्ट्रिय टोलीका सदस्य अन्जन विष्टले २ गोल गरेपछि बिहीबार नेपाल पुलिस क्लबलाई २–१ ले हराउँदै लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब तेस्रो मदन भण्डारी अन्र्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । यो वर्ष दुई उपाधि जितेको पुलिसले मनाङविरुद्धको अग्रतालाई जोगाउन सकेन । तेज तामाङको गोलबाट पुलिसले १४ औ मिनेटमा अग्रता लिएको […]
March 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को निलम्बनमा रहेको नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारण सभाको पूर्व निर्धारित मिति भन्दा अघि नै हुने भएको छ । आइसीसीसँगको समन्वयमा वैशाख ६ र ७ मै विशेष साधारण सभा काठमाडौंमा डाकिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले हाम्रो खेलकुदलाई जानकारी दिएका छन् । यसअघि वैशाख १३ र […]
March 29, 2018
जोहानसबर्ग (एजेन्सी) – अष्ट्रेलियन क्रिकेट टिमका कप्तान स्टेभेन स्मिथ र उपकप्तान डेभिड वार्नरलाई अन्तर्राष्ट्रिय तथा घरेलु क्रिकेटबाट १ वर्षको प्रतिबन्ध जारी गरिएको छ । दक्षिण अफ्रिका विरुद्धको टेष्टमा बलको अवस्था जानीजानी परिवर्तन गरेको आरोपमा दोषी पाइएका स्मिथ र वार्नर प्रतिबन्धित भएका हुन् । स्मिथ र वार्नरसहित ब्याट्सम्यान क्यामेरन ब्यान्क्रफ्ट पनि ९ महिनाका लागि प्रतिबन्धित भएका […]
March 28, 2018
दिपक न्यौपाने बुटवल – रुस्लान थ्रीस्टार क्लब तेस्रो मदन भण्डारी अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । रामनगरस्थित मानवज्ञान माविको मैदानमा बुधबार हिमालयन एफसी मलेसियालाई २–१ हराउँदै अन्तिम चारमा पुगेको हो । खेलको अन्तिम समयमा पुगेर थ्री स्टारले खेल उल्टाएको थियो । अजयी मार्टिन्सले इन्जुरी समयमा गोल गरेपछि थ्री स्टारले अघिल्लो चरणको यात्रा तय […]
March 28, 2018
विविध सुवेदी काठमाडौं – फुटबल लगायत अन्तर्राष्ट्रिय खेलकुदमै सबैभन्दा लोकप्रिय र महत्त्वपूर्ण मानिने विश्वकप अब लगभग ३ महिना टाढा रहेको छ । फुटबल प्रशंसक, समर्थक तथा विश्लेषकहरुले अहिलेदेखि नै प्रतियोगिताको दाबेदारहरु अनुमान गर्न सुरु गरिसकेका छन् । यस साता र गत साता खेलिएका अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरुमा विश्वकपमा सामेल सबै राष्ट्रहरु मैदानमा उत्रिँदा सो विश्लेषणले थप […]
March 28, 2018
जुरिच (एजेन्सी) – गए राति अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत स्पेनले अर्जेन्टिनालाई ६-१ को स्कोरले स्तब्ध बनाएको छ । स्पेनका लागि इस्कोले ह्याट्रिक गरेका थिए । स्पेनले पहिलो हाफमा २-१ को अग्रता लिएको थियो भने दोस्रो हाफमा ४ गोल थप्दै अर्जेन्टिनालाई स्तब्ध बनायो । स्पेनका लागि इस्कोले ३ गोल गरेका थिए भने डिएगो कोस्टा, इआगो आस्पास […]
March 28, 2018
काठमाडौं (हाम्रो खेलकुद)– कतारमा मंगलबार राती यमनसँग २–१ ले पराजित भएसँगै एएफसी एसियन कप छनोट चरणमा नेपालको यात्रा टुंगिएको छ । समूह एफमा रहेको नेपालले एक वर्षमा खेलेका ६ मध्ये कुनै पनि खेल जित्न सकेन । २ खेलमा बराबरी गरेको नेपालअंकतालिकाको पुछारमा रहँदै छनोट टुंगाएको छ । समूहबाट फिलिपिन्स विजेता र यमन उपविजेताका रुपमा एसियन […]
March 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले यमनसँगको हार सँगै एसियन कप छनोटको यात्रा अन्त्य गरेको छ । कतार स्पोर्टस क्लब सुहेन बिन हमाद रंगशालामा मंगलबार राती भएको यमनसँगको खेल नेपालले २–१ ले गुमाएको छ । यमनले २४ औं मिनेटमा अग्रता बनाएको थियो । तर, नेपालका लागि नवयुग श्रेष्ठको गोलमा नेपालले पहिलो हाफमा बराबरी गरेको थियो । […]
March 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र यमनबीच एएफसी एसियन कप छनोटको समूह ‘एफ’ अन्तर्गत अन्तिम खेलको पहिलो हाफमा १–१ को बराबरी भएको छ । नवयुग श्रेष्ठको गोलमा नेपालले पहिलो हाफमा बराबरी गरेको थियो । करातमा जारी खेलको २४ औं मिनेटमा यमनले अग्रता लिएपनि मध्यान्तर हुन केहि समय बाँकी रहँदा नेपालले बराबरी गोल फर्काएको थियो । […]