default_image

breaking big news

April 1, 2018

पारसको टोली पराजित, महेन्द्रनगर युनाइटेडको जित

धनगढी (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका कप्तान पारस खड्काको नेतृत्वमा रहेको विराटनगर किङ्सले हारबाट रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) २ को यात्रा सुरु गरेको छ । एएफसी मैदानमा आइतबार भएको दोस्रो खेलमा विराटनगर विनोद भण्डारीको कप्तानमा रहेको महेन्द्रनगर युनाइटेडसँग ३३ रनले पराजित भएको छ । १ सय ६९ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभरमा सबै विकेट […]

April 1, 2018

बार्सिलोना फ्यानको रियल मड्रिड क्याम्प यात्रा

काठमाडौं (हाम्रो खेलकुद)– नेपालमा विश्व फुटबल अझ त्यसमा पनि युरोपिन फुटबलको निकै चर्चा हुने गर्दछ । युरोपका स्थापित क्लब बार्सिलोना, रियल म्याड्रिड, चेल्सी, आर्सनल, लिभरपुल, म्यानचेस्टर युनाइटेडलगायत अन्य क्लबको नेपालमा फ्यान क्लबनै सक्रिय छन् । त्यहाँबाट पनि नेपाली समर्थकले युरोपिन फुटबललाई कति मन पराउन छन् अनुमान गर्न सकिन्छ । त्यस्तै समर्थक मध्येका एक विदितमान तुलाधार […]

April 1, 2018

रुस्लान डिपिएल २– सिवाइसी अत्तरियाको सहज जित

धनगढी (हाम्रो खेलकुद)– सिवाइसी अत्तरियाले रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) २ मा विजयी सुरुआत गरेको छ । रुपन्देही च्यालेन्जर्सलाई आइतबार ९ विकेटको सहज जित हात पार्दै अत्तरियाले सुखद सुरुआत गरेको हो । एसएसपी मैदानमा ६२ रनको झिनो लक्ष्य पछ्याएको अत्तरियाले ७.३ ओभरमा १ विकेटको क्षतिमा ६५ रन जाडेर सहज जित हासिल गरेको थियो । चोटमुक्त […]

April 1, 2018

माल्दिभ्समा सावित्रा र अनिता दुवैको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला फुटबल खेलाडीको उच्च प्रदर्शनमा माल्दिभ्समा जारी १८/३० महिला फुटसल फिस्टामा पुलिस क्लबले लगातार सफलता हासिल गरिरहेको छ । दुई नेपाली खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेतले मात्र गोल गरेको खेलमा शनिबार पुलिसले कस्टम आरसीमाथि ९–१ को फराकिलो जित हासिल गरेको छ । सावित्राले टोलीका लागि लगातार चार खेलमा गोल गरिसकेकी […]

March 31, 2018

झगडाका कारण राजर्षी जनक फुटबलको फाइनल स्थगित

सर्लाही (हाम्रो खेलकुद) – विवादका कारण सर्लाहीको बागमतीमा जारी राजर्षी जनक फुटबल प्रतियोगिताको फाइनल स्थगित भएको छ । त्रिभुवन आर्मीविरुद्धको खेलमा शनिबार सुदूरपश्चिम ११ ले २–१ को अग्रता लिएको बेलामा झगडा र अर्को तिर आर्मीले खेल्न नमानेपछि खेल स्थगित भएको छ । खेल अन्तिम २० मिनेट बाँकी रहँदा खेल स्थगित भएको थियो । पहिलो हाफमा […]

March 31, 2018

मनाङ मदन भण्डारी गोल्डकपको फाइनलमा, सुजलको ह्याट्रिक

दिपक न्यौपाने बुटवल (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई हुन्डाई मनाङ र्मस्याङ्दी क्लब बुटवलमा जारी तेस्रो मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सुजल श्रेष्ठको ह्याट्रिक र अन्जन विष्टको २ गोलको मद्दतमा साविक विजेता सुनौलो संगम रुपन्देहीलाई शनिबार ५–० ले हराउँदै मनाङले उपाधि नजिक पुगेको हो । रामनगरस्थितमानव ज्ञान माविको मैदानमा सुजलको पेनाल्टी गोलबाट मनाङले […]

March 31, 2018

झापा ११ कटारी मेयर गोल्ड कप च्याम्पियन , वर्षको पहिलो उपाधि

उदयपुर (हाम्रो खेलकुद)– रमपम झापा ११ ले चौथो कटारी मेयर गोल्डकप फुुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिएमजी क्लब संकटालाई शनिबार  टाइब्रेकरमा ४–२ ले हराउँदै झापा च्याम्पियन बनेको हो । झापाको यो वर्षको पहिलो पहिलो उपाधि हो । झापा गत महिना आफ्नै आयोजनमा भएको झापा गोल्ड कपको फाइनलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो । उदयपुरको […]

March 31, 2018

रुस्लान डिपिएल २- काठमाडौं गोल्डेन्सको जित, अमितको अर्धशतक

धनगढी (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका उप कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको काठमाडौं गोल्डेन्सले रुस्लान डिपिएल २ मा विजयी सुरुआत गरेको छ । ओपनर अमित श्रेष्ठको उच्च प्रदर्शनबाट प्रेरित काठमाडौंले उद्घाटन खेलमा शनिबार धनगढी टिम चौराहालाई ७ विकेटले हराउँदै जितबाट यात्राको सुरुआत गरेको हो । १ सय ४६ रनको लक्ष्य पछ्याएको काठमाडौंले अमितको अर्धशतकको मद्दतमा […]

March 31, 2018

रुस्लान डिपिएल २ – काठमाडौं गोल्डेन्सलाई १ सय ४६ रनको लक्ष्य

धनगढी (हाम्रो खेलकुद)– रुस्लान डिपिएल २ को उद्घाटन खेलमा धनगढी टिम चौराहाविरुद्ध काठमाडौं गोल्डेन्सले १ सय ४६ रनको लक्ष्य प्राप्त गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले सुनिल धमलाको अर्धतशतक निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको छ । ओपनर पुनित मिश्रा (९ रन) सस्तैमा आउट भएपछि मैदानमा उत्रेका […]

March 31, 2018

डिपिएलको उद्घाटन खेलमा सुनिलको अर्धशतक

धनगढी (हाम्रो खेलकुद)– रुस्लान डिपिएल २ को उद्घाटन खेलमा धनगढी टिम चौराहाका लागि अर्धशतक पुरा गरेका छन् । ओपनर पुनित मिश्रा (९ रन) सस्तैमा आउट भएपछि मैदानमा उत्रेका सुनिलले चौका प्हार गर्दै अर्धशतक पुरा गरेका थिए । यो समाचार तयार पार्दा सम्म काठमाडौं गोल्डेन्सविरुद्धको खेलमा धनगढीले १६ ओभरमा १ विकेटको क्षेतिमा १ सय १० रन […]

Success

Thank you for your time.