default_image

breaking big news

August 29, 2024

एन्फा महासचिवको तलब २ हजार डलर बहुमतबाट पास

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय कार्यसमितिको दुई दिने बैठक बिहीवार राति सकिएको छ। महासचिव किरण राईको मासिक तलब दोब्बर भन्दा बढी २ हजार अमेरिकी डलर पुर्याउने सहित, अन्तर्राष्ट्रिय फुटबल रंगशालाका लागि जग्गा माग, बी डिभिजन लिग, महिला लिग ग्रासरुट कार्यक्रम गर्ने लगायत १३ बुँदे निर्णय भएको‌ छ। यस अघि महासचिव […]

August 29, 2024

एन्फा बैठकमा खेलाडी संघका अध्यक्ष लामाले असन्तुष्टि पोखे

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाले अखिल नेपाल फुटबल संघ (एन्फा) को बैठकमा पदाधिकारी र सदस्यहरुको रवैयाप्रति असन्तुष्टि राख्दै यस्तै सिलसिला जारी रहे भविष्यमा आफू उपस्थिति नहुने बताएका छन्। मंगलवार र बिहीवार दुई दिन विविधसहित २३ एजेण्डामा छलफल गर्न बसेको बैठकमा व्यवसायिक फुटबललाई चलायमान बनाउने भन्दा पनि प्रशासनिक र व्यक्तिगत […]

August 29, 2024

एनपिएल ८ टोलीले‌ खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा ८ टोलीको सहभागिता रहने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) को बिहीवार बसेको बोर्ड बैठकले एनपिएलको पहिलो संस्करणमा ८ टोली सहभागी गराउने निर्णय गरेको छ । एनपिएलको टोली खरिदका लागि १६ संस्थाले आवेदन दिएका थिए ।‌ पहिलो संस्करणको लिग मंसिर १५ देखि पुस ६ गतेसम्म […]

August 29, 2024

क्यानले प्रादेशिक खेलाडीलाई पारिश्रमिक दिने, विश्वकप टोलीलाई ३ लाख

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रिय कार्यसमिति बैठकले देशका सबै ७ प्रदेश क्रिकेट संघका कुल ३५ खेलाडीलाई पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको छ । क्यानको विहीबार बसेको बैठकले हरेक प्रदेशबाट २ महिला र ३ पुरुष खेलाडीलाई मासिक जनही १५ हजार रुपैयाँका दरले पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको हो । क्यानले बजेट […]

August 29, 2024

टि२०आईमा एसोसिएट राष्ट्रले बनाएका कीर्तिमान

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले आफ्ना सबै एसोसिएट सदस्य राष्ट्रबीचको हुने टि२० खेललाई सन् २०१८ मा टि२० अन्तर्राष्ट्रिय मान्यता दिने निर्णय गरेको थियो । त्यसपछि टि ट्वान्टी आईमा प्रतिस्पर्धी टोलीको संख्या १८ बाट बढेर १ सय ४ पुगेको थियो । यसबीचमा एसोसिएट टोलीले धेरै कीर्तिमानहरु तोडेका छन् । एसोसिएट राष्ट्र तथा क्रिकेटरहरुले पुरुष […]

August 29, 2024

पेरिस पारालिम्पिक्स – भरत पराजित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली‌ भरतसिंह महत पेरिस पारालिम्पिक्सको तेक्वान्दोको‌ आफ्नो पहिलो खेलबाटै बाहिरिएका छन्। भरत बिहीवार जापानिज खेलाडी मित्सुया तानाकासँग पराजित भएका हुन्। पेरिसस्थित ग्रान्ड पेलेसमा तेक्वान्दोको के-४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनिमा भरत तानाकासँग १३-३ अंकले पराजित भएका‌ हुन् । भरत पेरिस पारालिम्पिक्सको पहिलो चरणबाट बाहिरिए। एकपक्षीय खेलमा उनी एक समय १२-० ले पछि परिसकेका […]

August 29, 2024

पारसले गुजरातबाट लिजेन्ड्स लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ(क्यान) का सचिव पारस खड्काले भारतमा हुने लिजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन्। भारतमा जारी अक्सनमा लिजेन्ड लिगमा बिहीवार गुजरातले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारसलाई वेस प्राइसमा नै टिममा अनुबन्ध गर्न सफल भएको हो । पारसलाई गुजरात टिमले १२ लाख ५ हजार भारतीय रुपैयाँमा टोलीमा अनुबन्ध गरेको […]

August 29, 2024

‘दशरथ रंगशालाले देशको बेइज्जत भैरहेको छ’- प्रधानमन्त्री ओली

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको एकमात्र अन्तराष्ट्रिय स्तरको दशरथ रंगशालाले‌ देशको बेइज्जत भैरहेको बताएका छन्। काभा महिला नेसन्स लिगमा रजत पदक जितेको नेपाली टोलीको पुरस्कृत गर्न आयोजित कार्यक्रममा बिहीवार प्रधानमन्त्री ओलीले विक्रम सम्वत २०४४ सालमा जेलबाट रिहा भएदेखि दशरथ रंगशाला यतिसम्म बिग्रेको आफूले पहिलो पटक देखेको बताए। यो मैदानले अन्तराष्ट्रिय स्तरमा नेपालको […]

August 29, 2024

एथ्लेटिकको पहिलो जित

एजेन्सी – एथ्लेटिक क्लबले स्पेनिस ला लिगामापहिलो जित हासिल गरेको छ । तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बुधवार एथ्लेटिकले भ्यालेन्सियालाई १-० ले पराजित गरेको छ। घरेलु मैदानमा भएको खेलमा एथ्लेटिकलाई जित दिलाउन बेनाट प्राडोस डियाजले गोल गरे । डियाजले ४५ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। ला लिगाकै अर्को खेलमा भालाडोलिड र लेगानेसले […]

August 29, 2024

एट्लेटिको रोकियो

एजेन्सी – स्पेनिस ला लिगामा एट्लेटिको मड्रिड इस्पानुयलसँग गोल रहित बराबरीमा रोकिएको छ। इस्पानुयलको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले अवसर सिर्जना गरे पनि जित हात पार्न भने सकेनन् । बिहीवार बिहानै भएको अर्को खेलमा अल्भालेसले रियल सोसिडाडलाई पराजित गरेको छ । तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा अल्भालेसले सोसिडाडलाई २-१ ले पराजित गर्यो । […]

Success

Thank you for your time.