default_image

breaking big news

January 3, 2018

नेपाली दृष्टिविहिन क्रिकेट टोली गोरखपुरमा रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – भारतको गोरखपुरबाट अमृतसहर जाने रेल सेवा अबरुद्ध भएपछि पाकिस्तानमा आयोजना हुने दृष्टिविहिन एक दिवसिय विश्व कप क्रिकेटमा भाग लिन हिडेको नेपाली टोली गोरखपुरमै रोखिएको छ । भारतीय समय अनुसार आज साँझ ७ः२० बजे गोरखपुरबाट अमृतसहर जाने रेल अबरुद्ध भएको टोलीसँगै रहेका खेलकुद पत्रकार अनिल मल्ल ठकुरीले हाम्रो खेलकुदलाई जानकारी दिएका छन् […]

January 3, 2018

पूर्व प्रशिक्षक थापाले एन्फा अध्यक्षमा उम्मेदवारी दिने

पोखरा (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक कृष्ण थापाले अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । तीन महिना पछि हुने एन्फाको निर्वाचनका लागि थापाले उम्मेदवारी घोषणा गरेका हुन् । आसन्न निर्वाचनका लागि औपचारिक कार्यक्रम गर्दै उम्मेदवारी घोषणा गर्ने उनी पहिलो व्यक्ति हुन् । अहिल एन्फाको जिल्ला संघहरुको […]

January 3, 2018

आर्मी र एपीएफ सुपर लिगमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय दुई टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब राखेप च्याम्पियनसिप अन्तर्गतको १६ औं महिला राष्ट्रिय फुटबल लिगको सुपर लिगमा प्रवेश गरेका छन् । लिग अन्तर्गत बुधबार भएको खेलमा आर्मीले मध्यपश्चिमलाई १२–० ले तथा एपीएफले पश्चिमाञ्चललाई १४–० ले पराजित गर्दै सुपर लिगमा स्थान बनाएका हुन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल […]

hazard chelsea

January 3, 2018

चेल्सी र आर्सनलको ‘लण्डन डर्बी’ आज

लण्डन (एजेन्सी) – प्रिमियर लिगको साविक विजेता चेल्सीले आज आफ्नो लण्डनको छिमेकि आर्सनलको सामना गर्दै छ । आर्सनलको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समयअनुसार १.३० बजे सुरु हुने छ । आर्सनलका लागि दुई मुख्य खेलाडि मिडफिल्डर मेसुट ओजिल र डिफेन्डर एवम् कप्तान लोरेन्ट कोसियल्नी घाइते रहेका छन् । त्यस्तै सिड कोलासिनाच, ओलिभर जिरुड र […]

January 3, 2018

म्यानचेस्टर सिटी र टोटनह्यामको सहज जित

म्यानचेस्टर (एजेन्सी) – गए राति प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले वाटफोर्डमाथि ३-१ को जित दर्ता गरेको छ । सिटीको जितमा रहिम स्टेर्लिङले सिजनकै छिटो गोल पनि गरेका थिए । स्टेर्लिङले खेल सुरु भएको ३८ सेकेन्डमै गोल गर्दै घरेलु टोलीको खाता खोलेका थिए । त्यस्तै वाटफोर्डको डिफेन्डर क्रिस्टियन काबासेलिले १३ औं मिनेटमा आत्मघाती गोल […]

January 2, 2018

महिला फुटबलमा पुलिस र मध्यमाञ्चल विजयी

काठमाडौं (हाम्रा खेलकुद) – राखेप च्याम्पियनसिप अन्र्तगतको १६ औं महिला राष्ट्रिय फुटबल फुटबल विभागीय नेपाल पुलिस क्लब र मध्यमाञ्चल विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा मंगलबार भएको पहिलो खेलमा पुलिसले सुदूरपश्चिमाथि २–१ को कठिन जित निकालेको हो । लिगमा पुलिसको यो लगातार दोस्रो जित हो । प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिसले एक गोलले […]

January 2, 2018

म्यानचेस्टर सिटी आज वाटफोर्डसँग भिड्दै

म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी आज वाटफोर्डसँग भिड्दै छ । सिटीको घरेलु मैदान एटिहाडमा खेलिने सो खेल नेपाली समयअनुसार रातिको १.४५ बजे सुरु हुने छ । १८ खेल लगातार जितेको म्यानचेस्टर सिटीले पछिल्लो खेल क्रिस्टल प्यालेससँग गोलरहित बराबरी खेलेको थियो । त्यस्तै सिजनमा राम्रो सुरुवात गरेको वाटफोर्ड अहिले खराब लयमा […]

January 2, 2018

प्रिमियर लिगमा एभर्टनमाथि युनाइटेडको जित

लिभरपुल (एजेन्सी) – गए राति प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई २-० को स्कोरले हराएको छ । युनाइटेडको जितमा एन्थोनी मार्सियाल र जेसे लिन्गार्डले गोल गरेका थिए । पहिलो हाफ गोलरहित भए पनि युनाइटेडले दोस्रो हाफमा दुई गोल गरेको थियो । खेलको ५७ औं मिनेटमा पल पोग्बाको पासमा मार्सियालले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । […]

January 1, 2018

प्रिमियर लिगमा लिभरपुलको रोमाञ्चक जित

बर्नली (एजेन्सी) – प्रिमियर लिग अन्तर्गत लिभरपुलले बर्नलीलाई अन्तिम मिनेटमा गोल गर्दै पूरा ३ अंक जोड्न सफल भएको छ । लिभरपुलले बर्नलीलाई २-१ को स्कोरले हराउन सफल रह्यो । बर्नलीको घरेलु मैदानमा खेलिएको सो खेलको पहिलो हाफ गोलरहित सकियो । तर दोस्रो हाफ निकै रोमाञ्चक भएको थियो । खेलको ६१ औं मिनेटमा साडियो मानेले लिभरपुललाई […]

January 1, 2018

एपिएफ २६–० ले विजयी, सावित्राको १२ गोल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला फुटबलमा गोल मेसिनको उपमा पाएको सावित्रा भण्डारीले सोमबार अर्को कीर्तिमान बनाएकी छिन् । राखेप च्याम्पियनसिप अन्र्तगतको १६ औं महिला राष्ट्रिय फुटबल लिग अन्र्तगतको खेलमा सावित्रा एक्लैले १२ गोल गरेको खेलमा नेपाल एपीएफ क्लबले मध्यपश्चिमलाई २६–० को फराकिलो जित अन्तरले हराएको छ । खेलको तेस्रो, १५, १७ औं मिनेटमा गोल […]

Success

Thank you for your time.