default_image

breaking big news

January 13, 2018

खप्तड गोल्डकप सेमिफाइनल पहिलो हाफ: आर्मी २-१ मनाङ

धनगढी (हाम्रो खेलकुद) – नेपाल आइस सुदूरपश्चिमाञ्चल खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी र मनाङ मर्स्याङदी भिड्दै छन् । पहिलो हाफको अन्त्यमा आर्मीले २-१ को अग्रता लिएको छ ।  खेलको नवौं मिनेटमा मनाङले हेमन गुरुङद्वारा खेलमा अग्रता लिन सफल भयो । क्रसमा आएको बल आर्मीका गोलकिपर विकेश कुथुले राम्ररी क्लियर गर्न नसक्दा […]

January 13, 2018

खप्तड गोल्ड कपमा फाइनल अघिको फाइनल– मनाङ र आर्मी भिड्दै

धनगढी (हाम्रो खेलकुद)– नेपाल आइस सुदूरपश्चिमाञ्चल खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल सोमबार हुँदैछ । तर, धनगढी रंगशालामा शनिबार हुने पहिलो सेमिफाइनललाई फाइनल जत्तिकै महत्वका साथ हेरिएको छ । यो सिजन ५ वटा नकआउट फुटबल प्रतियोगिताको उपाधि जितिसकेका दुई टोली आज हुने सेमिफाइनलमा एकअर्काको सामना गर्दै छन् । जहाँ उपाधि रक्षाका अभियानमा रहेको साविक विजेता […]

January 13, 2018

केन प्लेयर अफ दी मन्थ चुनिए, प्रशिक्षकमा ग्वार्डिवोला

लन्डन (एजेन्सी)– टोटेनह्यामका स्ट्राइकर हेरि केनले छैटौं पटक प्लेयर अफ दी मन्थको अवार्ड जितेका छन् । उनले प्रिमियर लिगमा स्टेभेन जेरार्डसँगको कीर्तिमानी बराबरी गरेका छन् । डिसेम्बरमा मात्र ८ गोल गरेका केनले बर्नली र साउथह्याम्टनविरुद्ध लगातार ह्याट्रिक गरेका थिए । सन् २०१७ मा उनले प्रिमियर लिगमा ३९ गोल गरेका थिए । ‘एकदम खुसी छु । […]

January 12, 2018

साविक विजेता मनाङ खप्तड गोल्ड कपको सेमिफाइनलमा

धनगढी (हाम्रो खेलकुद)– साविक विजेता लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । चौथो तथा अन्तिम क्वार्टरफाइनलअन्तर्गत आज अग्नी रुपन्देही ११ लाई ४–० ले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो । मनाङले अब शनिबार नै त्रिभुवन आर्मी क्लबसँग सेमिफाइनल खेल्नेछ । आर्मी रुस्लान थ्री स्टारलाई हराउँदै अन्तिम […]

January 12, 2018

दुबईमा नेपाली नेत्रहीन क्रिकेट टोलीको स्वागत

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौँ नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेट खेल्न संयुक्त अरब इमिरेट्सको दुबई पुगेको नेपाली टोलीलाई त्यहाँ रहेका नेपालीले स्वागत गरेका छन् । विश्व कप पाकिस्तान र दुबईमा संयुक्त रुपमा आयोजना भइरहेको छ । एभरेस्ट मार्सल आर्टस् एन्ड स्पोट्र्स क्लबको आयोजनामा बिहिबार पाकिस्तानबाट दुबई आइपुगेका नेपाल टोलीलाई स्वागत गरिएको हो । नेत्रहीन क्रिकेट संघ […]

January 12, 2018

खप्तड गोल्ड कप फुटबल : पहिलो हाफमा मनाङको अग्रता

धनगढी (हाम्रो खेलकुद)– नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको चौथो तथा अन्तिम क्वार्टरफाइनलअन्तर्गत अग्नी रुपन्देही ११ विरुद्ध पहिलो हाफमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीले अग्रता लिएको छ । खेल सुरु भएको १९ औं मिनेटमा भिक्टोरले गरेको गोलमा मनाङले अग्रता लिएको हो । कप्तान अनिल गुरुङको पासमा भिक्टोरले गोल गरेका थिए । आजको खेलको विजेताले […]

January 12, 2018

खप्तड गोल्डकपमा मनाङ र रुपन्देही भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – धनगढीमा आज दोस्रो संस्करणको ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप’ को अन्तिम क्वार्टरफाइनल खेल हुँदैछ । अन्तिम क्वार्टर फाइनल खेलमा घरेलु फुटबलमा निकै सशक्त टोली तथा डिफेन्डिङ च्याम्पियन लक्ष्मी हुण्डाई मनाङ मर्स्याङ्ग्दी क्लबले अग्नि रुपन्देही–११ सँग्र प्रतिस्पर्धा गर्दैछ । खेल दिउंसो २ बजेपछि घनगढी रंगशालामा हुनेछ । मनाङ वाई पाएर सिधै […]

January 12, 2018

सेल्टा भिगोविरुद्ध मेस्सीको २ गोल

बार्सिलोना (एजेन्सी)– लियोनल मेस्सीले आफ्नो कोपा डेल रेको उच्च लयलाई निरन्तरता दिने क्रममा गए राति सेल्टा भिगो विरुद्ध २ गोल गरेपछि अन्तिम १६ को दोस्रो लेगमा बार्सिलोनाले सेल्टा डी भिगोलाई ५–० ले हराएको छ । सबै प्रतियोगितामा गरि पछिल्ला १४ खेलमा मेस्सीले २४ गोलका लागि भूमिका निभाएका छन् । जसमा उनले १४ गोल आफै गरेका […]

January 11, 2018

समर्थकको नजरमा : टिम अफ दि इयरमा रोनाल्डोसहित रियलका पाँच खेलाडी

स्विट्जरल्यान्ड (एजेन्सी)– समर्थकको छनोटमा टिम अफ दि इयर २०१७ मा स्पेनिस ला लिगाका खेलाडीहरुको बाहुल्यता रहेको छ । युइएफए डट कमका ८.८ मिलियन समर्थकहरुको मतका आधारमा सन् २०१७ को उत्कृष्ट टोली तयार पारिएको थियो । यो अहिले सम्मकै कीर्तिमानी मत हो । क्रिस्टियानो रोनाल्डोसहित युरोपियन च्याम्पियन टोली रियल म्याड्रिडका पाँच खेलाडी टिममा समेटएिका छन् । […]

default_image

January 11, 2018

आर्मी खप्तडको सेमिफाइनलमा,रुस्लान थ्रीस्टार स्तब्ध

धनगढी (हाम्रो खेलकुद)– यो वर्षको अहिले सम्मको सफल टोली त्रिभुवन आर्मी क्लब नेपाल आइस सुदूरपश्चिम खप्तडमा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । रुस्लान थ्री स्टार क्लबलाई २-१ ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीले यो वर्ष तीन वटा नकआउट फुटबल प्रतियोगिताको उपाधि जितिसकेको छ । खेलको छैटौं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले गोल गर्दै […]

Success

Thank you for your time.